शंखरापुरको ३३२० औँ स्थापना दिवस भव्यताकासाथ सम्पन्न


लावण्य÷साँखु । हलिं नेवाः गुथि सक्व कचाको आयोजनामा भएको ऐतिहासिक शंखरापुर नगरीको ३३२० औँ जन्म दिवस यही फाल्गुण १४ गते भव्यताका साथ सम्पन्न भएको छ ।



कार्यक्रम अनुसार बिहान ९ बजेतिर सक्व कटेजबाट प्रभातफेरी सुरु भई साँखु बजार परिक्रमा पछि सोही स्थान पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले शंखरापुरको धरोहरका रुपमा रहेको बज्रयोगिनी र शालिनदी, ईन्द्रायणी, सलम्बुदेवी लगायतका धार्मिक क्षेत्रको विकास गरि धार्मिक सर्किट बनाउन सकिने विचार व्यक्त गर्नुभएको थियो ।
उहाँले शंखरापुर स्थापना दिवसलाई कुनै एक जातजातिको मात्रै नभई सम्पूर्ण नगरवासीहरुको अपनत्व कायम हुनेगरि मनाउनुपर्छ भन्नुभयो ।









उहाँले बौद्ध हिन्दू धर्मको संगम स्थलका रुपमा बज्रयोगिनीलाई लिन सकिने भन्दै संस्कृति बचाउन नगरपालिकाले दायित्व बहन गर्ने भएतापनि सबै विषय आर्थिक क्रियाकलापसँग मात्रै जोडिए संस्कृति परम्पराको जगेर्ना गर्न गाह्रो हुने बताउनुभएको थियो ।

उहाँले सभ्य र भव्य कार्यक्रमको लागि आयोजकलाई धन्यवाद दिँदै शंखरापुर नगरपालिकामा कार्यरत राजनैतिक पार्टीहरुलाई यस्ता कार्यक्रमहरुमा समावेश गर्नुपर्छ भन्नुभयो ।
उप मेयर शुक्रलक्ष्मी श्रेष्ठले सम्पदा जोगाउनको लागि नगरपालिकाले काम गरिरहेको बताउँदै विभिन्न क्षेत्रमा नगरपालिकाले काम गर्दै गरेको बताउनुभएको थियो ।

हलिं नेवाः गुथिका केन्द्रिय अध्यक्ष जुजुमान  श्रेष्ठले भन्नुभयो– शंखरापुरको जन्म दिवस मनाउनुले अन्य छिमेकी गाउँ सहरहरुलाई पनि पे्ररणा मिल्ने बताउँदै आगामी दिनमा हुन गइरहेको ११ औँ तःमूज्या (अधिवेशन)को लागि पनौतिमा पुग्न समेत अनुरोध गर्नुभएको थियो । उहाँले हलिं नेवाः गुथिको स्थापना आर्थिकरुपमा समेत नेवार समुदायको उन्नति गर्नको लागि भएको बताउनुभएको थियो ।

कार्यक्रममा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीले समुदायको उन्नतिकोलागि काम गर्नुपर्ने बताउँदै समुदायको अधिकारको लागि प्रतिवद्ध भएर लड्नुपर्ने बताउनुभयो । उहाँले ३३२० वर्ष अगाडि नै यस्तो राम्रो स्मार्ट सिटी बनिसकेको ठाउँमा अहिले स्याटेलाईट सहर बनाउने नाममा स्थानीयलाई बेवास्ता गर्दै बन्न लागेका विकास निर्माणले स्थानीयको हक अधिकारको ग्यारेन्टी नगर्ने र उनीहरुको सम्पत्तिको अधिकार समेत हनन हुन गएको हुँदा सचेत रहन समेत आग्रह गर्नुभएको थियो । उहाँले अबका दिनमा स्थानीय जनप्रतिनिधिहरुको काम कारवाहीविरुद्ध समेत आवाज उठाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्षहरु विष्णुप्रसाद श्रेष्ठ र राधाकृष्ण श्रेष्ठले यो हलिं नेवाः गुथिको कार्यक्रमहरुमा आफूहरुको निरन्तर साथ सहयोग रहने बताउँदै नगरपालिकाले यस कार्यक्रमलाई आवश्यक सहयोग गरेको विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ईतिहासविद् प्रकाशमान सक्वले शंखरापुर नगरको इतिहासबारे व्याख्या गर्नुभएको थियो । उहाँले जसरी शंखरापुर नगरी ३३२० वर्ष अगाडि स्थापना भएको थियो । सोही समय अथवा सो समयभन्दा अगाडि पछाडि स्थापना भएका अन्य गाउँ सहरहरुबारे पनि अध्ययन हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य ज्ञानश्री श्रेष्ठले दिनुभएको थियो ।
कार्यक्रमको सभापतित्व हलिं नेवाः गुथिका सत्यनारायण श्रेष्ठले गर्नुभएको थियो (उहाँ यस कार्यक्रममा संयोजक समेत हुनुहुन्थ्यो) भने कार्यक्रम सञ्चालन चन्दा श्रेष्ठले गर्नुभएको थियो ।

Post a Comment

2 Comments

  1. Did you hear there is a 12 word sentence you can speak to your partner... that will trigger deep feelings of love and impulsive attractiveness for you buried inside his chest?

    Because deep inside these 12 words is a "secret signal" that triggers a man's instinct to love, cherish and guard you with all his heart...

    12 Words Will Trigger A Man's Love Impulse

    This instinct is so built-in to a man's brain that it will make him work harder than ever before to make your relationship the best part of both of your lives.

    Matter-of-fact, fueling this influential instinct is so essential to having the best ever relationship with your man that as soon as you send your man a "Secret Signal"...

    ...You will soon find him open his heart and soul for you in a way he haven't experienced before and he will see you as the only woman in the galaxy who has ever truly fascinated him.

    ReplyDelete
  2. If you're attempting to lose kilograms then you certainly have to try this totally brand new custom keto meal plan.

    To create this service, licensed nutritionists, personal trainers, and professional chefs united to provide keto meal plans that are productive, convenient, economically-efficient, and satisfying.

    From their launch in 2019, 1000's of people have already transformed their figure and health with the benefits a good keto meal plan can provide.

    Speaking of benefits; in this link, you'll discover eight scientifically-proven ones given by the keto meal plan.

    ReplyDelete

Thanks for your concerns