साँखुका निरबहादुर जोशीले भारतमा समेत आफ्नो कलाकृतिको प्रदर्शन गरे

साँखु÷साँखुका चर्चित शिल्पकार निरबहादुर जोशीले गतहप्ता भारतको फरिदावादस्थित सुरजकुण्ड हस्तशिल्प मेलामा आफ्नो कलाकारिताको नमूना पेश गरेका छन् । सो मेलामा उनको प्रदर्शनीले दर्शकहरुलाई रुक्न बाध्य पारेको थियो । उनले प्रदर्शनीमा राखेका तलेजु मन्दिरको आकृति, मनोकामना मन्दिरको आकृति, कृष्ण मन्दिर, पशुपतिनाथको मन्दिर लगायतका बाँस र काठको मिश्रणले बनाएका मन्दिरहरुले भारतीय दर्शकहरुलाई उनको स्टल एफसी–३९ मा रोकेर उनको कलाकृति हेर्दै वाह भन्न लगाएका थिए । उनले बनाएका मन्दिरहरुको डिजाइन र उनले सो मन्दिरको आकृति बनाउन लगाएका श्रम एवं समयलाई ध्यान राख्दै भारु २ हजार देखि ५० हजार सम्म मूल्य तोकेका थिए । उनका अनुसार तलेजु मन्दिर बनाउन उनलाई करिब ४ महिना लागेको थियो । उनले सो प्रदर्शनीमा पाएको सफलताले साँखुबासीको मन र छाती गर्वले फुलेको महसुस गर्न सकिन्छ ।

Post a Comment

0 Comments