लावण्य÷साँखु । १२
पुस । मोर्गन
इन्टरनेशनल कलेजमा स्नातकतहमा अध्ययनरत
सामाजीक कार्यका विद्यार्र्थीहरुले काठमाडौंको
बुढानिलकण्ठमा रहेको श्रृजना सामाजिक
सेवा समाजमा वस्दै
आएका अनाथ वालवालिकाहरुको
एक दिने क्रियाकलाप
अध्ययन तथा अनुगमन
गरेका छन् ।
विद्यार्थीले
त्यहाँ वस्दै आइरहेका वच्चाहरुको
मनोसामाजीक अवस्था, संस्थाको दैनीक
क्रियाकलाप र वच्चाहरुको
गतिविधिहरुवारे अध्यन गरेका थिए
। मोर्गन कलेजका
विद्यार्थीहरु अनाथ आश्रम
पुग्दा बालबालिकाहरु
सुतिरहेका थिए ।
उनीहरुलाई विस्तारबाट उठाएर बालबालिकाहरुलाई
विभिन्न उपहार दिई वच्चाहरुको
विहानीको सुरुवात गराएका थिए
।
बालबालिकाहरुका
लागि खाजा तयार
गरि परिचयात्मक कार्यक्रमको
आयोजना गरिएको थियो ।
अनाथ आश्रममा बसेका
बालबालिकाहरुले आफ्नै कलात्मक प्रस्तुति
पनि गरेका थिए
।
प्रथम वर्षमा अध्ययनरत विशाल
पौडेल भन्छन् कलेजका
सुरुवातीदिन देखिनै दैनिक कक्षाहरु
वाहेक विभिन्न विषयका
विज्ञद्वारा सञ्चालित कक्षाहरुमा उपस्थिति
जनाउन पाउदाँ र
प्रत्यक्ष अनाथालयमा रहेका वालवालिकाहरुको
मनोविज्ञान वुझ्नपाउदाँ साह्यै हौसला
र प्रेरणा मिलेको
वताँउछन् ।
त्यसै गरी दोस्रो
वर्षमा अध्ययनरत प्रकाश सिंहले
वच्चाहरुको अवस्थामा सुधार
ल्याउन जरुरी देखे ।
उनले भने ‘यहाँ
रहेका बच्चाहरुलाई अझै
काउन्सिलिङको आवश्यकता छ ।’
संस्थाले वच्चाहरुका सन्दर्भमा राम्रो
काम गरेतापनिउचित स्रोत
साधनको अभाव रहेको
पाएका छन् ।
संस्था सञ्चालनमा संस्थाको फितलो
व्यवस्थापनले बालबालिकाको मानसिक, शारिरीक
विकासमा असर पुगेको
र उचितश्रोत साधन
जुटाउन र हेरचाहगर्नेकालागीआवश्यक
विज्ञ टोलीको आवश्यक
रहेको वताए ।
यस्तै तेस्रो वर्षकी कल्पना
थापा भने कक्षा
कोठामा संस्थादर्ता गर्ने प्रक्रिया
र संच्चालनगर्दा आवश्यकतत्ववारे
अध्यन गरेको कुरा
हुवहु नभएको बताइन्
।
संस्था सञ्चालनको तत्वमध्ये वजेट
र विज्ञ कर्मचारीको
अभाव रहेकाले बालबालिकाहरुमा
मनो बैज्ञानिक दवाब
रहेको छ ।
उनी थप भन्छिन्
सिहंदरवार गाँउगाँउमापुगेको समचारमा पढिरहदा काठमाण्डौको बुढानिलकण्ठमा
भने यस्तो अवस्था
देख्दा सरकारको आखाँजान जरुरी
ठान्छिन् ।
विद्यार्थीहरुले
वच्चाहरुका लागि विभिन्न
खेल तथा रमाइलो
गराउने क्रममा वच्चाहरुको अन्तरनिहित
प्रतिभा देख्दा छक्क परेको
वताउ छिन् प्रथम
वर्षकी सिमरन थापा मगर
।
विद्यार्थीहरुले
अनाथालयमा रहेका बालबालिकाहरुका लागि
आवश्यक खाद्यन्नका साथै पढाईका
साम्रागी प्रदान गरेका थिए
। विद्यार्थीहरुले वच्चाहरुलाई
विभिन्न खेलवाट मनोरञ्जन गराएका
थिए । सो
अबसरमा मोर्गन कलेजका सामाजीककार्य
विभागवाट किरण थापा,
अनाया प्याकुरेल र
हेलेन सिलवालले सहजीकरण
गरेका थिए ।
0 Comments
Thanks for your concerns