गुठीको पक्षमा जनसागर उर्लियो ः विधेयक जस्केलाबाट पास गर्ने दाउ




लावण्य÷साँखु सरकारले फिर्ता लिएको भनिएको विवादित गुठी विधेयक खारेज गर्नुपर्ने माग राखेर असार गते बुधबार गुठियार संरक्षणकर्मीको अगुवाइमा राजधानीमा विशाल जनप्रदर्शन  गरिएको राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको व्यापक विरोध भएपछि मंगलबार भूमि व्यवस्था मन्त्रालयले फिर्ता लिएको घोषणा गरेको थियो तर गुठियार, संरक्षणकर्मी सरोकारवालाले सरकारले भ्रमपूर्ण विज्ञप्ति निकालेर जनतालाई झुक्याएको भन्दै विधेयक खारेजीको माग राखेर प्रदर्शनलाई निरन्तरता दिएका हुन्


काठमाडौं, भक्तपुर ललितपुर, साँखु, बुङ्मती, खोकना, बनेपा, पनौति, धुलिखेल, टोखा, गोकर्ण लगायतका विभिन्न स्थानबाट निस्किएको जुलुस माइतीघरमा एकीकृत भई खबरदारी सभामा परिणत भएको थियो राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति, गुठी विधेयकविरुद्ध संघर्ष समिति, नेपाल राष्ट्रिय परिषद, हलिं नेवाः गुठीलगायत विभिन्न गुठी संरक्षणकर्मीले अगुवाइ गरेको जुलुसमा सहभागीले सरकारको विरोधमा चर्को नाराबाजी गरेका थिए प्रदर्शनकारीले विधेयक खारेजी नभएसम्म आन्दोलन जारी राख्नेजस्ता नारा पनि लगाए भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार पत्रकार सम्मेलन गरी विवादित गुठी विधेयक फिर्ता लिएका जानकारी गराएकी थिइन् तर मन्त्रालयले फिर्ता लिएको विधेयक खारेज हुनुपर्ने माग गुठियार संरक्षणकर्मीको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले सरकारले विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने बताए सरकारले गुठी विधेयक फिर्ता लिएको भनिएको प्रेस विज्ञप्तिमा हस्ताक्षर छाप छैन जिम्मेवार निकाय भएपछि यसरी गल्ती गर्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले विधेयक फिर्ता चित्तबुझ्दो छैन सरकार भ्रम सिर्जना गरेर धर्म, सम्पदा संस्कृति मास्न लागेको विधेयक फिर्ता लिएर मात्रै हुँदैन तत्काल खारेज हुनुपर्छ खारेज नभएसम्म आन्दोलन जारी रहनेछ उहाँको स्पष्टोक्ति थियो

विरोधसभालाई सम्बोधन गर्दै सम्पदाप्रेमी अनिश वैद्यले सरकारले गुठी विधेयक ल्याएर नकारात्मक काम गरेकाले जनताले सडकमा आएर खबरदारी गरेको बताउनुभयो भ्रष्टाचार, संम्पदामाथि अतिक्रणलगायत नकारात्मक कार्यमा सधैं हामीले खबरदारी गर्नुपर्छ गुठी विधेयकविरुद्ध खबरदारी गर्नकै लागि महासागर भई माइतीघरमा विरोध गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘मूल आदिवासी जनजाति हौं कसैले हाम्रो धरोहर, पहिचान संस्कृतिमाथि हस्तक्षेप गर्न पाउँदैन
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सरकारले नेवाःको भूमि अतिक्रण गर्न खोजेको आरोप लगाउँदै तत्काल गुठी विधेयक खारेज हुनुपर्ने माग गरे
कार्यक्रममा कला संस्कृति गुठी संरक्षण समिति शंखरापुरका अध्यक्ष राजदास श्रेष्ठले सोभियत संघ धरासायी भएको उदाहरण दिँदै कला, संस्कृति परम्परामा हात नहाल्न चेतावनी दिँदै गुठी सम्बन्धी विधेयक खारेजै हुनुपर्ने तर्क राख्नुभएको थियो
ढिमेबाजा, झयाम्टा, लाखेनाचसहित प्रदर्शनकारी सडकमा उत्रिएका थिए केही गुठियार संरक्षणकर्मी, गायक योगेश्वर अमात्यलगायतले माइतीघरमा सुरक्षाका लागि खटिएका प्रहरीलाई जनतासगँ मित्रवत व्यवहार गर्न भन्दै फूलका थुँगा दिएका थिए खबरदारी सभामा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सांसदको समेत उपस्थिति थियो
गुठी विधेयक विरोधमा हस्ताक्षर संकलन
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सरकारलाई खबरदारी ऐक्यबद्धताको लागि हस्ताक्षर संकलन गरेको सरकारले ल्याएको विवादित गुठी विधेयक खारेजको माग राख्दै शुक्रबार न्युरोड स्थित जुद्ध शालिक चोकमा हस्ताक्षर संकलन गरेको हो सरकारले गुठी विधेयक फिर्ता लिएर जनतालाई भ्रम सिर्जना गरेको भन्दै विभिन्न गुठियार संघसंस्थाका संरक्षणकर्मीहरुले तत्काल गुठी विधेयक खारेज गर्नुपर्ने माग राखेका छन् उक्त खबरदारी कार्यक्रममा व्यापार, व्यवसायी, नेता लगायत सर्वसाधारणले सेतो कपडामा हस्ताक्षर गरी गुठी विधेयक खारेज गर्नुपर्नेमा ऐक्यबद्धता  जनाएका थिए
सरकारले कला, संस्कृति सम्पदालाई मास्न लागेको धर्म, संस्कृतिमाथि हस्तक्षेप गर्न दिदैनौँ सरकारले गुठी विधेयक खारेज नगरेसम्म आन्दोलन जारी रहन्छ सर्वसाधारणलाई सास्ती नदिने ढंगले विरोधको कार्यक्रम गरी हस्ताक्षर संकलन गरेको उहाँको कथन थियो उहाँका अनुसार संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाईने सरकारले   संस्कृतिमाथि हस्तक्षेप गरेको भन्दै संरक्षणकर्मीहरुले सञ्चारमन्त्री, गृहमन्त्री भुमीसुधार मन्त्रीको राजिनामा माग सरकारको चर्को आलोचना हुने खालको प्लेकार्ड समाएर जुद्धशालिक चोकमा विरोध गरेका थिए
त्यसैगरी शनिवार गुठी समर्थकहरुले साँझ ७ः३० देखि ७ः४५ सम्म ब्ल्याक आउटको आव्हान गर्दै गुठी विधेयकको विरोधमा एक्येवद्धता जनाउन अनुरोध गरे अनुसार भव्य एवं सभ्य रुपमा सो कार्यक्रम सफल भएको जनाएको
यसैबीच सरकारले गुठी सम्बन्धी विधेयकलाई अगाडि बढाउने भएको सम्भवतः यसपटक सरकारले फास्ट ट्रयाकको नाम दिँदै सरोकारवालाहरुकोसँग सामान्य छलफलपछि सो विधेयक उपर संसदमा समेत राम्ररी छलफल नै नहुने गरी गुठी विधेयक पास गर्ने अनुमान राजनैतिक वृत्तमा गरिएको यस्तो अवस्थामा आएमा आम जनतासँग सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै विकल्प नरहने आन्दोलनरत पक्षले जनाएको

Post a Comment

1 Comments

  1. हावा दारी खवर ! गुठी बिधेयक बिरूद्दको कार्यक्रमलाई गुठी समर्थक को कार्यक्रम भनेर प्रोपगाण्डा मच्चाउन मिल्छ ?

    ReplyDelete

Thanks for your concerns