हार्दिक निमन्त्रणा

ऊँ श्री गणेशाय नमः श्री पशुपतिनाथको जय । श्री गोरखनाथ बाबाको जय ।। श्री सल्यानकी माईको जय ।।। श्री बज्रयोगिनी माताको जय ।।। हार्दिक निमन्त्र०ाा काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका स्थित साँखुको बज्रयोगिनी मन्दिर परिसरको महाँकाल भैरव मन्दिर समिपमा मिति २०७३ बैशाख २७ गते अक्षय तृतीयाको पावन पर्वदेखि भूकम्पबाट दिवङ्गत आत्माको चिरशान्ति, अतिवृष्टि, अनावृष्टि आदि दैवी प्रकोपजन्य दुष्प्रभावको न्यूनीकरण एवम् लोककल्याण तथा राष्ट्रहितको कामनाका लागि २०७३ भाद्र २ गतेसम्म पण्डित शंकरदेव न्यौपानेद्वारा सहस्र चण्डीवाचन महायज्ञ चलिरहेको छ । २०७३ भाद्र २ गते पूर्णाहुति गरी २०७३ भाद्र ३ गते प्रसाद वितरण गरिनेछ । लोककल्याण तथा राष्ट्रहितका लागि आयोजना गरिएको उक्त अनुष्ठान अर्थात् सहस्र चण्डी महायज्ञ योगी आर्य (सन्तोष ढकाल) को सत्संकल्पबाट सुसम्पन्न हुँदैछ । उक्त सहस्र चण्डी महायज्ञको अवलोकन गरी प्रसाद ग्रहण गर्नुहुन सादर निमन्त्रणा गर्दछौँ । २०७३ श्रावण २५ गतेदेखि भाद्र २ गतेसम्म सहस्र चण्डी महायज्ञ अन्तर्गत हवनको कार्यक्रममा उपपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ । भवदीय योगी आर्य (सन्तोष ढकाल) सम्पर्क नं. ः ०१–४४९३९११ (कार्यालय) ९८४९३५२५२९, ९८२३३५१५९०

Post a Comment

0 Comments