यस वर्षको कजी मिजेन्द्रकाजी श्रेष्ठ

साँखु÷यस वर्ष स्वस्थानी व्रत सञ्चालनको लागि व्रत नाईके कजी धुँलाटोल निवासी मिजेन्द्रकाजी श्रेष्ठले सम्हाल्ने भएको बुझिएको छ । उहाँले गतः पौष २९ गते माधवनारायण मन्दिरमा किसली चढाई सो जिम्मेवारी सम्हाल्ने घोषणा गरेको हो । यस अघि श्रेष्ठ २०४१ सालतिर देवता बोक्नेको रुपमा व्रतमा संलग्न भइसकेका व्यक्ति हुन् । प्रचलन अनुसार पौष शुक्ल पूर्णिमाको ठीक एक महिना अगाडि यःमहि« पुन्हि (धान्य पूर्णिमा)को दिनसम्ममा कजीको दावेदार नआएमा कजी अर्थात व्रत नाईकेको खोजी गरिने गरिन्छ ।

Post a Comment

0 Comments