साँवाभन्दा ब्याजको माया

संसारमा धेरै कुराहरु छन् जुन अत्यावश्यक हुन्छन् जुन कुरा हाम्रो जीवनमा नभई हुँदैनन् तर यो मागेर या रोएर पाईन्न नढाँटी भन्दा मानिस भन्दैन मलाई चाहिन्न । धनीहरु धन आर्जन गर्न धनै लगाउँछन् धेरैहोस् थोरैहोस् वृद्धवृद्धा पनि आँखा लगाउँछन् यसको लागि मानव अन्तिम घडीसम्म पनि मरिमेट्छ प्रष्ट भन्दा कुनै पनि मानिस यसैलाई रोज्दछ । तर पनि यो धेरै वा थोरै भने हुन्छ हुन्छ यसको लागि विश्व युद्ध समेत हुन्छ एकले अर्कोलाई माया ममता राख्दा जीवनमा एकैवार मात्र पाइने जीवन गुम्छ । धन्य धन्य माया तिमी तिम्रो रुप रङ्ग कस्तो हुन्छ तिमीलाई पाएपछि मानव स्वर्ग बिर्सन्छ विडम्बना माया तिमीलाई पाएपछि मृत्यु समेत अँगाल्छ । यो संसार अग्लो र सग्लो साँवा भन्दा धेरै होचो ब्याज खोज्दछ बुढा पाका भन्छन् छोराको भन्दा नातिको माया लाग्छ तब भन्ने गरिन्छ साँवा भन्दा ब्याजको माया ।।

Post a Comment

0 Comments