साँखु÷आगामी माघ १० गतेदेखि सुरु हुने माघ मेलाको तयारीको लागि श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले पहल सुरु गरेको छ ।
माघ मेलाको तयारीको लागि गतहप्तादेखि साँखुमा टोल भेला गर्न थालिएको छ ।
सो समितिका अध्यक्ष दिलिपकुमार श्रेष्ठका अनुसार यस वर्ष भूकम्पका कारण साँखु बजारमा बस्नकैलागि पनि समस्या भएकोले के कसरी व्रत बस्न आउने व्रतालुहरुको लागि बासस्थानको बन्दोबस्त गर्ने एवं मेलामा पाल्नुहुने धार्मिक तिर्थटकहरुलाई के कसरी सुविधा पु¥याउने भन्ने विषयमा टोल भेलामा छलफल गरिसकेपछि नै समितिले यस विषयमा ठोस निर्णय गर्नेछ ।
सो समितिमा साँखुका आठवटै टोलका प्रतिनिधीहरुको सहभागिता हुनुका साथै आवश्यकतानुसार विभिन्न कमिटी, उपकमिटी एवं सल्लाहकार समितिहरु मनोनित गरि साँखुबासीहरुको अधिकतम सहभागिता सो समितिमा गरिँदै आएको छ ।
0 Comments
Thanks for your concerns