काँगे्रस एमाओवादी सिमांकन हेरफेर गर्न सहमत

साँखु÷नेपाली काँगे्रसका सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भएको काँगे्रस एमाओवादी र मधेशी मोर्चाबीच भएको वार्तामा सिमांकन हेरफेर गर्ने सहमति भएको छ । यसको लागि काँगे्रस र एमाओवादीले नेकपा एमालेसँग गम्भीर छलफल गरिसकेपछि मात्रै निर्णय लिइने बताइएको छ । उक्त वार्ता शनिबार कोईराला निवासमा भएको हो । कोईराला निवासमा वार्ता चल्दै गर्दा नै विराटनगरको भन्सार नाका रानी भन्सारमा प्रहरीसँगको झडपमा परी नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घााइते भएको खबर आउनासाथ सद्भावना पार्टीका महासचिव मनिष सुमनले सो विषयमा चर्चा थाले । त्यसपछि उपेन्द्र यादवले विराटनगरमा फोन गरेर स्थिती बुझे । घटनाबारे विस्तृतरुपमा थाहापाउनेवित्तिकै प्रचण्डले गृहमन्त्री शक्ति बहादुर बस्नेतसँग रानी भन्सारमा भएको घटनाबारे सोधपुछ गर्न थाले । गृहमन्त्रीको भनाई सुनिसकेपछि मोर्चाका नेताहरु केही शान्त भएका थिए । लगत्तै दिनभरिको वार्ताको निस्कर्ष बाहिर केही नभनी पुनः वार्ता र छलफल गर्ने गरि नेताहरु छुट्टिएका थिए । वार्तामा सहभागी एक नेताका अनुसार काँगे्रस र एमाओवादीले संविधानमा कुन कुन बुँदामा संशोधन गर्ने भन्ने बारे मधेशी मोर्चाको स्पष्ट धारणा मागेका थिए । भैँसी जुलुस निकालियो ! यसैबीच रानी भन्सारमा भएको घटना लगत्तै मधेशका अधिकांश ठाउँमा शनिवार साँझ मसाल जुलुस निकालिएको छ भने संघीय समावेशी मधेशी गठबन्धनले आमहड्ताल र नाकावन्दीलाई जारी राख्दै मधेशमा भैँसी जुलुस निकालेको छ । गठबन्धनले भैँसी जुलुस निकाली भैँसीलाई नै पत्र समेत बुझाएका थिए । यो प्रतिकात्मक आन्दोलनबारे मधेशी मोर्चाका जेपी गुप्ताले भनेका छन्– “हालसम्म मधेश आन्दोलनको सम्बोधन नभएको हुँदा भैँसीको अगाडि वीन बाजा बजाए सरह मात्रै भएको र सरकारले केही पनि नसुनेको हुँदा यसखाले प्रतिकात्मक जुलुस निकालिएको हो । सरकार विस्तार गत हप्ता प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो मन्त्रिमण्डलको संख्या ४० पु¥याएको छ । यो सँगै उनले संविधानमा लेखिएको २५ जनाको मन्त्रिमण्डल बनाउनुपर्ने बुँदालाई धोती लगाइदिएको छ । अर्थात् भारतीय रुपैयाँ २५ को नेपाली रुपैयाँ ४० भएजस्तै प्रधानमन्त्री ओलीले पनि ठ्याक्कै त्यत्ति नै मन्त्री बनाएर रेकर्ड कायम गरेका छन् । सरकारमा जति नै दलहरु राखेपनि र जतिनै ठूलो मन्त्रिमण्डल बनाएपनि नेकपा एमाओवादी नै वर्तमान सरकारसँग रुष्ट हुन थालेको हुँदा यो सरकारको आयुको विषय पनि चर्चामा आउन थालेको छ । जबकी यो सरकारले हनिमुन पिरियड नै सकाएको र्छैन । यसरी ओली सरकारको दिनगन्ती गर्न थालिएपछि सरकारको भविष्य पनि अन्यौल हुन थालेको छ । अझ एमाओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल विस्तार र मन्त्रालय टुक्र्याएको विषयमा सार्वजनिकरुपमै असहमति व्यक्त गरिसकेको छ भने राप्रपाका नयाँ अध्यक्ष लोकेन्द्र बहादुर चन्दले आफू अध्यक्षमा बहाली भएकै दिन ओली सरकारलाई गरेको समर्थनबारे छलफल गरिने बताएका छन् ।

Post a Comment

0 Comments