गजल – सरगम गजमेर

निभाइयो दियो जानिजानी, बल्ने क्रममा । पारी अन्धकार झिकियो मुटु, चल्ने क्रममा । कर्मको फल पाउने आशमा हुर्काएको थिए, काटियो जरा सोझो वृक्षको, फल्ने क्रममा । निस्ठुरी दैवको कारणले उ मरेको हुनुपर्छ, असहय भै त्यो चोटमा मलम, दल्ने क्रममा । अहिले विहानीको कुरा नगर्नुस ए महासय? पुर्वलाइ नै छोडेर सुर्य पश्चिम, ढल्ने क्रममा । तिमी नरुनु अनि नबार्नु नुन ए निस्ठुरी हेर, यो सरगमको चिता सागरमा, जल्ने क्रममा ।

Post a Comment

0 Comments