मंसिर २१ गतेदेखि मंसिर २७ गतेसम्मको राशीफल

– ज्यो. आचार्य अनिल पोखरेल, भद्रबास–३, काठमाडौँ । सम्पर्क ः ९८४१४७९२३२, ४४५१५५९, बलष्)िवभभखबलज्ञज्ञ२थबजयय।अयm मेष ः नसा सम्बन्धी समस्याले दुःख दिन सक्नेछ । आफन्त टाढिन सक्नेछन् । रंगमञ्चको क्षेत्रमा हुनुहुन्छ भने असल समय देखापरेको छ । आफूभन्दा तल्लो तहका कर्मचारीले फसाउन सक्नेछन् । घाँटीको समस्या देखिन सक्नेछ । रातो रंग साताको लागि राम्रो हुनेछ । वृष ः कृषि कार्यमा संलग्न हुनुहुन्छ भने आरामको समय देखापरेको छ । आमाको राम्रो साथ र सहयोग मिल्नेछ । शिक्षा क्षेत्रमा बाधा देखापर्नेछ । स्वास्थ्यमा धेरै ध्यान जानेछ । शत्रु बढ्नेछन्, कान्ति क्षय हुनसक्नेछ । सन्तोषीमाताको प्रार्थना गर्दै दिनहरुको सुरुवात गर्नु असल हुनेछ । मिथुन ः पारिवारिक सहयोग मिल्नेछ । मित्रजनसँग राम्रो समय विताइनेछ । नोकरीमा माथिल्लो तहका व्यक्तिसाग असल व्यवहार गर्नु उपयुक्त देखिन्छ । श्रीमान् श्रीमती बीचको सम्बन्ध प्रगाढ बन्ने देखिन्छ । भोज भतेरमा सहभागी होइनेछ । गाढा रंगको प्रयोग उपयुक्त हुनेछ । कर्कट ः शेयर बजारमा लगानी गर्नु उपयुक्त समय रहेको देखिन्छ । सहिकार्यबाट राम्रो धनार्जन हुनेछ । यात्राको राम्रो अवसर देखापरेको छ । वैदेशिक रोजगारका मानिसको लागि राम्रो साता देखापरेको छ । प्राविधिक क्षेत्रका लागि पनि राम्रो समय भन्न सकिन्छ । हल्का रंग सातालाई राम्रो । सिंह ः आफन्तको विछोडले मन खिन्न बनाउनेछ । बोलीको प्रभाव खासै पर्ने देखिन्न । कान्ति क्षय हुनेछ । हात पर्न लागेका काम पनि बिग्रन सक्नेछन् । स्वास्थ्यमा सुधारको समय रहेको देखिन्छ । पारिवारिक झमेलामा फसिएला । सूर्यलाई अर्ध दिएर दिनको सुरुवात गर्नु वेस । कन्या ः हतारमा गरेको निर्णयले ठूलो झमेलाको सामना गर्नुपर्ने देखिन्छ । घाउचोट वा दूर्घटनामा पर्न सकिन्छ । विचार पु¥याउनुपर्नेछ । धनार्जनको योग रहेको देखिन्छ । मनमा आउने अनावश्यक तर्कनाले सताउला । खरानी रंगको प्रयोग यो साताको लागि उपयुक्त हुनेछ । तुला ः राम्रो साता रहेको छ । बोलीको प्रभाव राम्रो पार्न सकिन्छ । खेलकूदको क्षेत्रको मान्छे हुनुहुन्छ भने राम्रो साता भन्न सकिन्छ । पे्रम प्रसंगमा समय बित्नेछ । कान्ति वृद्धि हुनेछन् । मिष्ठान्न भोजनको प्राप्ति देवीको दर्शन गरेर दिनको सुरुवात गर्नुपर्नेछ । वृश्चिकः बोल्दा विचार पु¥याउनु पर्नेछ । अनावश्यक रिस उठ्ने हुँदैन । आफूलाई कन्ट्रोल गर्नुहोला । गरेको काममा सफलता हात लाग्ला मान सम्मान राम्रो प्राप्त हुनेछ । शैक्षिक क्षेत्रमा खासै राम्रो समय देखिन्न । खानापछि लड्डु खानु साताभरको लागि उपयुक्त हुनेछ । धनु ः राम्रो साता रहेको छ । मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुनुहुनेछ । गरेका काममा मिल्ने सफलताले मन प्रसन्न बनाउनेछ । यात्रा गर्दा दुईपाङ्गे्र साधनको प्रयोग गर्नु उपयुक्त देखिँदैन । विन्ध्यवासिनी देवीको प्रार्थना गरेर दिनहरु सुरु गर्नु उचित हुनेछ । मकरः राम्रो साता रहेको देखिन्छ । आँटेका काममा सफलता हात लाग्नेछ । साथीको सहयोग राम्रो मिल्ने देखिन्छ । नयाँ कामको सुरुवात हुने देखिन्छ । प्रियजनको साथ मिल्नेछ । फलामको काममा रामै्र फाइदा होला । भैरवको दर्शन गरेर दिनहरु सुरु गर्नुपर्नेछ । कुम्भ ः यो साता कसैलाई धन सापट वा ऋण नदिनुहोला नत्र फिर्ता हुनेछैन । व्यापारमा मध्यम समय । प्राविधिक वा शारीरिक काममा लाभको समय । ठूलो सभा समारोहमा सहभागी हुन पाइनेछ । कालो रंगको प्रयोग भैरवको दर्शन साताको लागि लाभदायक । मीनः साता खासै राम्रो देखिँदैन, रिसलाई दबाएर राख्नुहोला । आफन्तसँगको सम्बन्धमा समस्या देखिनसक्छ । अचल सम्पत्ती सम्बन्धी कारोबार हुनेछ । प्रियजनको साथ भने राम्रो मिल्नेछ । आध्यात्मिक कार्यमा सहभागी हुनुहुनेछ । पहेँलो रंग राम्रो हुनेछ ।

Post a Comment

0 Comments