एकीकृत शत्रुजीव व्यवस्थापन (आई.पि.एम.) – प्रस्तुति– सत्यनारायण श्रेष्ठ

एकिकृत शत्रुजीव व्यवस्थापन भनेको आर्थिक रुपले न्यायोचित एवं पर्यावरणीय दृष्टिकोणबाट उपयुक्र दिगो बाली संरक्षणको विधि हो । जसमा एकभन्दा बढी बाली संरक्षणका विधिहरुको प्रयोग गरिन्छ । महत्व ः १) विषादीहरु महँगो एवं अप्राप्यता, २) बढ्दो स्वास्थ्य समस्या एवं वातावरणीय दुष्प्रभाव, ३) मानिसहरुमा विषादीको नकारात्मक असरप्रति बढ्दो जागरण, ४) समयसमयमा रोग कीराको महामारीले जैविक सन्तुलनमा खलल, ५) जैविक नियन्त्रणका क्षेत्रमा प्रशस्त सफलता । प्रयोगपूर्व ध्यान दिनुपर्ने कुराहरु ः १) शत्रुजीव पहिचान २) उपलब्ध नियन्त्रण विधिहरु र तिनको समुचित ज्ञान ३) शत्रुजीवलाई असरदार मानिस एवं वातावरणीय दुष्प्रभाव रहित नियन्त्रण विधिहरुको छनौट । विधिहरु ः १) कृषि कर्ममा आधारित तरिका ः जस्तः बाली चक्र, खेतबारीको सरसफाई, अवरोधक जातको खेती आदि । २) जैविक विधि ः प्राकृतिक परजीवी एवं शिकारी कीराको प्रयोग, भाइरस एवं फेरोमनहरुको प्रयोग । ३) कानूनी तरिका ः हानिकारक रोग कीराको प्रवेशमा रोक । ४) यान्त्रिक तरिका ः हातले टिपेर एवं अन्य यन्त्रहरुको प्रयोग । ५) रसायनिक तरिका ः उपयुक्त विषादीको सावधानीपूर्वक प्रयोग । फाइदाहरु ः १) वाली कटानी अघि र पछि भैरहेका नोक्सानी कम हुने, २) वाली उत्पादन लागत खर्चमा कमी हुने, ३) वातावरणीय सुधार भइ परजीवी तथा हिंस्रक कीराको वृद्धि भइ हानीकारक रोग कीराको रोकथाममा सघाउ पुग्ने, ४) विषादी प्रयोगमा कमी ल्याई विदेशी मुद्राको बचाउ हुने, ५) उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर कम हुने र ६) रोग कीरा व्यवस्थापनमा कृषक स्वयं सक्षम हुने ।

Post a Comment

0 Comments