Rochak bishwo

रोचक विश्व ४२ वर्ष ननिदाएको व्यक्ति एक दुइ रात नसुत्दा न झण्डै विरामी नै होइन्छ, के कुनैपनि मानिस नसुतिकनै ४२ वर्षसम्म बाँच्न सक्ला ? सायद सक्दैन नै होला । तर भियनतामका एक व्यक्तिले भने यो सत्यलाई चुनौति दिएका छन् । थाइ नगोक नामका पुरुष पछिल्लो ४२ वर्षदेखि जागा नै छन् । ४२ वर्षयता उनी एक मिनेटपनि सुतेका छैनन् । भियतनामको ननसोंग जिल्लाको क्यू ट्रंग कम्यूनमा बस्ने नगोकको जन्म सन् १९४२ मा भएको हो । सन् १९७३ मा उनलाई ज्वरो आएको थियो । आफुलाई त्यतिबेला कडा ज्वरो आएपछि त्यसयता कहिल्यैपनि निद्रा नआएको उनको भनाइ छ । निद्रा नलागेर हैरान भएका नगोक उपचारका लागि केही ठूला अस्पतालमा पनि गए । डाक्टरहरुले इनसोम्निया नामको रोग भएको बताए, जसका कारण निद्रा लाग्दैन । तर त्यसको उपचार भने कसैले गर्नसकेनन् । निद्रा नलाग्दा सुरु सुरुमा आफुलाई निकै कठिनाइ हुने गरेको भन्दै उनले पूरै रात तनावमा गुजार्नुपरेको सम्झिन्छन् । तर विस्तारै उनलाई बानी परेको छ । अहिले निद्रा नलागेपनि उनलाई कुनै शारीरिक समस्या उत्पन्न हुँदैन रे । तर दिउसोमा काम गर्दा समय बितेको पत्तो नहुने भएपनि रातको एक एक पल समय कटाउन निकै गाह्रो पर्ने उनको अनुभव छ । त्यसैले कहिलेकाहीँ रात कटाउनका लागि उनी रातको समयमै खेतमा काम गर्न समेत जाने गरेका रहेछन् । घरमै बसेर रात कटाउनु पर्दा उनले रातको समयमा धेरै पटक चिया तथा चुरोट पिउने गर्दछन् । ६ सन्तानका पिता नगोकले अनिद्राका कारण आफुलाई थकाइ लाग्ने भने नगरेको बताउँछन् । अहिले ७३ वर्षका भएका नगोक एकदम स्वस्थ देखिन्छन् । रातको समयमा गर्नुपर्ने काम नभएर खाली बस्नुपर्दा उनलाई छटपटी हुन्छ, र रातमा पनि काम गरिरहन चाहन्छन् । सन् २०१० मै विश्वका कतिपय म्यागेजिनहरुले उनलाई विश्वका असाधारण व्यक्तिको रुपमा समाचार प्रकाशित गरेका थिए । –एजेन्सीको सहयोगमा विश्वकै लामो पुल रुसले विश्वको सबैभन्दा लामो केबुल पुल उद्घाटन गरेको छ । मुलुकको सुदूरपूर्वी क्षेत्रको अर्थतन्त्रलाई पुनः बलियो बनाउन अरर्बौं अमेरिकी डलर बराबर खर्च गरी यो पुलको निर्माण भएको हो र यसको अन्तिम कार्य सम्पन्न गरिएको छ । प्रधानमन्त्री दिमित्री मेदभेदेभले सेप्टेम्बर महिनामा एशिया(प्रशान्त आर्थिक समुदायको शिखर वैठकको तयारीको स्थलगत निरीक्षणमा जाँदा भ्लादिभोस्तोकदेखि रुस्कायाद्वीपसम्म जाने उक्त पुलको उद्घाटन गर्नु भएको हो । यो पुल एक हजार १०४ मिटर लामो छ । रुसले यस क्षेत्रमा व्यापक लगानी आकर्षण गर्न २० अर्ब अमेरिकी डलर यस परियोजनामा खर्च गरेको छ । कसरतले स्तन क्यान्सर निको पार्ने दिनहुँ व्यायाम गर्नु हुन्छ भने यसलाई संधै निरन्तरता दिइरहनुस् किनभने यसले तपाईलाई निकै फाईदा दिन्छ । महिलाको हकमा शुभ समाचार के पनि छ भने नियमित व्यायामले तन्दुरुस्त रहने महिलाले स्तन क्यान्सरको खतरालाई सजिलै पार गर्न सक्छ । युरोपियन जर्नल अफ क्यान्सर प्रिभेन्समा प्रकाशित एउटा नयां अनुसन्धानमा दावी गरिए अनुसार नियमित रुपमा व्यायाम गर्ने महिला स्तन क्यान्सरको शिकार भए पनि उनीहरु मध्ये करिव ४० प्रतिशत यो रोगका कारण मर्ने सम्भावना कम हुन्छ । नर्थ क्यारोलिना विश्वविद्यालय अध्ययन दलको एउटा समूहले किशोरावस्थादेखि नै ब्यायाम गर्ने महिलामा स्तन क्यान्सरसँग जुध्ने क्षमता बढी हुने औंल्याएको छ । यो अध्ययनमा बताइए अनुसार स्वस्थ जीवनशैली अपनाउने महिलामा स्तन क्यानसर भइहाले पनि निको हुने सम्भावना धेर्रै नै रहन्छ । अनुसन्धानकर्ताका अनुसार एउटा स्वस्थ जीवनशैली शरीरको प्रतिरक्षा प्रणाली राम्रो हुन्छ र क्यान्सर कोशिकासँग सजिलै जुध्न सकिन्छ । अध्ययनमा अनुसन्धानकर्ताले हालै यो रोगको उपचार गराउन १ हजार ५ सय ८ महिलालाई सामेल थिए । यसमा महिलाले सम्पूर्ण जीवनकालमा गरेको व्यायामको विस्तृत अध्ययन गरिएको थियो ।

Post a Comment

0 Comments