प्रसंग टुक्रे बजेट र आत्मतुष्टी



शंकर दुलाल

आदरणीय मित्रहरू 

शंखरापुर न.पा.

यो आर्थिक बर्ष मात्र होइन बिगतका आर्थिक बर्षहरुमा पनि धेरै बजेटहरु परे र पारियो । अझै यो बर्ष झन धेरै होडबाजीमा बजेट पारियो भनेर एउटै योजना मेरो दलको मेरो नेताको पहलमा भनेर प्रचार गर्ने होड बाजिनै चल्यो । के यो राम्रो हो त ? के यो भ्रम छर्ने परिपाटी होइन र ?अनि नौलो चाहिँ के पारेछन त यसो समीक्षा गरम त । केही नौलो छैन त गांठे । तैपनी अझै मुर्खतापुर्ण ढंगले राजनैतिक नेता कार्यकर्ताको प्रतिस्पर्धा देख्दा लाग्छ यो कांठको मनोबिज्ञान लाई संगठित रुपमा उपयोग गर्ने दलभित्रको एक समुहलाइ जाल हानेर राजनैतिक फाइदा उठाउन सहज बनाइदिदै छौ भन्ने मेरो बुझाइ हो ।

अनि राज्य दोहन भो भ्रस्टाचार भो नेताले खाए नेताले डुबाए भनेर चोक गल्लिको चियापसल देखि भट्टिमा डिजे ¥याप हान्ने काम पनि हामी बाटनै धेरै हुन्छ । आत्मसमिक्षा गरम त । अहिले परेको बजेटको कुनचाही योजना सम्पन्न हुनेछ ? कुनै पनि योजना सम्पन्न भएर फर्छ्योट हुने देखिन्न कि म भ्रममा छु कि यो समाजको अगुवाले भ्रम जबर्जस्त छरिराछ । आवस्यकता प्राथमिकता को आधारमा योजना बिनियोजित छैन । कार्यकर्तालाई उपभोक्ता समिती बनाइ काम गर्न सहज हुने बजेट हालिएको छ । के समितिले समाजसेवा मात्रै गरेर बजेटको काम सम्पन्न गर्ला त ? खाजापानी खानै पर्ला खटेको ज्याला लिनैपर्ला त्यो यसरी सरकारी पैसाको दोहन आफैबाट गरिरहदा किन हामी अरुलाइ सत्तोसराप गरिराछौ ?

कुनैपनी योजना मा बजेट बिनियोजन हँुदा योजना सम्पन्न होस दोहोराएर बजेट हाल्न नपरोस टुक्रे योजनामा वा कम्तिमा प्रतिशतको आधारमा योजना सम्पन्न होस अनि बिकासको गति बढ्छ । नत्र यो राज्य दोहन नै हो । आवस्यकता को आधारमा योजना बनाउनु र योजना सम्पन्न गराउनु चाहिँ दक्ष राजनैतिक नेता कार्यकर्ताको प्रमुख जिम्मेवारी हो ।

यसरी आएको बजेटले कति  जनता प्रत्यक्ष जोडिन्छन कति अप्रत्यक्ष जोडिए फाइदा कति भयो बेफाइदा कति भयो ? भौगोलिक आधारमा बाटो बिकासले बिनाश पो गरिराछ कि ? लेखाजोखा छैन । प्रबिधी को बिकासको बिसयमा अध्ययन गर्ने कति प्रतिशत नेता कार्यकर्ता छन त ? भुगोल अनुसारको प्रबिधी किन प्रयोग नगर्ने ? गर्नुपर्छ भनियो भने तिलको गेडा जत्रो कुरोलाइ पहाड बनाएर बहस गर्न हामिहरु नै लागिरहन्छौ । किनकी यी यस्ता टुक्रे बजेट बाट फाइदा खाने अवसरबादी हरु यसैलाइ पेशा बनाइरहेछन र जनता तेसैला भ्रमपुर्ण ढंगले बिकास प्रेमी नेता मानिरहेछ यो ब्यवस्थाको कारण नै हो । अझै ब्यवस्था परिमार्जन हुन जरुरी छ यो ब्यस्था भित्र पनि स्थानिय सरकारले यो समस्या र चुनौतिको निराकरण गर्न सक्ने ब्यवस्थाको अधिकार त दिएको छ त्यो पनि जस र अपजसको ल्हेलोमा रुमलिएर नै सघिय ब्यवस्था ठिक छैन बाधक छ भनेको पनि सुनियो । बुझ्नेलाइ श्रीखण्ड नबुझ्नेलाइ खुर्पाको बिड हो संघियता ।

निराकरण को लागि स्थानिय सरकारले पारिश्रमिक सहितको बिकासे योजनाको सेवक हरु नियुक्त गर्दा कडाइका साथ नियमन गर्ने हो भने बिकासको गति बढ्ने अनुमान गर्न सकिन्छ र राज्य दोहन कम हुन्छ र उपभोक्ता समितिको नाउमा हुने दोहन र राज्य दोहन कम हुने देखिन्छ नत्र नेताहरु नै झ्याप्प कमिसन खान पाउने कारण बजेट पार्दै अध्यक्ष बनेर खाने र बजेट टुक्रामा बिकास ल्याउने क्रम अझै बढ्ने छ ।

काठमाडौ क्षेत्र नं २ का धेरै योजना अध्ययन अनुसंधान गरेरै तीस बर्ष बितेको छ । डि पि आर खेती हो यहाँको नेताहरुको डि पि आर गर्दै गराउदै बजेट झ्वाम धेरै छन झण्डै तीन बोरा जति होलान मेरो अनुमान मा हनुमान हरु निरिक्षण को प्रचार गरिराछन् ।

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments