असोज १८ गतेदेखि असोज २४ गतेसम्मको राशीफल – ज्यो. धनानन्द



मेष ः

वैदेशिक यात्रामा सफलता मिल्ने देखिन्छ । आफन्तसँग अनावश्यक वादविवाद हुने देखिन्छ । खर्च गरे अनुसारको केही काम बन्ने अवस्था देखिन्छ । मन अशान्त भएपनि समयले साथ दिने हुनाले समय रामै्रसँग बित्ने देखिन्छ । मौसमी रोगको शिकार बन्न सकिनेछ ।

वृष ः

मध्यम साताको रुपमा यो साता बित्नेछ । खर्च गरे अनुसारको प्रगति होलाजस्तो देखिँदैन । मद्दत गर्ने बढ्ने छन् भने रिस गर्नेहरुले खुट्टा तान्ने काम त्यत्तिकै गर्नेछन् । न्याय क्षेत्रमा बाधा उत्पन्न हुनसक्छ । शैक्षिक क्षेत्रमा आवद्ध व्यक्तिको लागि नयाँ अवसरहरु हातलाग्ने देखिन्छ ।

मिथुन ः

मनमा विद्यमान शंका र भय क्रमशः हट्ने देखिन्छ । सानातिना लाभ भएपछि ठोसलाभ हुन्न भन्न सकिन्न । आफन्तको सहयोग प्राप्त हुनेछ । अनावश्यक खर्चले मन अशान्त बनाउला । केही काम गरौँ भन्ने भावनाको विकास भएपनि काम पूरा गर्न ज्यादै मेहेनत गर्नुपर्नेछ ।

कर्कट ः

नैतिकतामा आक्षेप लाग्न सक्ने योग रहेको छ । मनमा अनावश्यक तनाव बढ्नेछ । यो साता गरेको लगानीले भविष्यमा रामै्र प्रतिफल दिने देखिन्छ । मुद्दामामिला र वादविवादमा विजय तपाइँको हात पर्ने देखिन्छ । पढाईको क्षेत्रमा खासै राम्रो देखिँदैन, खेलकूदमा समय खर्चनेछ ।

सिंह ः

शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ । सहयोग गर्ने हातहरु बढ्नेछन् । मनमा जाँगर विस्तारै बढेर आउनेछ । दाम्पत्य जीवन सुमधुर बन्नेछ । आफन्तको भरणपोषणमा धेरै धन खर्च गर्नुपर्ला । विहीबार र शुक्रबार अनुकूल बारको रुपमा रहेको देखिन्छ ।

कन्या ः

सातालाई राम्रो रुपमा लिन सकिन्छ । राम्रो आर्थिक लाभ हुनेछ । मिष्ठान्न भोजनको प्राप्ती मानसम्मान प्राप्त हुनेछ । इष्टमित्रसँग भेट र उनीहरुबाट गतिलो सल्लाह समेत पाउन सकिनेछ । पठनपाठनमा रुचि बढ्नेछ । व्यवसायमा श्रम गरेअनुसारको लाभ प्राप्त गर्न सकिनेछ ।

तुला ः

साताको सुरुमा मनमा भय पैदाभएपनि साताको मध्यबाट स्थितिमा सुधार हुने देखिन्छ । मित्र र परिवारको सहयोगले केही काम गर्न सकिनेछ । आय आर्जनको नयाँ स्रोत फेलापर्न सक्नेछ । पुराना मित्रहरुसँगको भेटघाटमा समय बित्नेछ । मेहेनत गर्दा शिक्षामा सफलता हात पर्ने देखिन्छ ।

वृश्चिकः

सातालाई राम्रै रुपमा लिन सकिन्छ । अलि अलि समस्या देखापरेपनि त्यसलाई आफ्नै बुद्धिले समाधान गर्न सकिनेछ । बुधबार, बिहीबार दीर्धकालिन असर पर्ने काम नगर्नु उपयुक्त हुनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने फसेको धन प्राप्त गर्न सकिनेछ ।

धनु ः

सन्तानको स्वास्थ्य बिग्रनाले खर्चमा वृद्धि हुनेछ । अनावश्यक व्यक्तिको सेवा गर्नुपर्ला मनोरञ्जनात्मक गतिविधि बढ्नेछ । आँटेका काम सीमित मात्रामा मात्र बन्नेछ । बुधबार पछिका दिनबाट समयमा सुधार हुने देखिन्छ । न्याय क्षेत्रमा आँशिक लाभ देखिन्छ ।

मकरः

पूर्वाद्ध राम्रो खालको छ । महत्वपूर्ण काम बुधबारभित्र गर्नु उचित हुने देखिन्छ । सञ्चार क्षेत्रमा लाभ मिल्ने देखिन्छ । मन प्रशन्न राख्नेछ कुटुम्ब सहयोग राम्रै मिल्ने देखिन्छ । स्वार्थी साथीहरुले खर्च बढाउन पे्ररणा दिनेछन् । साताको अन्त्यमा घाउचोट लाग्न सक्नेछ ।

कुम्भ ः

राजनैतिक विश्वास बढेर जानेछ । स्वास्थ्यको कारणले यात्राको सम्भावना रहेको देखिन्छ । शत्रुहरुले काम असफल बनाउन कोशिस गर्नेछन् । मान–प्रतिष्ठाको हानी हुनेछ । भोजभतेरमा सहभागिता जनाउनुपर्ने देखिन्छ । शिक्षामा सोचभन्दा उल्टो नतिजा हात पर्न सक्ने देखिन्छ ।

मीनः

अलि अलि खर्च बढेपनि सातालाई रामै्र रुपमा लिन सकिन्छ । मित्रहरुबाट नयाँ आर्थिक स्रोत जुटाइदिनाले खर्च छान्न मुश्किल नपर्ला । सन्तान सुखमा कमी आउने देखिन्छ । कला क्षेत्रमा आवद्ध हुनुहुन्छ भने नयाँ कामको लागि प्रस्ताव आउनेछ । पठनपाठन राम्रो देखिन्छ ।

Post a Comment

0 Comments