रोचक विश्व


दाइजोमा बेहुलाका बारीमा अढाई सय रुख
बिहेमा थुप्रै दाइजो नल्याएको निहुँमा महिलाहरुलाई आफ्नो लोग्नेको घरमा लोग्ने र परिवारका अन्य सदस्यले विभिन्न खाले हिंसा गर्ने गरेका तथा कहिलेकाहीँ जिउँदै समेत जलाएका समाचार आउने गर्छन् । दाइजो प्रथा विरोधी कानून बनेपनि दाइजो माग्ने(दिने परम्पराले निकै गहिरो गरि जरा गाडेको छ । हाम्रो देशमा मात्र होइन भारतमा दाइजो प्रथाको विकृति झनै गाँजिएको पाइन्छ । दाइजोमा केटा पक्षले केटी पक्षसँग रुपैयाँ पैसा तथा महंगा सरसामान माग्ने प्रचलन छ । तर एकजना भारतीय युवाले अनौठो दाइजो मागेर सबैलाई अचम्ममा पारिदिएका छन् । भारतको विहारस्थित शेखपुरा जिल्लाको एक गाउँका युवाले बिहेमा केटीपक्षसँग २ सय ५० वटा रुख दाइजो मागेका छन् । कतै रुख दाइजो माग्नुको कारण काठ बेचेर पैसा कमाउन त होइन रु भन्ने शंका लाग्ला । तर होइन । ती युवकले रुखको काठ होइन की २ सय ५० वटा विरुवा रोप्ने शर्तलाई दाइजोको रुपमा मागेका हुन् । अर्थात् केटीपक्षले बिहेको बेला २ सय ५० वटा वृक्षरोपण गर्नुपर्नेछ । शेखरापूरा जिल्लाको सदर प्रखण्डस्थित बादशाहपुर गाउँका बासिन्दा डाक्टर निशिथ कुमारले विवाहमा दाइजोको रुपमा वृक्षारोपण गर्ने शर्त तेर्साएर नौलो काम मात्र गरेका छैनन् वातावरण सुरक्षाका लागि गर्विलो सन्देश दिने काम पनि गरेका छन् । विवाहको लागि केटीपक्षसँग कुरा छिन्ने बेलामा २ सय ५० वटा रुखको शर्त अघि सार्दा सुरुमा त केटीपक्ष अचम्ममा परे । कतै केटो खुस्किएको पो रहेछ की भन्ने शंका गरे । तर वातावरण सुरक्षाका विषयमा निशिथ जागरुक रहेको भन्ने कुरा थाहा पाएपछि भने आफ्नो हुनेवाला ज्वाइँको मागले उनीहरुलाई गौरवान्वित बनायो । तत्कालै केटीपक्षले रुख रोप्ने शर्त स्विकार गर्यो । निशिथले बिहे गर्ने भनेकी केटी ज्याकलिन पनि डाक्टर नै हुन् । दुबैको मन मिल्यो र १५ डिसेम्बरमा बिहे भयो । शर्त मुताविक केटी पक्षले गएको शुक्रबार बादशाहपूर गाउँ गएर गाउँलेको सहयोगमा बेहुला निशिथको जमिनमा आँप, कागती लगायतका जातका अढाइ सय विरुवा रोपेका छन् । दाइजोको रुपमा वृक्षारोपण गर्ने यो नयाँ संस्कारको सुरुवात भएकोमा गाउँलेहरु सबै मख्ख छन् । भविष्यमा यसले दाइजोको विकृति कम गर्न र महिलामाथि हुने हिंसा रोक्न सहयोग पुग्ने विश्वास उनीहरुको छ । स्मरण रहोस्, विहारको भागलपुल जिल्लास्थि धरहरा गाउँमा छोरी जन्मिएपछि १० वटा विरुवा रोप्ने चलन नै छ । बिहारका पूर्व मुख्यमन्त्री नितिश कुमार समेत आफ्नो कार्यकालमा उक्त गाउँ पुगेर गाउँलेहरुको प्रसंसा गरेका थिए ।
मान्छेजस्तै पाठा बाख्राले जन्माएपछि
केही महिनाअघि अर्जेन्टिनामा एक किसानको बाख्राले मान्छेकै जस्तो रुप भएको पाठो जन्माएको खबरले सबैलाई आश्चर्यमा पारेको थियो । ती किसानमाथि गाउँलेहरुले बाख्रो करणीको आरोप लगाएको र उनलाई बसिटिक्नु नभएको भन्ने खबर आएको थियो । तर, अहिले भने हाम्रो छिमेकी भारतमै एउटा बाख्राले मान्छेको जस्तै बच्चा जन्माएको छ । त्यो पनि एउटा होइन, दुई दुई वटा ।
भारतको कर्नाटकस्थित मैसूर जिल्लामा पर्ने सोलेपुर गाउँका भास्कर नामका किसानको घरमा पालेको बाख्रीले मान्छेकै जस्तो रुप भएका जुम्ल्याहा पाठा जन्माएको हो ।
गाउँमा बाख्रोले मान्छेकै जस्तो रुप भएको बच्चा जन्माएपछि गाउँलेहरु अचम्ममा परेका छन् भने त्यो अदभुत पाठा  हेर्न अन्य गाउँका मानिस समेत भेला भएका छन् । यद्यपि बाख्राले जन्माएका जुम्ल्याहा पाठा जिउँदा भने छैनन् । जन्मिँदै ती पाठा मरेका थिए ।
बिहान साढे ६ बजे बाख्रीले पहिलो मरेको पाठो जन्मायो, जसको आकार मान्छेको जस्तै थियो । त्यसको पाँच घण्टापछि अर्को मरेको पाठी जन्मियो । उक्त पाठीको आकार प्रकार पनि मान्छेको जस्तै थियो ।
समाचार अनुसार ती पाठा पाठीका ७० प्रतिशत रुपरंग मान्छेकै जस्ता छन् । आँखा, नाक र मुख मान्छेकै बच्चाको जस्तो छ । खुट्टा पनि मान्छेकै जस्ता छन् । जिउ पनि मान्छेको जस्तै सिधा छ । मात्र फरक भनेको हातखुट्टामा औँलाको साटो खुर छन् भने कान पनि बाख्रोका जस्तै छन् ।
मान्छेका जस्ता बच्चा जन्माउने बाख्रोका मालिक भास्कर आफ्नो बाख्रोले डरलाग्दा पाठा पाठी जन्माएपछि निकै आत्तिएका छन् । आफूले ४ वर्षदेखि त्यो बाख्रो पाल्दै आएको र अहिलेसम्म बाख्रोले १० वटा सामान्य पाठोपाठी पाएको उनले बताएका छन् ।
मान्छेको आकारका पाठापाठी जन्मिएछि त्यसलाई हेर्न सयौँ मानिस भास्करको घरमा भेला भएका छन् । त्यो घटना अशुभ संकेत भएको र गाउँमा प्रलय हुनसक्ने भन्दै कतिपयले चिन्ता समेत व्यक्त गर्ने गरेका छन् । कतिपय गाउँलेहरुले ती मरेका पाठापाठीलाई तत्कालै गाड्न सल्लाह दिएका छन् । तर भास्करले भने आखिर के कारणले त्यस्तो भयो भन्ने कुराको परीक्षण गरेपछि मात्र पाठापाठी गाड्ने भनेका छन् ।
विज्ञहरुका अनुसार वंशाणुगत विकृति अर्थात् इन्फेक्सनका कारण त्यस्तो पाठापाठी जन्मिएका हुन् । त्यसलाई चिकित्साको भाषामा फेटल एनासार्ता भनिन्छ ।
कर्नाटकको पशु विभागले भास्करको बाख्राले जन्माएका ती अचम्मका मृत पाठापाठीलाई सुरक्षित गरेर राख्ने र अर्को वर्षको अक्टोबरमा हुने दशरा प्रदर्शनीमा प्रदर्शनमा राख्ने योजना बनाएको छ ।
घोडामाथि मुख मैथुन गरेपछि
एक ३० वर्षीय युवकलाई पशु करणीको आरोपमा पक्राउ गरिएको छ । अमेरिकाको विस्कन्सिनस्थित वाउसाउकाका बासिन्दा ज्यारेड क्रेफ्टले घोडामाथि मुखमैथुन गरेको आरोप लागेको छ ।
म्याराथन काउन्टीको प्रहरीले स्थानीय वाउसाउ स्थित एक घोडा तबेलामा एकजना युवकले घोडासँग करणी गरिरहेको खबर पाउनासाथ घटनास्थलमा पुगि बुधबार ती युवकलाई पक्राउ गरेका थिए ।
प्रहरी घटनास्थलमा आउँदा क्रेफ्ट घोडासँगै बसेका थिए । उनले अनुहारमा मास्क लगाउनुका साथै कालो ज्याकेट तथा निलो पाइन्ट लगाएका थिए जुन नितम्ब तथा गुप्तांग क्षेत्रमा प्वाल पारिएको थियो ।
उनको हातमा गाँजाको सुल्फा पनि थियो र साथमा पेट्रोलियम जेलीको जार समेत राखेका थिए ।
समाचार अनुसार आफुले घोडा सँग सम्भोग गरेका पोर्न फिल्म हेरेपछि यसरी घोडासँगै मुख मैथुन गरेको कुरा अदालतसामु उनले स्विकार गरेका छन् ।
तर सरकारी न्यायाधिवक्ताले आफुले घोडा करणीको यस्तो घटना अहिलेसम्म नदेखेको बताएका छन् ।
क्रेफ्टमाथि जनावरको यौनांगबाट यौनसन्तुष्टि लिएको, अवैध लागुऔषध राखेको अभियोग लगाइनुका साथै गाँजा राखेको आरोपमा उनीमाथि पटकेमा कारवाही समेत हुने भएको छ । अदालतले मागेको २ हजार डलर धरौटी तिर्न नसकेपछि उनी म्याराथन काउन्टी जेलमा बसेका छन् ।

Post a Comment

0 Comments