Sahitya

गजल
– मानन्धर “अभागी”, जोरपाटी, हाल साँखु सलम्बुटार
एउटै आमाको सन्तान लाग्दैन आफ्नो दाजुभाई
भाईमा परेको दुःख जान्दैन आफ्नो दाजुभाई
बाइफाले भाउज्यूको कुरा पछि लागेर
भाईहरु लाई मार्न थाक्दैन आफ्नो दाजुभाई
एक्काइसौँ शताव्दीमा अहिलेसम्म छुवाछुत
भोज भतेर देवालीमा डाक्दैन आफ्नो दाजुभाई
कस्ता दाजुभाई होलान् जातभात छुटाएर भन्छ
एउटै चुल्होमा भात पाक्दैन आफ्नो दाजुभाई
भाउज्यूको धोतीभित्रको नामर्द ति दाजुहरुसँग
छुट्टिन्नै वेश सँगै बस्नु, फाप्दैन आफ्नो दाजुभाई ।।
जीवन
– प्रज्वल राज आचार्य, कक्षा –८ स्प्लेन्डिड् भ्याली ईङ्लिश स्कूल, साँखु पालुवारी
जीवनमा दुःखका क्षणहरु सम्झँदा आँखाबाट आँशु झर्दछ
जीवनमा सुखका क्षणहरु सम्झँदा ओठले मुस्कान छर्दछ ।
जीवनमा किन आँशु र हाँसोका क्षणहरु आइरहन्छ
समयले हामीलाई पर्खिँदैन समय त आफ्नै गतिमा दौडिरहन्छ ।
जीवन एउटा खेल हो, जुन सुख र दुःखमा बित्दछ
विद्यालय एउटा ठाउँ हो, जहाँ विद्यार्थीले धेरै कुरा सिक्दछ ।
जीवनमा हामीले आफ्नो कर्तव्य पूरा गर्दै जानुपर्छ
जीवनलाई हामीले आफैँ आदर्शमय बनाउँदै लानुपर्दछ ।
गजल
– इच्छाराम थापा “धड्कन” खुलालटार
आधी बाटो काँडा प¥यो आधी प¥यो फूल
के–के भयो के गरियो ठूलो भयो भूल
परेलीको आँशु खस्यो अधरमा सुक्यो
छातीभित्र हुरी चल्यो फुट्यो दुःखी मूल
प्रणयमा दिन ढल्यो रात प¥यो जब
ममतामा प्रश्न उठ्यो सपना भो धूल
दुइ दिने जिन्दगीमा जीजीविषा पाल्दै
दिपशिखा जलाएर तारिदिए पूल
वियोगले घाइते भै मुटु टुक्रा पर्दा
आफ्नै चिहान खनेर फर्की गए हुल ।।

Post a Comment

0 Comments