गजल

– मानन्धर “अभागी”, जोरपाटी, हाल साँखु सलम्बुटार
हाम्रो देश आजकाल किन होला अपमान छ
आज आफ्नै दाजुभाई विमती त्यो अडान छ
प्रमाणपत्र हातमा कोही छैन मेरो साथमा
जागिरको त्यो खोजीमा सधैँ सधैँ हैरान छ
हामी कहाँ काम छैन मन मात्र तयार छन्
खाडीलाई जरुरी परे नेपाली जवान छ
हाम्रो आफ्नो यो देशमा सरकार गलत छ
कागजमा मात्र लेख्यो जहाँ त्यो संविधान छ
समय त्यो लम्ब्याउने भित्रभित्रै चालबाजी
मेरो कुरा झुठ्ठा भए साक्षी भगवान छ ।।

Post a Comment

0 Comments