वनदेवीमा अन्तरविद्यालय हाजिरीवाफ

साँखु÷गत कार्तिक २८ गते बज्रयोगिनी ८ को वनदेवी निमाविमा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त हाजिरीजवाफ प्रतियोगितामा वनदेवी निमावि, उग्रतारा मावि, भुवनेश्वरी प्रावि, वैरमहादेव प्राविको सहभागिता रहेको थियो ।
प्रतियोगितामा वनदेवी निमावि प्रथम, भुवनेश्वरी प्रावि दोस्रो, उग्रतारा मावि तेस्रो तथा वैरमहादव प्रावि चौथो भएको थियो ।
कार्यक्रम रेष्टनेपालको सहयोगमा भएको हो । कार्यक्रममा रेष्ट नेपालका प्रतिनिधी इला पौडेल र प्रमुख अतिथि विद्यालय निरिक्षक योगेश्वर भट्टराईले सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन वनदेवी प्राविका विद्यार्थीहरुले गरेका थिए । कार्यक्रममा गीत गायन तथा कविता वाचन समेत गरि मनोरञ्जन गरिएको थियो ।

Post a Comment

0 Comments