साँखु÷नयाँ–नयाँ भ्रष्टहरूको देशमा बिगबिगी भइरहेका बेला र कुख्यात भ्रष्टहरूले उन्मुक्ति पाइरहेका बेला नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर भ्रष्टाचारकै अभियोगमा जेल सजाय भोग्न बाध्या बनाइएका छन् । उनीमाथिको अभियोगले नेपाली कांग्रेसको राजनीतिलाई कति प्रभावित तुल्याएको रहेछ भन्ने दृष्टान्त उनलाई थुनेर राखिएको डिल्लीबजार सदरखोरमा भइरहेका गतिविधिलाई नियाले मात्रै पनि पर्याप्त हुने देखिन्छ । डिल्लीबजार सदरखोरमा खड्कालाई भेट्ने पालो पाउन लाइनमा बस्नुपर्छ । दिनहुँजसो सरदर दुई सय मानिसहरू खुमबहादुर खड्कालाई भेट्न सदरखोर पुग्ने गरेको समाचारस्रोतले जनाएको छ ।
अहिले देशभरका नेपाली कांग्रेसका कार्यकर्ताहरू मेचीदेखि महाकालीबाट उनलाई भेट्न मात्र भनेर काठमाडौं आइरहेका पाइन्छन् । देश र पार्टी राजनीतिको सन्दर्भमा उनीप्रति निष्ठावान कार्यकर्ता अहिले के गर्नुपर्छ भन्ने निर्देशन लिन मात्र नेता खड्कालाई भेट्न लाइन लागिरहेका छन् । खड्कालाई भेट्न पुग्नेहरूमा उनलाई आफन्तहरू पनि त्यत्तिकै छन् ।
योभन्दा पनि आश्चर्यको कुरा के छ भने हिजो उनले गृह प्रशासन सम्हालिरहेका बेला उनको व्यवहारबाट प्रभावित प्रहरी र प्रशासनका अनेक कर्मचारीहरू अहिले सदरखोरमा आप्mनो सरुवाको माग गर्दै त्यहाँ पुग्न थालेका छन् । उनीहरूले त्यहाँ सुरुवा माग्नुको कारण नेता खड्काको सुरक्षामा कुनै कमी नरहोस् भन्ने हेतुले भएको मात्र नभएर उनलाई सेवा पु¥याउनमा केन्द्रित रहेको सं्रोतले जनधारणालाई जनाएको छ ।
खुमबहादुर खड्का जेलमा रहँदा पनि उनीप्रति निष्ठाभाव प्रदर्शित गर्ने, इमान जोगाइ राख्ने र माया, प्रेम तथा सद्भाव प्रकट गर्नेहरूको दिनहुँको ताँती देख्दा जेल जीवनबाट निस्किएपछि अरुहरूका विपरीत खुमबहादुर खड्का अझ बढी लोकप्रिय बन्न सक्ने अनुमान जो कसैले गर्न सक्ने अवस्था देखिने एक कांग्रेसी नेताले जनाएका छन् ।
0 Comments
Thanks for your concerns