राष्ट्रपतिद्वारा असफल दलहरुलाई पुरस्कृत गर्ने

साँखु÷राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपतिले मुुलुकको सत्ता सम्हाल्न असफल चारदलका नेताहरुलाई सहमतीय सरकार बनाउन आह्वान गरेर तिनै असफल दललाई पुरस्कृत गर्न खोजेको दावी गरेका छन् । उनले भने, संविधानसभा भंग गरेर मुलुकलाई संकटमा धकेल्ने ठूला चार दललाई मात्रै सहमतीय सरकार बनाउने जिम्मा दिनुले कतै राष्ट्रपतिले पनि चुनाव गराउन नचाहेका त होइनन् भन्ने प्रश्न उब्जिएको उहाँको कथन छ ।
राजधानीमा गत हप्ता रथयात्रा अगाडि आयोजित पत्रकार सम्मेलनमा थापाले चार दल असफल भैसकेको दावी गरे । उनका अनुसार चार दलभित्रैबाट प्रधानमन्त्री बनाइए आगामी वैशाखमा नयाँ निर्वाचन हुन नसक्ने दावी समेत गरे । पाँच वर्षसम्म सहमतीय सरकार बनाउन नसकेका चार दलले राष्ट्रपतिले दिएको समय सीमामा सरकार बनाएर वैशाखमा निर्वाचन गराउन सक्दैन । बरु उल्टै देशलाई ठूलो दुर्घटनामा पार्छन् थापाले भने, कांग्रेस एमालेले एमाओवादीको सरकार नस्वीकार्ने अनि एमाओवादीले कांग्रेस एमालेको सरकार नस्वीकार्ने भएकाले यस्तो अवस्थामा तटस्थ चुनावी सरकार गठन गर्नुको विकल्प नरहेको उहाँको तर्क थियो ।
ठूला चार दलको नेतृत्वमा बन्ने सरकारले गराउने निर्वाचन निष्पक्ष नहुने भएकाले बहालवाला वा पूर्वप्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेर नयाँ निर्वाचनमा जानु पर्ने तर्क उनले गरे । थापाले सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई सहमतीय सरकार बनाउन गरेको आह्वानलाई त्रुटीपूर्ण र विवादास्पद समेत भएको छ । उनको विचारमा लोकतन्त्रको नाममा प्रजातन्त्रको आवरणमा राष्ट्रपतिलाई उचालेर कांग्रेस एमालेले प्रजातन्त्रमाथि अधिनायकवाद लाद्न खोजेका छन् । उनीहरुले त्यस्तो कुचेष्टा गरे प्रजातन्त्र नै समाप्त हुन्छ । उनको टिप्पणी छ, त्यो उनीहरुका लागि नै आत्मघाती हुन्छ । साथै उहाँले आफूले हिन्दू राज्यको पक्षमा बोल्दा राजनीति ग¥यो भन्ने दलहरुलाई चेतावनी दिँदै भन्नुभयो– एकैरातमा हिन्दू राष्ट्रलाई धर्म निरपेक्ष भनि घोषणा गर्ने अनि आफूले हिन्दू राज्यको माग गर्दा राजनीति ग¥यो भन्ने भनि प्रतिप्रश्न समेत गरेका थिए ।

Post a Comment

0 Comments