प्रधानमन्त्रीको नीजि सचिवको करतुत


साँखु÷प्रधानमन्त्री डा. बावुराम भट्टराई पत्नी एवम् माओवादी नेतृ हिसिला यमीको आर्थिक अपराधका चर्तिकला सार्वजनिक भईरहेको छ । पैसा देख्दा महादेवको तीन नेत्र भनेझैं हिसिला पनि पैसाको लागि जे गर्न पनि तयार हुँदै आएकी छिन् । भनिन्छ, उनले पैसाको मामिलामा कांग्रेस नेतृ सुजाता कोइरालालाई समेत उछिनेकी छिन् ।
हिसिलालाई नै गुरु मान्दै डा. भट्टराईका अन्य किचेन क्याबिनेटका सदस्यहरु पनि कमाऊ अभियानमा जुटेका छन् । बाबुराम किचेन क्याबिनेटका प्रमुख मानिने विश्वद्वीप पाण्डे पनि मौकामा चौका किन नहान्ने भन्दै पैसा कमाउने अभियानमा लागेका छन् । तर उनले ठेक्कापट्टा दिलाएर होइन मानव व्यापार गरेर पैसा कमाउनेतर्फ केन्द्रित भएको समााचार सूत्रको दावी छ । डा. भट्टराईका निजी सचिव पाण्डेले बेरोजगार युवाहरुबाट पैसा उठाउँदै अमेरिका, युरोप, क्यानाडा, जापान पठाउने धन्दा शुरु गरेको बालुवाटार सूत्रले हामीलाई जानकारी गराएको छ ।
भावी दिनमा मौका आउला कि नआउला, समयमै पैसा कमाउनुपर्छ भन्दै विभिन्न खाले सेमिनार, गोष्ठी र सम्मेलनको नाममा उनले मान्छे विदेश पठाउने गरेका छन् । प्रधानमन्त्री कार्यालयको लेटरप्याड प्रयोग गरेर उनले नेपलास्थित राजदुतावासलाई भिसाका लागि आग्रह गर्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयको लेटरप्याड प्रयोग गर्दा सहजै भिसा पाइने भएकोले पाण्डेले पैसाको लागि प्रधानमन्त्री कार्यालयको लेटेरप्याडको दुरुपयोग गरिरहेको बताइन्छ । यसरी प्रधानमन्त्रीको नाममा मानव व्यापार गर्ने पाण्डेको पछि मानव तस्करको ठूलै गिरोह रहेको बुझिएको छ ।

Post a Comment

0 Comments