नेपाली काँगे्रस सुन्टोलको सम्मान कार्यक्रम


साँखु÷गत असार ३० गते शनिबारका दिन विश्वम्भराको नारायण प्राथमिक विद्यालय प्राङ्गणमा भएको नेपाली काँगे्रस सुन्टोल इकाईको क्रियाशील सदस्यता वितरण एवं सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाली काँगे्रसका केन्द्रिय सदस्य आमोदप्रसाद उपाध्यायले राजधानी नजिक रहेर पनि विश्वम्भरा गाउँको विकास तिब्र रुपमा हुन नसकेको तर्फ आफ्नो ध्यान गएको बताउँदै आफुले उक्त ठाउँको विकासको लागि सक्दो सहयोग गर्ने वचनवद्धता प्रकट गर्नुभएको थियो ।
सो कार्यक्रममा ६३ जना स्थानीय व्यक्तिहरु नेपाली काँगे्रसमा प्रवेश गरेका थिए । कार्यक्रममा नेपाली काँगे्रस क्षेत्र नं. २ का महासमिति सदस्य दिपकप्रसाद कुइँकेलले नव प्रवेशीहरुलाई स्वागत गर्दै पालुवारी विश्वम्भराको विकास कार्यकोल ागि नेपाली काँगे्रसले पहल गर्ने बताउँदै प्रजातान्त्रिक पार्टी भएकोले नेपाली काँगे्रसले मात्रै मुलुकको सर्वाङ्गिण विकास गर्न सक्ने बताएका थिए ।
कार्यक्रममा क्षेत्र नं. २ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, कार्यक्रम संयोजक दिपक दुलाल,  विदुर केसी, रामशरण ढुंगाना, शंकर थापा लगायतकाले आ–आफ्नो विचार प्रकट गरेका थिए ।
सो कार्यक्रमको सञ्चालन शंकर तिवारीले गरेका थिए भने कार्यक्रमको सभापतित्व सुन्टोल इकाई सभापति शुक्रराज श्रेष्ठले गरेका थिए । कार्यक्रममा नेपाली काँगे्रसका पूर्व उप–सभापति एवं सक्रिय कार्यकर्ता स्व. रामकुमार थापालाई जीवनभर नेपाली काँगे्रसको संगठन सुदृढीकरणमा योगदान गरेवापत सम्मान गरिएको थियो भने पुराना काँगे्रसी कार्यकर्ता मदन बहादुर केसीलाई समेत हौसला प्रदान गर्न सम्मान गरिएको थियो ।

Post a Comment

0 Comments