पूर्व प्रधानपञ्च रामबहादुर श्रेष्ठ रहेनन्


१४ असोज २०७९, शुक्रवार

लावण्य÷साँखु । पूर्व प्रधानपञ्च रामबहादुर श्रेष्ठको २०७९ साल असोज १३ गते बिहीवार राति ९ बजेर १८ मिनेट हुँदा निधन भएको छ ।

स्व. श्रेष्ठका ४ सुपुत्र र २ सुपुत्री थिए । उहाँका जेष्ठ सुपुत्र हरि श्रेष्ठको २०३६ साल काण्डमा हत्या भएको थियो भने माईलो सुपुत्र राजेन्द्र श्रेष्ठ करीब ३० वर्ष अघि बित्नुभएको थियो ।

उहाँको पार्थिव शरीरमा उहाँका साइँला सुपुत्र विनोद श्रेष्ठले दागवत्ति दिनुभएको थियो । उहाँका कान्छा सुपुत्र नविन श्रेष्ठ हुनुुहुन्छ । उहाँका दुई सुपुत्रीहरु सुभद्रा श्रेष्ठ र कल्पना श्रेष्ठ थिए । उहाँको दाहसंस्कार साँखुको पापमुक्ति स्मशानमा गरिएको थियो ।

उहाँ २०४२ साल अघिसम्म प्रधानपञ्च हुनुहुन्थ्यो । २०४२ साल पछि किसान संगठनको काठमाडौँ जिल्ला सभापति हुनुहुन्थ्यो भने २०४६ सालको परिवर्तन पश्चात नेपाली काँगे्रसमा सक्रिय हुनुभएको थियो । उहाँ नेपाली काँगे्रसको सुन्टोल गाविस इकाई कमिटीको दुई कार्यकालसम्म सभापति समेत हुनुभएको थियो ।


Post a Comment

0 Comments