जापानी पूर्व प्रधानमन्त्री सिन्जो आवेको निधन



सबैभन्दा लामो समय जापानको प्रधानमन्त्री बनेका नेताको अवसान, को हुन् आबे ?

जो विदेश नीतिमा “बाज” र अर्थनीतिमा “अवेनोमिक्स”ले प्रख्यात थिए

२०७९ असार २४ गते

लावण्य/साँखु । टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा बिहीबार उनको हत्या भएको हो ।

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका आबे बाजजस्तो आक्रामक विदेश नीति र विशेष आर्थिक रणनीतिका लागि परिचित थिए, जुन ‘अवेनोमिक्स’को नामले लोकप्रिय छ ।

धेरै विवरणकाअनुसार एक कट्टर राष्ट्रवादी, ६७ वर्षीय आबेले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)लाई दुईपटक जित्दै नेतृत्व गरे ।

प्रधानमन्त्रीको रूपमा उनको पहिलो कार्यकाल छोटो थियो । सन् २००६ मा सुरु भई एक वर्ष भन्दा बढी टिक्यो र विवादास्पद रह्यो । तर, सन् २०१२ मा उनले  आश्चर्यजनक रूपमा राजनीतिक पुनरागमन गरे र स्वास्थ्यको कारणले राजीनामा दिनुअघि सन् २०२० सम्म लामो समय सत्तामा रहे ।

उनले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दा जापानले आर्थिक मन्दी व्यहोरिरहेको थियो । मौद्रिक सहजता, वित्तीय प्रोत्साहन र संरचनात्मक सुधारहरूमा निर्मित विकासले कमजोर अर्थतन्त्रलाई लयमा फर्काउन मद्दत गर्ने उनको आर्थिक नीतिलाई श्रेय जान्छ ।

सन् २०११ मा तोहोकुमा ठूलो भूकम्प र सुनामीबाट भएको जापानको पुनर्भरण पनि उनले देखे । जसले लगभग २० हजार मानिसहरूको ज्यान लिएको थियो भने फुकुसिमामा आणविक रिएक्टरहरू पगालेको थियो ।

कयौँ हप्तापछि उनले सन् २०२० मा अल्सरेटिभ कोलाइटिस रोगको कारण देखाउँदै राजीनामा दिएका थिए । उनले आन्द्राको रोगले सन् २००७ मा पनि राजीनामा दिएका थिए । उनको उत्तराधिकारीको रूपमा पार्टीको नजिकका सहयोगी योशिहिदे सुगा प्रधानमन्त्री बने । तर पनि आबेलाई जापानी राजनीतिमा एक शक्तिशाली व्यक्तित्वको रूपमा हेरिएको थियो ।

सत्तामा सवारी

पूर्व विदेशमन्त्री शिन्तारो आबेका छोरा र पूर्व प्रधानमन्त्री नोबुसुके किशीका नातिको रूपमा आबे राजनीतिक शाही परिवारका थिए ।

उनी पहिलो पटक सन् १९९३ मा संसदमा निर्वाचित भएका थिए र २००५ मा उनी क्याबिनेट सदस्य बने । तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइजुमीले उनलाई मुख्य क्याबिनेट सचिवको हाई प्रोफाइल भूमिकामा नियुक्त गरेका थिए ।

हेर्दाहेर्दै आबेको सत्तामा उदय सहज तरिकाले भयो । सन् २००६ मा युद्धपछि जापानमा सबैभन्दा कम उमेरमा उनी प्रधानमन्त्री बने । घोटालाहरूको श्रृङ्खला जसमा सरकारको निवृत्तिभरण दस्तावेजहरू हराए । त्यसको प्रभाव करिब ५० मिलियन नागरिकमा परेको थियो । उक्त घटनाले उनको सरकारलाई टिक्न कठिन भएको थियो ।

जुलाई २००७ मा माथिल्लो सदनको चुनावमा एलडीपीको लागि ठूलो घाटा भयो र त्यही वर्षको सेप्टेम्बरमा स्वास्थ्यमा असर भएपछि उनले राजीनामा दिए । तर २०१२ मा आबे प्रधानमन्त्रीको रूपमा फर्किए र उक्त रोगलाई जितेको बताए । सन्  २०१४ र २०१७ मा पुनः निर्वाचित भई उनले जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्ने मौका पाए ।

उनको लोकप्रियतामा उतारचढाव आयो । तर, पार्टीमा उनी प्रभावशाली व्यक्तित्व भएकाले कसैले चुनौती दिन सकेनन् । पार्टीको नेताको रूपमा तेस्रो कार्यकाल काम गर्न उनको लागि पार्टीले नियमहरू समेत परिमार्जन गरेको थियो ।

एक विवादास्पद राष्ट्रवादी 

आबे रक्षा र विदेश नीतिमा बाजजस्तो आक्रामक शैलीको अडानका लागि परिचित थिए ।

उनले लामो समयदेखि दोस्रो विश्व युद्धपछिको जापानको अहिंसावादी संविधान संशोधन गर्न खोज्दै आएका थिए । जापानका कट्टरवादीहरूले त्यहाँको संविधानलाई अमेरिकाले बनाएको र दोस्रो विश्वयुद्धमा जापानी सेनाको अपमानजनक पराजयको सम्झनाको रूपमा हेर्ने गरेको बीबीसीको टिप्पणी छ ।

आबेको राष्ट्रवादी विचारहरूले प्रायः चीन र दक्षिण कोरियासँग तनाव बढाएको छ । विशेषगरी सन् २०१३ मा टोकियोको यासुकुनी तीर्थस्थलको भ्रमणपछि विवाद बढेको थियो । उक्त क्षेत्र दोस्रो विश्वयुद्धअघि र युद्धको समयमा जापानको सैन्यवादसँग जोडिएको विवादास्पद क्षेत्र हो । आबेको उक्त क्षेत्रमा बारम्बार भ्रमणले जापानका वामपन्थी गुटहरूलाई पनि चिढाएको थियो । उनीहरूले यसलाई आबेले युद्धको समयमा जापानले गरेको क्रुुरतालाई सफेद बनाउने प्रयासको रूपमा हेरेका थिए ।

सन् २०१५ मा उनले सामूहिक आत्मरक्षाको अधिकारको लागि जोड दिए । जसले जापानलाई आफ्नो र आक्रमणमा परेका सहयोगीहरूको रक्षा गर्न विदेशमा सेना परिचालन गर्न सक्षम बनायो । जापानका छिमेकी र जापानी जनताको विरोधको बाबजुद पनि जापानको संसदले उक्त विवादास्पद परिवर्तनलाई अनुमोदन ग¥यो ।

जापानको सेनालाई औपचारिक रूपमा मान्यता दिन संविधान संशोधन गर्ने उनको ठूलो लक्ष्य भने पूरा हुन सकेको छैन र उक्त कुरा देशमा विभाजनकारी विषय बनेको छ । उनको कार्यकालमा जापानले उत्तरी क्षेत्रहरू भनेर चिनाउने कुरालाई पनि सुरक्षित गर्न सकेन । होक्काइडोको उत्तरी प्रान्तबाट विवादित टापुहरूको श्रृंखला हो, जुन जापान र रूस दुवैले दाबी गरेका छन् ।

अर्थतन्त्र र कोभिड–१९ लाई सम्बोधन 

आबेको हस्ताक्षर आर्थिक नीति ‘अवेनोमिक्स’ को रूपमा चिनिन्छ । जसले उनको पहिलो कार्यकालमा आर्थिक वृद्धि फर्काउन सहयोग पु¥याएको थियो ।

उक्त नीतिमा नकारात्मक छोटो अवधिको ब्याजदरहरू समावेश थिए । जसले उपभोक्ताहरू र कम्पनीहरूलाई पैसा उधारो र खर्च गर्न सस्तो बनायो । पूर्वाधारमा सरकारी खर्च बढ्यो । थप वित्तीय प्रोत्साहनहरू जस्तै कर छुटहरू र सुधारहरूमा महिलाहरूलाई कार्यालयमा थप्ने र श्रमको दबाब कम गर्न आप्रवासीहरू थप्ने योजना सहज बनायो ।

तर, सन् २०२० को वसन्त ऋतुमा देश पुनः मन्दीमा जाँदा आबेको प्रयासले ठूलो चुनौती सामना गर्नुप¥यो । यी र यस्ता अन्य ढिलासुस्तीले उनको दृष्टिकोणको प्रभावकारितामा प्रश्न उठेको थियो ।

आबेको लोकप्रियता कोभिड–१९ महामारीको कारणले थप प्रभावित भयो । आलोचकहरू विश्वास गर्छन् कि घरेलु पर्यटनलाई बढावा दिने उनको अभियानले कोरोना संक्रमणको योगदानलाई बढवा दियो । उनका अन्य वाचाहरू जस्तै कार्यालयमा महिला सशक्तिकरण, नातावादको अन्त्य र अस्वस्थकर कार्य संस्कृति परिवर्तन अधुरै रह्यो । अन्तर्राष्ट्रिय रूपमा ट्रान्स–प्यासिफिक पार्टनरसिप, ११ देशहरू बीचको एक विशाल व्यापार सम्झौताको श्रेय भने उनलाई जान्छ ।

राजीनामा र मृत्यु

आबेले पार्टीको उत्तराधिकारीको नाम दिन अस्वीकार गरेपछि अगस्ट २८ मा राजीनामा गर्नुप¥यो । त्यसले एलडीपी पार्टीमा गुटहरू बीचको आन्तरिक संघर्ष निम्त्यायो । अन्ततः योशिहिदे सुगा, एक अनुभवी राजनीतिज्ञ र लामो समयसम्म मन्त्रिपरिषद्का सदस्य उनको उत्तराधिकारी भए ।

तर, सुगालाई वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले प्रतिस्थापन गरेपछि पनि आबेले जापानको घरेलु राजनीतिमा आफ्नो नियन्त्रण कायमै राखे । 

जुलाई ८ मा आबे जापानको माथिल्लो सदनका लागि उमेदवारको नाममा प्रचार गर्दै दक्षिणी सहर नारामा थिए । एक बन्दुकधारीले गोली हानेको बेला उनी भाषण दिइरहेका थिए ।

जापानको नौसेनाको बराबर मानिने एक ४१ वर्षीय सेल्फ डिफेन्स फोर्सको पूर्व सदस्यले आबेलाई गोली हानेका हुन् ।

अस्पताल पु¥याउँदासम्म आबे होशमा थिए । तर, उनको चोटका कारण मृत्यु भयो । बीबीसीबाट

Post a Comment

0 Comments