नगर प्रमुखद्वारा बाढीले क्षति पु-याएको साँखु–चाँगु जोड्ने बेलिब्रिजको निरीक्षण



शंखरापुर नगरप्रमुख नापितले साँखु–चाँगु जोड्ने बेली ब्रीजको निरीक्षण गर्दै जोखिम नियन्त्रण गर्न निर्देशन दिए ।

नया पोस्टबाट

२०७९ असार २० गते

लावण्य/साँखु । असार १९ गतेको बाढीले क्षति पु¥याएको साँखु – चाँगु जोड्ने वेली बिज्रको शंखरापुरका मेयर रमेश नापितले निरीक्षण गरेका छन् ।

आइतबारको भारी बर्षापछि शालिनदीमा आएको बाढीले शंखरापुर वडा नंबर ६ को सिमाना पर्ने सितातिर्थ घाटछेउको सो पुलमा क्षति पुगेको हो । पुल निरीक्षणमा मेयरसँगै राप्रपाका क्षेत्रिय अध्यक्ष राजु विष्ट र नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।

सोमबार नगरप्रमुख रमेश नापित सहितको टोलीले स्थलगत रुपमा क्षति पुगेको पुलको निरीक्षण गरेका हुन् ।

स्थानीयले आईतबार नै सामाजिक सञ्जालमा सो पूल बगाउन लागेको भिडियो अपलोड गरिएको थियो । 

आइतबारको बाढीले साँखु चाँगुनारायण जोड्ने पुलका साथै त्यस वरपरका खेतहरूको पनि कटान गरेको छ । बाढीका कारण पुलको एकातर्फको पिलरमा बढी क्षति पु¥याएको छ भने पुलबाट यात्रा गर्न जोखिम बनेको छ ।

बाढीले क्षति पु¥याएको पुल तथा कटान गरेको खेतहरुको स्थलगत निरीक्षण पछि नगरप्रमुख नापितले प्राबिधिक र निर्माण ब्यवसायीलाई सो पुललाई थप भासिनबाट जोगाउन के के उपाय गर्न सकिन्छ तत्काल समाधान हुनेगरी काम गर्न निर्देशन दिएका छन् । द्रुत गतिमा काम गरेर सर्वसाधारणले छिटै पुलबाट खोला तर्ने अवस्था निर्माण गर्न उहाँको निर्देशन थियो ।

बर्षायाममा बाढी आइरहने भएकोले पुललाई थप क्षति हुनबाट बचाउन तत्काल काम सुरु गर्न निर्देशन दिइएको हो ।

यसअघि नगरपालिकाको तर्फबाट शंखरापुरको बागधारा र नाङ्लेमा सडक भासिएको स्थानको स्थलगत निरक्षण गर्दै तत्काल मर्मतको काम गर्न सडक डिभिजन कार्यालय काठमाडौंलाई पत्राचार गरिएको थियो ।

Post a Comment

1 Comments

  1. AnonymousJuly 04, 2022

    Hamro worda 6 ‘ma ni aabalokan garnu paryo Dalit basti nai pahirole Lana lagi sakyou Kati lai vaneko kehi harena hooooooo

    ReplyDelete

Thanks for your concerns