जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघद्वारा २०७७ माघ महिनाको आम्दानी खर्चको विवरण सार्वजनिक



लावण्य/साँखु । श्री जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघ साँखुले यस वष २०७७ साल माघ महिनाको आम्दानी खर्चको हिसाब किताब यही फाल्गुन ७ गत बसेको बैठकले पारित गर्दै सार्वजनिक गरेको छ ।

जस अनुसार श्री स्वस्थानी माताको मूर्तिमा चढाइएको भेटी रु. १२ लाख ३४ हजार रुपैयाँ, १,२ रुपैयाँको खुद्रा पैसा साटेको रु. २७ हजार ४० रुपैयाँ र चन्दा रसिदबाट प्राप्त आम्दानी रु. २८ लाख ४५ हजार ९ सय ३५ रुपैयाँ आम्दानी देखिएको छ ।

संस्थाले खर्च तर्फ माघ मेलामा स्वयं सेवाक खर्च, भान्छा सञ्चालन र गाईपालन समेत गरे रु. ५ लाख ६३ हजार २ सय २५ रुपैयाँ देखाएको छ भने माघ महिनामा भौतिक संरचनामा गरिएको खर्च रु.  १ लाख ३४ हजार ७ सय ५० रहेको जनाइएको छ । संस्थाले जनाए अनुसार रु. ३४ लाख ९ हजार रुपैयाँ बचत जलजला सहकारीमा जम्मा गरिएको सार्वजनिक गरेको छ ।

Post a Comment

1 Comments

Thanks for your concerns