अधिवक्ता–रबि कुमार सिल्वाल
“सामाजिक अभियन्ता” वा “समाजसेवी” यी शव्दावलिहरु आजकल निकै नै दुरुपयोग भएको पाइन्छ। खास गरि समाजिक सन्जालको बढ्दो पहुचले गर्दा पनि फेस्बूकमा पोस्टिने गरेका तश्विरहरुले मान्छेलाई सामाजिक अभियन्ता भएको आत्मरतिमा रमाउने प्रशस्त मौका दिएको छ। हो, हामी सबैले कुनै न कुनै रुपले समाजमा आफुले सकेको योगदान दिनै पर्दछ र हामी मध्य धेरैले केही न केही राम्रो कार्यको लागि अग्रसर भएका पनि हुन सक्छौ, यस्को मतलब हामिले आफुलाइ सामाजिक अभियन्ता वा समाजसेवी भैसकेको महशुस गर्नु वा समाजिक अभियन्ताको आलंकारिक पदविमा नाक फुलाउन खोज्नु ती सबै वास्तविक समाजसेवी र सामाजिक अभियन्ताहरुको योगदानप्रती अन्याय हुने छ। समाजमा केही मानिसहरु छन जो स्थानिय नेताहरुको चाकडिमा उदयचल देखि अस्तायचल सम्म पुच्छर बनेर लागेका देखिन्छ। अवान्छित रुपले कतिपय अनाधिकृत उपस्थिती देखाएर कार्यक्रमको मूल धेय नबुझी २,४, सेल्फी सस्तो मोबाइलमा कैद गरिहाल्छ्न, त्यसै गरि जनताको रगतपसिनाबाट जम्मा गरेको करबाट निर्माणाधिन मठ मन्दिर, पाटी पौवा, कुलो, बाटो आदिको निरिक्षणको नाममा जनप्रतिनिधि, ठेकेदार वा उपभोक्ता समितिका मान्छेहरुसङ्ग उपस्थित भै दुई चार सेल्फी मोबाइलमा कैद गरिहाल्छ्न। खास गरि यस्ता व्यक्तिहरु पर्दापछाडी ठुलै स्वार्थमा लागेका हुन्छ्न। कसैको भावि राजनितिमा जनताको अगाडि प्रचारित हुने इच्छा रहेको हुन्छ भने केही व्यक्तिहरु स्थानिय स्तरमा बिनियोजित बिकास बजेटबाट आफै उपभोक्ता समितिको जिम्मेवारी लिएर केही फाइदा हासिल गर्ने तर्फ उद्दत रहेका हुन्छ्न। वर्तमान परिस्थितिमा बिकास निर्माणमा उपभोक्ता समिती नाम मात्रको हुने गरेको पाइन्छ। खास गरि उपभोक्ता समितिको उपादयता अनुसार योजना कार्यन्वयन भएको हुदैन र जनश्रमदान भन्ने कुरा पनि सजिलै मिल्दैन। अत: हरेक वडाको योजना अनुरुपका निर्माण कार्यको लागि जनप्रतिनिधीसमेतको मिलोमतोमा केही कार्यकर्ताहरुले कुनै न कुनै ठेकेदारहरु समातेर राखिएको हुन्छ जस्ले निस्चित समयमा कार्यसम्पन्न गरिदिन्छ। काम दिदा नै उसङ्ग केही शर्तहरु लागू गरिएका हुन्छ्न जस्तै १० प्रतिसत सम्मको कमिशन, स्थानियहरुको बिरोध नहुने किसिमले कार्य गर्नु पर्ने, कमिशनको गोप्यता कायम राख्नु पर्ने आदि। फलस्वरुप गुणस्तरको कुनै ग्यारेन्टी हुदैन। प्राबिधिक मुल्यान्कन जसो तसो मिलेकै देखिन्छ। हो यस्तै यस्तै निहित स्वार्थ बोकेका मानिसहरु स्थानिय क्षेत्रमा समाजिक सेवामा लागेको भ्रम छरिरहेका हुन्छन र फेसबूकमा निर्लज्ज फोटोहरु बरम्बार पोस्ट्याएर सर्व साधारणको वाह वाह ग्रहण गर्ने अभिलाषा पूरा गरिरहेका हुन्छ्न। त्यसैगरी केही मानिसहरु छन जो स्थानिय क्षेत्रमा विगतका दिनहरुमा जन प्रतिनिधिहरुकै छत्र छायामा अवैध व्यवसायमा सम्लग्न भएर समाजमा एउटा छुट्टै निकृस्ट नाममा चर्चितहरु, जो हिजो पनि स्थानिय नेताहरुकै सम्रक्षणमा थिए र आजपनि। यी व्यक्तिहरु कुनै दल विसेसका कहिले हुदैनन, यिनिहरु निर्वाचनको समयमा सबै नेताहरु सङ्ग समभाव राख्छ्न, आफ्नो हैसियत अनुसारको चुनाबी खर्च पनि नेताहरुलाइ प्रदान गर्छ्न। तर निर्वाचनमा जुन सुकै दलको प्रतिनिधिहरुले जितेपमी यिनिहरी ती प्रतिनिधिहरुका प्रीय पात्र हुने गर्छ्न जस्लाइ हामी प्राय नेताहरुकै साथमा देख्ने गर्छौ। कहिले काहीँ यी व्यक्तिहरु समाज सेवाको नाममा एक डेढ लाख देखिने गरि नै समाज सेवाको नाममा प्रदान गर्छ्न र कुनै समारोहमा तिनै नेताहरुबाट ढाकाको खादामा सम्मानित हुन्छ्न। अनि समाजिक सन्जालमा तस्विर को साथमा त्यही शब्द लेखेर पोस्टिन्छ कि ” सामाजिक अभियन्ता…………..”। यी तस्विरहरुले नबुझ्ने हरुको लागि त वाह क्या वात! भन्ने कमेन्ट बर्सिन्छ भने समाज बुझ्ने हामी जतिको जागरुक व्यक्तिहरुमा एक चटक वा ढोङ्गको हासो प्रस्फुटित भैरहेको हुन्छ। कोहि यस्ता प्रवृत्ती पनि स्थानिय स्तरमा देखिन्छ्न कि जो सुरक्षा निकाय सङ्ग बढी नजिक भएको देखिन चाहन्छ्न, ती प्राय कुनै न कुनै राजनितिक दल आवद्व र राज्नितिक कार्यकर्ताको निस्च्चित पदिय जिम्मेवारिमा रहेका हुन्छ्न। कुनै न कुनै तरिकाले ती व्यक्तिहरु जनताले नरुचाएको, कानुनको केही हागाबाट बैध र केही कानूनी धारबाट अबैध देखिने व्यवसायमा लागेका हुन्छ्न जस्को कमाइ र कमाएको ईतिहास समेत समाजमा जग जाहेर हुन्छ, हो ती व्यक्तिहरु प्रतक्ष वा अप्रत्यक्ष रुपमा सुरक्षा निकाएका जिम्मेवार रास्ट्रसेवकहरुको कार्यसम्पादनमा प्राय कठिन व्यक्तिको रुपमा उभिएका हुन्छ्न। ती व्यक्तिहरुको महत्वाकांक्षी राजनितिक स्वार्थ रहेकै हुन्छ र समय समयमा आफ्ना केही आम्दानिलाइ समाजसेवा भन्दै देखाउने प्रचारात्मक अवसर सदुपयोग गरिहाल्छ्न। यिनै व्यक्तिहरु जो सधैजसो मदिरा लगाएयतका नशामा हरेक साझ आफ्नो यथार्त चरित्रको प्रतिबिम्ब भट्तिहरुमा प्रस्फुटन गरिरहेका हुन्छ्न। यिनै समाज सेविहरु जस्लाइ बाल्यकालमा पढ्न लेख्न अभिभावकहरुले धेरै पहल गरे तर पढाइमा यिन्को ध्यान कहिले लागेन। सधारण लेखपढ मात्र भएका यी व्यक्तिहरु समाजमा पढेलेखेका व्यक्तिहरु भन्दा धेरै चतुर छ्न। अझ चतुर भन्दा पनि धुर्त्याइमा अब्बल छन। रातारात कमाउने पेशामा यिनिहरुको दिमागले विध्यावारिधी गरेको भान मलाइ पनि हुने गर्छ। अन्त्यमा मेरो नजरमा यी सबै प्रकारका व्यक्तिहरुलाइ सामाजिक अभियन्ता वा समाज सेवि भनेर बुझ्नेहरु अबोध हुन, यी ढोङ्गी हुन र समाजको लागि दुरगामी रुपले धमिरा हुन। त्यसैले म यो निस्कर्शमा पुगे कि हामिले “सामाजिक अभियन्ता र समाजसेवी” भन्ने परिभाषाको व्यापक दुरुपयोग भएको छ। मैले धेरै समाजसेविहरु देखेको छु जो समाजले सधै रुचाए, जस्लाइअ सधै समाजले हरेक कार्यमा सम्मान दियो, ती समाजसेविहरुले आफ्नो चोखो कमाइ र अमुल्य समय समाजको लागि खन्याय। कति मेरो आखामा छ्न जस्ले चौतारा बनायो पाटी पौवा मठमन्दिर बनायो, कति त्यस्ता व्यक्तित्वहरु छ्न जस्ले आफ्नो करोडौको जग्गा स्कूलको लागि दियो आफ्नो कमाइले तर समाजमा चर्चा गरेन र कतिले दिन दुखिलाइ सेवा गरे र गर्दैछ्न, कति त्यस्त कति त्यस्ता व्यक्तित्वहरु छ्न जो समाजमा हुमे सबै बिबादहरुलाइ साम्य बनाउदै भाइचारा कायम गर्दैछ्न। त्यस्ता व्यक्तिहरु कहिले आफ्नो चर्चा खोज्दैनन र आफ्नो मपाइत्वको वर्णन समेत गर्दैनन। ती वास्तविक र साचो समाजसेविहरुलाइ आज हामी नजर अन्दाज गर्दै ढोङ्गी र निहित स्वार्थको लागि सधै पैसा पैसा भन्दै नेतृत्व र रास्ट्रसेवक कर्मचारिहरुलाइ समेत भ्रस्टाचार गर्न अनुचित प्रभाव पार्नेहरुलाइ सामाजिक अभियन्ता वा समाजसेवि भन्दै वाहवाही गर्छौ भने हामिले वास्तविक समाजसेविहरु प्रती अन्याय गरेको ठहर्छ। सामाजिक सन्जालबाट सर्वसाधारण सिधा सोझा जनतालाइ भ्रममा पारेर भविस्यमा यिनै व्यक्तिहरु जनताका प्रतिनिधि बनेर चरम लुटको धन्दामा लाग्नेछ्न। के हामी सचेत हुने बेला आइसकेको छैन र?? २१ औ सताब्दिमा दौडिरहेको हाम्रो अग्रगामी सोचले समयमा नै व्यक्तिको नियत र कर्महरुको अध्ययन गर्न सकेन भने हामी सदियौ सम्म पछौटे हुने छौ, ढोङ्गिहरुको तारिफ गर्दै समाजलाइ जङ्गली युग र मत्स्य न्यायतिर धकेल्न मद्दत गर्नेछौ। त्यसैले कृपया पवित्र शब्दहरुको ताज योग्य र सत्य मानिसहरुलाइ मात्र पहिराउने कार्य गरौ।।
1 Comments
लेख धेरै राम्रो छ। हामीले केही नलेखि यतिक्कै बस्ने भएकोले नै सामाजिक अभियन्ता वा समाजसेवीको मकुण्डो धेरैले निर्लज्ज भई धारण गर्न सकेका। अरु पनि यस्तो लेखको आशा पलाएको छ है।
ReplyDeleteThanks for your concerns