स्वास्थ्यमन्त्री भानुभक्त ढकालद्वारा अस्पताल निरीक्षण





लावण्य÷साँखु । यही फाल्गुण १४ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सुष्मा कोईराला मेमोरीयल अस्पतालको निरिक्षण गर्नुभएको छ ।

उहाँलाई अस्पतालमा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, अस्पतालका निर्देशक डा. सन्तोष भण्डारी र कर्मचारीहरूले स्वागत गरेका थिए । सो अवसरमा अस्पतालका निर्देशक डा. सन्तोष भण्डारीले मन्त्री ढकाललाई अस्पतालले प्रदान गर्दै आएका सेवाहरू र समस्याहरू बारे जानकारी गराउनुभएको थियो ।
अस्पतालका निर्देशक डा. सन्तोष भण्डारीका अनुसार उक्त अस्पताल ईन्टर प्लास्ट जर्मनी फाउन्डेशनको सहयोगमा करीब २३ बर्ष देखि सञ्चालनमा छ ।

दाताले बिस्तारै सहयोग कटौती गर्दै आएको हुँदा भविष्यमा स्थानीय सरकार वा संघीय सरकारको सहयोगमा संचालन गर्नपर्ने र उक्त कार्यको लागि १० करोड खर्च लाग्ने डा. सन्तोष भण्डारीले बताउनुभयो । हाल अस्पतालले आगोले पोलेका बिरामीहरूको विशेष उपचार गर्दै आएको छ भने दाँत, आँखा लगायत साधारण चिकित्सा सेवा प्रदान गर्दै आएको छ ।
सो अवसरमा मन्त्री ढकालले जनतालाई सेवा दिने सरकारको प्रमुख दायित्व भएकोले स्थानीय सरकार सँग समन्वयन गरी के कस्तो सहयोग गर्नु पर्ने हो, सहयोग गर्न आफु तयार रहेको बताउनु भयो । सरकारले संचालन गरेको स्वास्थ्य बिमा कार्यक्रम यस अस्पतालमा पनि लागू गर्न आवस्यक प्रकृया अगाडि बढाउन भन्नुभयो ।
भोलिका दिनमा नगरपालिकाले संचालन गर्नु परेपनि तयार रहेको बताउदै शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । उहाँले अस्पताललाई नगरपालिकाको तर्फबाट आवस्यक सहयोग गरिने बताउनुभयो ।

Post a Comment

1 Comments

  1. If you're trying to burn fat then you absolutely need to start following this brand new personalized keto meal plan diet.

    To create this keto diet, certified nutritionists, fitness trainers, and cooks have united to develop keto meal plans that are productive, convenient, cost-efficient, and delightful.

    From their grand opening in January 2019, hundreds of individuals have already remodeled their figure and health with the benefits a professional keto meal plan diet can give.

    Speaking of benefits: clicking this link, you'll discover 8 scientifically-confirmed ones given by the keto meal plan diet.

    ReplyDelete

Thanks for your concerns