शंखरापुर नगरपालिकालाई साँस्कृतिक ग्राम घोषणा गराउन आग्रह


लावण्य÷साँखु । यही माघ ७ गते बसेको साँस्कृतिक ग्राम अभियानकर्ताहरुको बैठकले शंखरापुर नगरपालिकाको कार्यपालिकालाई सम्बोधन गर्दै शंखरापुर नगरपालिकालाई साँस्कृतिक ग्राम बनाउनको लागि पहलकदमी लिन आग्रह गरेको छ ।
सो सम्बन्धी जानकारी शंखरापुर नगरपालिकालाई दिईसकेको छ । निकट भविष्यमै नगरपालिकाको बोर्ड बैठक एवं कार्यपालिकाको बैठकबाट निर्णय गराउने आश्वासन मेयर सुवर्ण श्रेष्ठले दिनुभएको छ ।
सो प्रस्ताव नगरपालिकाबाट पारित भएपछि संस्कृति तथा पर्यटन मन्त्रालय मार्फत् आगामी वर्षको नीति तथा कार्यक्रममा शंखरापुर साँस्कृतिक ग्राम घोषणा गराउन पहल गर्दै जाने निर्णय समेत सो बैठकले गरेको थियो।
बैठकको अध्यक्षता अभियन्ता लक्ष्मण शेषले गर्नुभएको थियो भने बैठकमा काठमाडौँ क्षेत्र नं. २ प्रदेश नं. ख का प्रदेशसभा सदस्य मणिराम फुयाल, शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, शिक्षा शाखा प्रमुख बौद्धराज निरौला लगायत लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
साँस्कृतिक ग्राम बनाउने पहलकदमीको लागि आवश्यक डकुमेन्टेसन तयार गर्नकोलागि शिक्षा शाखा प्रमुख बौद्धराज निरौला को नेतृत्वमा एक प्राविधिक समिति बनाएर सम्भाव्यता अध्ययन गर्ने र अध्ययन प्रतिवेदन नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय समेत सो बैठकले गरेको छ ।
साँस्कृतिक ग्राम घोषणा गराउने अभियानका लागि लक्ष्मण शेष नेतृत्वको टोलीले कलाकार, संस्कृतिविद्हरुको टोली लिएर आवश्यक सबै स्थानहरुमा पहल गर्ने जानकारी सो बैठकमा गराईएको थियो ।
कला सांस्कृतिक ग्राम नेपाल शंखरापुरको अभियानको नेतृत्वमा लक्ष्मण शेष, शंकर प्रसाद दुलाल, अष्ट लामा, जे बि संयोगी, वसन्त बित्यासी थापा, राजु के सि, पवनलाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, प्रकाश मान सक्व, रुपेशलाल श्रेष्ठ, यचु जोशी कुमार मोक्तान सुकुमान स्याङ्ग्बो रहेका छन् ।

Post a Comment

1 Comments

  1. Mela ko Bela basti Vitra ko Ra main road one way banauda hunna? Traffic byewasthapan hunu paryo. Sanskritik gau sangsangai. Sano sano kura haru ma Pani dhyan diu hai

    ReplyDelete

Thanks for your concerns