“हरियाली प्रवद्र्धन कार्यक्रम” अन्तर्गत वृक्षरोपन गर्दै विश्व वातावरण दिवस मनाउने क्रममा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, उप मेयर शुक्रलक्ष्मी श्रेष्ठ, डिभिजन वन कार्यालयका ध्रुबकुमार श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरिक्षक लक्ष्मी खनाल, सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष सुकमान स्याङ्गबो लगायत सर्वसाधारणले करिब ६० वटा कपुरका विरुवा रोपेको हो ।
वातावरण विनाशमा नगरपालिकाको ध्यान गएन
साँखुमै वृक्षरोपन कार्यक्रमको आयोजना भइरहेको छ भने अर्को तर्फ वातावरण विनासको कुरा पनि सँगसँगै सहभागीहरुले उठाइरहेका थिए । वातावरण विनाश हुनबाट जोगाउनको लागि अहिले केही महिना सरकारले नै रोक लगाउने गरेको अवसरमा नगरपालिकाले यस विषयमा चासोका साथ काम गरी आगामी असोजबाट खानी खुल्ने समयसम्ममा नगरस्तरीय अनुगमन एवं नियमन समिति गठन गरी कडाईका साथ काम थाल्नुपर्ने सहभागीहरुको सल्लाह रहेको थियो ।
0 Comments
Thanks for your concerns