माघ मेलाको तयारी पूरा, पदस्थापन कार्यक्रम सकियो



८ पौष शुक्रवार

लावण्य/साँखु । २०७९ साल पौष २२ गतेदेखि माघ २२ गतेसम्म १ महिना लामो माघ मेलाको लागि साँखुमा तयारी करीब करीब सकिएको छ ।

यही पौष ७ गते बिहीवार श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका निवर्तमान अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले नव निर्वाचित अध्यक्ष साल्खाटोलका बालकृष्ण श्रेष्ठलाई पदभार हस्तान्तरण गरेसँगै यस वर्षको लागि मेला व्यवस्थापन समितिले पूर्णता पाएको छ ।

सोही दिन दिउँसो बसेको समितिको बैठकले वरिष्ठ उपाध्यक्षमा चलाखुटोलका जीवनमान सिंलाईनियुक्त गरेको छ भने महासचिवमा चलाखु टोलका योगेशमान डंगोललाई नियुक्त गरेको छ । त्यसैगरी उपाध्यक्षमा दुगाहिटी टोलका बिरेन्द्र श्रेष्ठ र सुन्टोलका मिरा महर्जनलाई नियुक्त गरेकोछ । कोषाध्यक्षमा साल्खाटोलका जगनाथ श्रेष्ठलाई नियुक्त गरेको छ ।

त्यसैगरी सचिवमा साल्खाटोलका बालकृष्ण सिंलाई नियुक्त गरेको छ भने सह कोषाध्यक्षमा ईपाटोलका रत्नलाल श्रेष्ठलाई नियुक्त गरेको छ ।

यो समितिमा साँखुको आठवटै टोलबाट ३÷३ जनाले सहभागिता जनाउँछन् भने अध्यक्ष भएको साल्खाटोलबाट कोषाध्यक्ष सहित ४ जनाले प्रतिनिधित्व गर्छन् । साथै निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ सदस्यका रुपमा रहन्छन् । यसरी यस समितिमा २६ जना सदस्य रहने गर्दछ ।

हामीलाई प्राप्त समाचार अनुसार व्रतालु संयोजकमा योगेशमान डंगोल, बजार व्यवस्थापन संयोजकमा विरेन्द्र श्रेष्ठ, प्रचार प्रसार संयोजकमा एलपी श्रेष्ठ, परदेश व्यवस्थापन संयोजकमा गगन रञ्जित, स्वयम सेवक भोजन व्यवस्थापन संयोजकमा संगिता श्रेष्ठ तोकिएका छन् ।

Post a Comment

0 Comments