थली–साँखु सडकखण्डमा स्थानीयको अवरोध, सवारी आवागमन बन्द



२६ मंसिर २०७९, सोमवार

लावण्य/साँखु । स्थानीयले आज पनि अवरोध गर्दा थली–साँखु सडकखण्डमा सवारी आवागमन बन्द भएको छ । सडक पिच गर्न माग गर्दै सडकमा अवरोध गरेपछि सवारी आवगमन हुन नसकेको हो ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टराईले थली–साँखु सडकखण्डमा आज पनि सवारी साधन चल्न नसकेको बताए ।

उनले सडक पिचको माग राखेर स्थानीयको गरेको अवरोधका कारण सवारी साधनलाई मुलपानीबाट ब्रह्मखेल हुँदै आउने जाने व्यवस्था गरिएको छ ।

डाँछीबाट सुन्दरीजल, गोकर्ण हुँदै जोरपाटीको बाटो पनि वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकले आग्रह गरेको छ । सो सडकखण्ड लामो समयदेखि पिच हुन सकेको छैन । पटक–पटक स्थानीयले विरोध गर्दै आएका छन् ।

यही बाटोबाट दैनिक आवतजावत गर्नुपर्ने र मंसिरको बेला विवाह वर्तमान एवं नेवार समुदायको गुठी भोजमा आउनपर्ने आम जनताले भने दुःख पाएको बताएका छन् ।

बाटो बन्द गरेर हैन सरकारी कार्यालय घेरेर तथा स्थानीय तहका प्रमुखहरुलाई तथा नव निर्वाचित संघीय सांसद एवं पदेश सांसदहरुलाई दबाव दिनुपर्ने र आवश्यक परे ठेकेदारको घर घेर्नुपर्ने बताउँछन् ।

यात्रुहरु सास्ती भोग्नुपरेपछि आन्दोलनकारी, सरकार र ठेकेदार सबैसँग रुष्ट भईरहेका छन् । अहिले थलीको बाटो जान नपाउँदा वैकल्पिक बाटोबाट आउन जान समय पनि धेरै लाग्ने र वैकल्पिक बाटो समेत त्यत्ति राम्रो नभएको गुनासो सर्वसाधारण यात्रुहरुको रहेको छ । आन्दोलनका कारण आम सर्वसाधारण करीब १ किलोमिटरको दूरी हिँडेर पोका पन्तरा बोकेर पार गर्नु परिरहेको छ ।

Post a Comment

0 Comments