नेपाली काँगे्रसले हालसम्म संघीय संसद सदस्य ४ र प्रदेश सदस्य पनि ४ वटा क्षेत्रमा मात्र विजय प्राप्त गरेको छ ।
लावण्य÷साँखु । नेपाली काँगे्रसका प्रतिनिधि सभातर्फ मुस्ताङबाट योगेश गौचन थकालीले विजयी सुरुवात गरेपछि सँगसँगै मनाङबाट टेकबहादुर गुरुङ, काठमाडौँ क्षेत्र नं. १ बाट प्रकाशमान सिंह र क्षेत्र नं. ४ बाट महामन्त्री गगन थापा विजयी भएका छन् ।
त्यसैगरी प्रदेश सभा तर्फ छिरिङ दोर्जे लामा काठमाडौँ क्षेत्र नं. ३ प्रदेश क बाट विजयी भएका छन् भने मनाङ क बाट मुनिन्द्र जङ्ग गुरुङ, मुस्ताङबाट नम्दु गुरुङ र विकल शेरचन विजयी भएका छन् ।
त्यसैगरी नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ ललितपुर २ बाट पे्रमबहादुर महर्जन विजयी भएका छन् भने काठमाडौँ ९ बाट कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ । प्रदेश सभातर्फ हालसम्म कोही पनि उम्मेदवार विजयी भएका छैनन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभातर्फ काठमाडौँ ८ बाट विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ भने प्रदेश सभा तर्फ भने सोही क्षेत्रबाट हाम्रो नेपाली पार्टी (लौरो अभियान) का शैलेन्द्र बज्राचार्यले प्रदेश क बाट विजयी हुनुभएको छ ।
राप्रपाको तर्फबाट सबैभन्दा पहिले काठमाडौँ क्षेत्र नं. २ प्रदेश क मा सुनिल केसीले विजयी सुरुवात गरेको छ ।
त्यसैगरी जनमत पार्टीको तर्फबाट प्रदेश सभातर्फ सप्तरी २ को प्रदेश ख मा महेश प्रसाद यादव विजयी हुनुभएको छ भने प्रदेश क मा सतिश कुमार सिंह विजयी हुनुभएको छ ।
त्यसैगरी कैलाली ३ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेदवार राजिव गुरुङ उर्फ दिपक मनाङ्गे मनाङ ख बाट निर्विरोध निर्वाचित भैसकेका छन् ।
त्यसैगरी समानुपातिक तर्फ नेकपा एमालेले ९४७२२, नेपाली काँगे्रसले ८१५०१, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२२३८, नेकपा माओवादी केन्द्रले ३५८७०, राप्रपाले २३४३० र अन्य दलहरुले ४०५२३ मत प्राप्त गरेका छन् ।











0 Comments
Thanks for your concerns