सको-शंखरापुर नगरपालिमा पनि प्रकृति र वातावरण मासेर भ्यू टावर सहितको पार्क !!!







डा. बालगोपाल श्रेष्ठ




सको-शंखरापुर नगरपालिमा पनि प्रकृति र वातावरण मासेर भ्यू टावर सहितको पार्क !!!

सलंगुं मन्दिर परिसरमा पार्क निर्माण गरिने भनेर सुन्दा जति रमाएं साथमा पोस्त गरिएको भिडियोमा देखाएको भ्यू टावर सहितको अजंगको खाका देख्दा भने मनै सिरिंग हुने गरि यसले झस्कायो ।

यदि यो संरचना सलंगुं बनको एउटा रुख मात्र कटान गरेर बनाउन खोजिएको हो भने पनि फेरि दुइ पल्ट सोचेर मात्र गरियोस भन्ने मेरो अनुरोध छ ।

यो खाका हेर्दा सानो क्षेत्रमा फैलिएको सलंगुंको आधा बन यो पार्क बन्दा नबन्दै मासिने देखिन्छ भने बाकि जंगल पनि पछि मासेर जाने पक्का देखिन्छ । यस्तो गरियो भने यसको अत्यन्त डरलाग्दो परिणाम यस क्षेत्रका भविष्यको पुस्ताले भोग्नुपर्ने निश्चित छ ।

सलंगुं बन सानो क्षेत्रमा फैलिएको बन भएपनि यसले यस क्षेत्रको प्राकृतिक वातावरण र प्राकृतिक सौन्दर्को दृष्टिले ज्यादै महत्वपूर्ण रहि आएको छ । वरपरका डांडा, पाखा, खोला, खोल्सोबाट गिट्टि ढुंगा खोस्रेर प्रकृतिलाई नै तहस नहस पार्ने काम यस क्षेत्रमा आज जुन भैरहेको यो सलंगुं बनमा कमसेकम भुमाफियाको गिद्दे आंखा नगढोस भन्ने चाहना वातावरण प्रति सचेत यस क्षेत्रका सबै जनताको रहेको छ ।

सलंगुं भनेको सको-शंखरापुर नगरको नजिकमा रहेको एउटा सानो बन हो । हाम्रो पुर्खाले बुद्धिमानीपुर्वक आजसम्म जोगाए राखेको यो बनको रुखहरु काटेर सिमेन्त कंक्रिटको भ्यू टावर सहितको सरंचना पार्क, भ्यू टावर, मोटर पार्क सहितको भयंकर संरचना त्यहां बनाउने हो भने यो बनको अस्तित्व नै लोप हुन जानेछ । बन र वातारणमाथिको यो बलजफ्तिले बनमा बस्ने चराचुरुंगी पशुपंछिलाई मात्र होइन वरपर बसोवास गर्ने सबै मानवलाई पनि यसको प्रतिकुल असर पर्नेछ । यस्तो अविवेकार्य कसैले गर्नु हुन्दैन ।

बन, जंगल, प्रकृति र जैविक वातारणमा प्रतिकुल असर गर्ने यस्तो काम आजको युगमा कसैले गर्नु हुन्दैन । जैविक वातारण विशेषज्ञहरुसंग पनि सल्लाह गरेको भए यस्तो कामलाई कदापि राम्रो भन्ने छैनन ।

राधा कृष्ण श्रेष्ठले गत कार्यकालमा ६ वडाको गौरवको परियोजना अन्तर्गत भौध्वाका पोखरी एवं ढुंगेधाराहरु र अरु थुप्रै संपदा सङरक्षणको काम गरेर सबैको वाहवाहि बटुलेको छ । जुन अन्त्यन्त राम्रो सराहनीय कार्य थियो नै । तलेजु मन्दिर पुनर्निर्माण हुन लागेको पनि ज्यादै राम्रो काम हो । तर अवको कार्यकालमा सलगुं सलंख्वा मन्दिर वरपर बन मास्ने गरि गौरवको परियोजना ल्याएको हो भने यो चाहि ज्यादै गलत भएको छ । यो काम कुनै हालतमा नहोस ।

सको-शंखरापुर नगरपालिका नव निर्वाचित मेयर, उपमेयर र जनप्रतिनिधिरु सबैमा बन क्षेत्र मासेर यो परियोजना कार्यान्यन नगर्न तथा प्रत्येक दिन जसो बृक्षारोपन कार्यमा व्यस्त धरानका मेयर हर्क सांपांगबाट सिकेर आफ्नो कार्य थलोमा पनि आफ्नो कार्यकालमा त्यसरि नै प्रकृति र वातारण सपार्ने काममा दिल दिमागले लागेर प्रकृति र वातारण जोगाउने कार्यमा योगदान पुर्याउन मेरो विनम्र अनुरोध छ ।


(यस विषयमा सम्बन्धित सरोकारवालाहरु र अन्य जो कोहीले आफुलाई लागेको कुरा हामीलाई प्रकाशनको लागि दिन सक्नुहुनेछ । कुनै पनि विषयमा दुबै पक्षको मतले नै सही विश्लेषण गर्न सघाउ पु्या-उँछ भन्नेमा हामी बिश्वस्त छौँ । – सम्पादक)


Post a Comment

0 Comments