– प्रा. मिठ्ठाराम थापा, खुलालटार
म जुत्ता हुँ,
नेपाली जनताको खुट्टाको,
बन अनि सेवक नेपाली
जनताको,
म तिम्रो सेवामा हरपल
सकि नसकि दौडनेछु
यसैमा जनताको भविष्य देख्नु
वन पारदर्शी र अनि दूरदर्शी पनि ... ।
बनाऊ योजना जनताको सामु
जनताका आवश्यकता असिमित छन्
तिमी वन पारदर्शी जनता पर्खी हेर्छन्
जनता तिम्रो पारदर्शी बजेटमा सहयोगी बन्छन् ।
जनता गणपतिहरुले गरेको शासन र दोहनले वाक्क
दिक्क छन्
जनता पाईला पाईलामा शोषित र पीडित छन्
देऊ मुक्ति दलन र जलनबाट
जनता तिम्रै बाटो हेरिरहेछन् ।
फेरियो तन्त्र र मन्त्र अनि संस्कृति
ए स्वदेशका सपुत हो अव त ब्युँझ
कुखुरा बास्यो हिमाल हाँस्यो
नेपाली जनता कहिले हाँस्ने हो ?
0 Comments
Thanks for your concerns