मूर्धन्य साहित्यकार रमेशमान जोशीलाई ४५ दिनको पूण्य तिथिमा सम्झना गरियो

लावण्य/साँखु । साँखुका नेवार समुदायमा प्रचलित गीत शंखरापुरको महिमा गान “जय जुईमा” का रचनाकार मूर्धन्य साहित्यकार रमेशमान जोशीको सम्झनामा उहाँको ४५ औँ दिनको पूण्य तिथिका दिन आज साँखु शालिनदी रोड द्यः दबु स्थित समरा गार्डेनमा शोक सभाको आयोजना गरिएको छ ।

सो सभामा प्रमुख अतिथि शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले आफू बच्चामै स्वर्गिय जोशीको डबली नाटक हेर्न आउँदाको क्षण सम्झिँदै भन्नुभयो– उहाँको देन समाजमा अतुलनीय रहेको छ । उहाँलाई पछिसम्म सम्झन सक्ने गरी केही कार्यक्रम तय गर्न आयोजकलाई अनुरोध गर्दै आफू सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ ।

कार्यक्रममा उप मेयर समिता श्रेष्ठ, राजनीतिज्ञ एवं समाजसेवी गोविन्द प्रसाद श्रेष्ठ, ईतिहासविद् प्रकाशमान सक्व, नाटककार जीवन श्रेष्ठ लगायतले स्वर्गीय जोशीको योगदान बारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा उहाँद्वारा लिखित “जय जुईमा” गीत बजाएर उहाँ प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

उक्त शोक सभा न्हुदँ समारोह समिति सक्व ११४२ को आयोजनामा भएको हो । सो कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष माधव श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव योगेशमान डंगोलले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पूर्व अध्यक्ष भिन्तुना मल्ल श्रेष्ठले गर्नुभएको थियो ।

Post a Comment

0 Comments