मेष ः
साताको सुरुवात राम्रो हुनेछ । विहिबारदेखि समय अनुकूल देखिँदैन । लामो यात्रा नगर्नुमै भलाई हुनेछ । सन्तान पक्षबाट निराशा हात लाग्नेछ । अहंकारको कारणले पे्रम सम्बन्धमा मनमुटाव आउन सक्नेछ । साथिको भावनाको कदर गर्नु उचित देखिन्छ । स्वास्थ्य सामान्य रहला ।
वृष ः
खानपिनमा विचार पु¥याउनु पर्ने देखिन्छ । आम्दानीको पाटो राम्रै देखिन्छ । विदेश वा घर बाहिर हुनुहुन्छ भने परिवारको राम्रो समाचार सुन्न पाइनेछ । यात्रा गर्दा सोचविचार पु¥याउनु होला । अत्यधिक व्यस्तताको कारण परिवारलाई समय दिन सकिनेछैन । शिक्षामा सफलता ।
मिथुन ः
स्वास्थ्य स्फूर्तिले भरिनेछ । कान्ति बढ्नेछ । आँटेका काममा सफलता मिल्नेछ । नयाँ काम पाउने योग रहेको छ । शिक्षा सेवामा सफलता मिल्नेछ । सन्तान सुख मिल्नेछ । व्यापार क्षेत्र भने मध्यम रहला, यात्रा झन्झटिलो बन्ने छ । जिउ दुःख्ने समस्या देखिनसक्छ । विनम्रतापूर्वक काम गर्नु उचित ।
कर्कट ः
कार्य क्षेत्रमा सफलता मिल्ने देखिन्छ । स्थान परिवर्तनको योग रहेको छ । विदेश यात्राको सोच बनाउँदै हुनुहुन्छ भने समय राम्रो आएको देखिन्छ । शेयर कारोबारमा लाभको समय रहेको छ । सन्तान सुखमा भने कमी आउनेछ । आफन्तको सल्लाह अनुसार अगि बढ्नु उचित हुनेछ । मान सम्मान मिल्नेछ ।
सिंह ः
स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । काममा खासै जाँगर चल्ने देखिँदैन । पे्रम सम्बन्धमा माधुर्यता थपिनेछ । जिद्दि स्वभावले नकारात्मका प्रभाव पर्ने हुनाले स्वभाव परिवर्तन गर्नु उचित हुनेछ । धार्मिक यात्राले मन आनन्दित बनाउला । आर्थिक कार्य गर्दा सोचविचार पु¥याउनु पर्नेछ ।
कन्या ः
आत्मसम्मानमा कमी आउनेछ । जीवनसाथिको स्वास्थ्यको समस्याले मन अशान्त बनाउला । पैत्रिक सम्पत्ति सम्बन्धी कारोबार गरिनेछ । विहिबारबाट समय राम्रो हुने देखिन्छ । यात्रा फलदायी हुनेछ । ठूलो मान्छेको सल्लाहमा चल्दा समय रामै्र हुनेछ देखिन्छ ।
तुला ः
आर्थिक कारोबार गर्दा सोचविचार पु¥याउनुहोला, अनावश्यक धन खर्च हुन सक्नेछ । सत्रु परास्त गर्न सकिनेछ । मनोरञ्जनात्मक कार्यक्रमममा सहभागी हुने अवसर मिल्नेछ । आध्यात्मिक सोच राख्नाले मनमा शान्ति मिल्नेछ । बोल्दा विचार पु¥याउनुपर्ला, साता मध्यम ।
वृश्चिकः
साना साना कुरामा पनि रिस उठ्ने देखिन्छ । त्यसैले विचार पु¥याउनुहोला । शिक्षा क्षेत्रमा बाधा आउने देखिन्छ । स्वास्थ्यमा गडबडी आउन सक्नेछ । आफन्तको सहयोग मिल्नेछ । पे्रम सम्बन्ध मध्यम रहला, शुक्रबार बाट समय राम्रो चल्ने देखिन्छ । मिष्ठान्न भोजनको प्राप्ति हुनेछ । साता मध्यम ।
धनु ः
श्रीमान श्रीमती बीच राम्रो समय व्यतित हुनेछ । घाँटीको समस्या देखिन सक्छ । खानपानमा विचार पु¥याउनुहोला । आफूभन्दा ठूलाको स्वास्थ्य सम्बन्धी चिन्ताले सताउनेछ । धन अनावश्यक ठाउँमा खर्च हुन सक्नेछ । प्राविधिक क्षेत्रको हुनुहुन्छ भने राम्रो सप्ताह रहेको देखिन्छ । आकस्मिक धनागमको योग ।
मकरः
शैक्षिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । व्यस्ततामा साता बित्नेछ । साथिभाईको सहयोग राम्रो मिल्नेछ । आफन्तमा मनमुटावको अवस्था आउन सक्नेछ । पे्रम सम्बन्धमा उतार चढाव आउन सक्नेछ । शनिबारको यात्रा लाभदायी फलदायी हुनेछ । नोकरीमा खटपट पर्न सक्नेछ । आफन्त भेटको योग ।
कुम्भ ः
आकस्मिक धनागमले मन आनन्दित बनाउला, यात्रामा झन्झट । गडबडीको सामना गर्नुपर्नेछ । मेहेनतको फल प्राप्त हुने समय रहेको छ । टाढा रहेका आफन्त वा साथिसँगको कुराकानीले सुखी बनाउनेछ । व्यापारीवर्गको लागि समय अनुकूल रहेको देखिन्छ । स्वास्थ्यमा सामान्य अवस्था रहने देखिन्छ ।
मीनः
बोल्दा विचार पु¥याउनुपर्नेछ । अनावश्यक रिसले बन्ने काम पनि बिगार्न सक्नेछ । भौतिक सामग्री जोडिने योग रहेको देखिन्छ । शिक्षा क्षेत्रमा राम्रो सफलता, व्यापारमा राम्रो लाभ मिल्नेछ । पे्रमको क्षेत्रमा उतार चढावको अवस्था । स्वास्थ्य राम्रो रहनेछ ।

0 Comments
Thanks for your concerns