मेष ः
सन्तान पक्षबाट राम्रै समय रहेको देखिन्छ । पारिवारिक समय अनुकूल देखिन्छ । व्यापारी वर्गको लागि मध्यम समय । एजेन्टको काम गर्नेहरुका लागि राम्रो समय बित्ने देखिन्छ । भैरवको पूजा र दर्शन साथै कालो रंगको प्रयोग साताको लागि अनुकूल ।
वृष ः
मध्यम खालको समय रहेको छ । साताको अन्त्यमा भन्दा सुरुमा समय राम्रो देखिन्छ । नयाँ कामको सुरुवात गर्नुछ भने साताको सुरुका दिनलाई प्रयोग गर्नु उपयुक्त हुने देखिन्छ । लामो यात्रा नगर्नु तपाइँको लागि कल्याण कारक देखिन्छ । रातो रंगको प्रयोग, देवीको पूजा फलदायक ।
मिथुन ः
राम्रो समय चलेको देखिन्छ । किनबेचको काममा रामै्र नाफा हात लाग्ने देखिन्छ । आफन्तको सहयोगले मन प्रसन्न बनाउनेछ । सन्तान सुख मिल्ने देखिन्छ । पेटमा गडबडी हुन सक्ने हुँदा खानपानमा विचार गर्नुहोला । खरानी रंगको प्रयोग, नारायणको दर्शन लाभदायक ।
कर्कट ः
प्राकृतिक क्षेत्रबाट लाभ मिल्ने देखिन्छ । कृषिा चौपायाको काममा लाग्नेहरुको लागि राम्रो समय रहेको छ । टाढा बस्ने आफन्तको सहयोग मिल्ने देखिन्छ । अचल सम्पत्ति खरिद गर्न सकिनेछ । सेतो रंगको प्रयोग गर्नु र शिबको प्रार्थना साताको लागि अनुकूल रहला ।
सिंह ः
सवारीसाधन सम्बन्धी कारोबार गर्नुहुनेछ । यात्रामा विचार पु¥याउनु उचित होला । खानपानमा धेरै खर्च गर्दा मन अशान्त बन्न जाने देखिन्छ । रातो रंगको प्रयोग गर्नु विहान उदाउँदो सूर्यलाई जल चढाएर पूजा गर्नुभयो भने सप्ताह राम्रो हुने देखिन्छ ।
कन्या ः
मिष्ठान्न भोजनको प्राप्ति हुनेछ । साथीभाईको जमघटमा समय बित्नेछ । आफन्तको र परिवारको राम्रो सहयोग मिल्ने देखिन्छ । पढाइमा खासै मन जाला जस्तो देखिँदैन । मनोरञ्जनात्मक कार्यमा सहभागी हुनुहुनेछ । नारायणको पूजा, खरानी रंग अनुकूल रहला ।
तुला ः
माया पे्रमको सम्बन्धमा नयाँ मोड आउन लागेको आभाष हुनेछ । खानेकुरामा ध्यान नपु¥याउँदा स्वास्थ्यमा गडबडी । विश्वास गरेका आफ्नाले नै धोका दिन सक्नेछ । आरामको समय देखिन्छ । देवीको प्रार्थना र दर्शन साथै रातो रंगको प्रयोग लाभदायक रहला ।
वृश्चिकः
कान्ति बढ्नेछ । मन प्रसन्न रहला । स्वास्थ्यमा देखिएको गडबडी अन्त्य हुनेछ र आनन्दको आभाष गरिनेछ । आँटेका काममा सफलता मिल्ने देखिन्छ । गाढा रंगको प्रयोग गर्नु र गणेशको मन्त्र तथा पूजा अर्चनाले साता राम्रो बित्नेछ ।
धनु ः
असफल साता देखिँदैछ । दिर्धकालीन असर पर्ने काम नगर्नु यहाँको लागि राम्रो हुनेछ । आफन्तसँग बोल्दा बचेर विचार पु¥याएर मात्र बोल्नु होला । पहेँलो रंगको प्रयोग देवीको पूजा र दर्शनले तपाइँको असफलतालाई सफलतामा परिणत गर्न सहयोग गर्ने देखिन्छ ।
मकरः
अनावश्यक झमेलाको सामना गर्नुपर्नेछ । कामा ढिलाईले आफूभन्दा माथिका व्यक्तिको गाली सहनुपर्ला । आँटेका काममा विभिन्न बाधा आईपर्नेछन् । शिक्षाको क्षेत्रमा अनावश्यक खर्च गर्नु पर्ने देखिन्छ । कालो रंग र भैरवको दर्शनले साता राम्रो ।
कुम्भ ः
समय खासै राम्रो देखिँदैन । बोल्दा विचार पु¥याउनु होला । शत्रु बढ्ने छन् । आँटेका काममा बाधा आउनेछन् । हात परिसकेका काम पनि बिग्रने छ । मनमा खिन्नता छाउनेछ । शुक्रबारबाट समय राम्रो चल्नेछ । रातो रंगको प्रयोग र गणेशको पूजा लाभदायक रहनेछ ।
मीनः
कृषि क्षेत्रमा गरेको लगानी राम्रो हुनेछ । साताका अन्त्यका दिनहरु राम्रोसँग बित्ने देखिन्छ । नयाँ कामको सोच बन्ने देखिन्छ । शत्रुलाई बसमा राख्न सकिनेछ । आर्थिक पक्ष मध्यम रहने देखिन्छ । देवीको दर्शन, पूजा र पहेँलो रंगको प्रयोग साताको लागि राम्रो हुनेछ ।
0 Comments
Thanks for your concerns