साउन २५ गतेदेखि साउन ३१ गतेसम्मको राशीफल – ज्यो. धनानन्द



मेष ः

साताका सुरुका दिन दौडधुपका साथ बितेपनि पछिका दिनहरु रमाइलोसँग बित्ने देखिन्छ । विदेशसँग सम्बन्धित अध्ययनमा सफलता मिल्नेछ । पेट सम्बन्धी सामान्य समस्या देखिन सक्नेछ । साँगितिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुपर्नेछ ।

वृष ः

कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आफूभन्दा ठूलाको सल्लाह लिनु उचित हुनेछ । अचल सम्पत्तिको किनबेच गर्ने समय रहेको देखिन्छ । कर्मचारी हुनुहुन्छ भने कार्यालयको काममा लामो यात्राको योग बन्नेछ । शुभ समाचार सुन्न पाइनेछ । घाँटीको समस्या देखिन सकिनेछ ।

मिथुन ः

आफन्तको सहयोगले अल्झिएका कामहरु पूरा गर्न सक्नुहुनेछ । आफूभन्दा सानाको सहयोग हितकर देखिँदैन । माया पिरतीका सम्बन्धमा समय खासै राम्रो भन्न सकिँदैन । विद्यार्थी वर्गको लागि असल समय चलेकोले सुखद समाचार सुन्न पाइनेछ । आम्दानीमा वृद्धि हुने देखिन्छ ।

कर्कट ः

बिहीबार नयाँ काम लामो यात्रा वा कुनै विलासिताको सामान खरिद गर्नु उचित हुने देखिन्छ । साताको सुरुका दिनमा मन अप्रसन्न रहने देखिन्छ । घाउ चोट लाग्न सक्ने देखिन्छ । खानपानमा विचार पु¥याउनु पर्नेछ ।

सिंह ः

कुनै मुद्दामामिलामा समय खर्चनुपर्ने देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्ने देखिन्छ । कार्य क्षेत्रमा पदोन्नतिको सम्भावना रहेको देखिन्छ । शिक्षा क्षेत्रमा सफलता प्राप्त हुने योग रहेको छ । नसा सम्बन्धी समस्या देखिन सक्नेछ, आगो करेन्ट जस्ता कुराबाट टाढै रहनु उचित हुनेछ ।

कन्या ः

मानसिक अशान्तिले स्वास्थ्यमा गडबडी देखिन सक्ने हुनाले ध्यान योगको सहायता लिनु उचित हुनेछ । माया पे्रममा दूरि बढ्न सक्नेछ । काममा सफलता पाउन निकै कष्ट देखिन्छ । असल मित्रको सहयोग र साथ मिल्दा अलि मन शान्त हुनेछ ।

तुला ः

कुनै आफन्तको कारणले तपाइँलाई चिन्तित बनाउन सक्नेछ । सन्तान सुख राम्रो प्राप्त हुने देखिन्छ । शिक्षा क्षेत्रमा हुनुहुन्छ भने राम्रो लाभ प्राप्त गर्न सक्नुहुनेछ । बोल्दा विचार पु¥याउनु पर्ने देखिन्छ । सवारी साधन चलाउँदा ध्यान दिनुहोला, सामान्य दुर्घटना पर्न सक्नेछ ।

वृश्चिकः

कुनै पुरानो विमारी बल्झन सक्नेछ र त्यसको लागि धन खर्चनुपर्नेछ । साँगितिक क्षेत्रमा आवद्ध कलाकारको लागि सप्ताह अनुकूल देखिन्छ, यात्राको योग देखिन्छ । पे्रम सम्बन्धमा प्रगाढता बढ्नेछ । कुनै नयाँ नोकरीमा प्रवेश गर्न सकिनेछ । अचल सम्पत्तिको कारोबार हुने देखिन्छ ।

धनु ः

शिक्षा र स्वास्थ्यको क्षेत्रमा हुनुहुन्छ भने लामो समय कार्यालयमा खर्चनुपर्ने देखिन्छ । आकस्मिक लाभले मन प्रसन्न बनाउनेछ । सानोतिनो चोटपटक लाग्न सक्नेछ । माया पे्रमले मन आनन्दित बनाउला । अनावश्यक खर्चले साताको अन्त्यमा दुःख दिने देखिन्छ । आँखाको समस्या हुनसक्छ ।

मकरः

साताका सुरुका दिनहरु सोचेजस्तै हुनेछन् भने साताको अन्त्यमा घरायसी कामले बढी नै झमेलाको महसुस गरिएला भान्सामा समय खर्चनुपर्नेछ । सन्तान सुख मिल्ने देखिन्छ । आर्थिक पक्षमा बलियो दिन आएको देखिन्छ । वादविवादबाट टाढै बस्नु उचित हुनेछ । नयाँ मित्रहरु भेटिनेछन् ।

कुम्भ ः

सोमबार र मंगलबार राम्रोसँग बित्नेछन् भने बाँकी दिनहरु कडा मिहिनेतसँग बित्नेछन् । छाला सम्बन्धी समस्याले सताउनेछ । प्राकृतिक सामग्रीको लाभ हुने देखिन्छ । नयाँ कामको सोच बन्ने देखिन्छ । लामो यात्रा यो साताको लागि हितकर देखिँदैन । शिक्षामा मध्यम समय रहनेछ ।

मीनः

शुक्रबार, शनिबार र आईतबार अनुकूल समय रहेका छन् । व्यापारमा लाभ, आफन्तको सहयोग प्राप्त हुने देखिन्छ । मिहिनेतको साथ गरेका कामले राम्रै नतिजा दिनेछ । भौतिक सामग्रीको किनबेच हुनेछ । स्वास्थ्य सम्बन्धी गडबडीले मन अशान्त बनाउनेछ । माया पे्रमको सम्बन्ध मध्यम रहेको देखिन्छ ।

Post a Comment

0 Comments