मेष ः
थोरै मेहेनतबाट धेरै सफलता प्राप्त हुने देखिन्छ । बोल्दा भने सोचविचार पु¥याउनुपर्नेछ खासगरि साथीभाईसँग । आर्थिक क्षेत्र मध्यम रहने देखिन्छ । कार्य क्षेत्रमा उपलब्धिमूलक समय बित्नेछ । पे्रम सम्बन्धमा मनमुटावको अवस्था आउनेछ । धार्मिक कार्यक्रममा सामेल हुनुपर्नेछ । अनावश्यक खर्चको योग रहेको छ । वैजनी रंग शभ । ७ अंक शुभ अंक ।
वृष ः
खानपानमा ध्यान पु¥याउनुहोला र समयमा आराम गर्नुहोला । कार्य क्षेत्रमा उतारचढावको समय आएको देखिन्छ । बोल्दा विचार पु¥याउनुपर्नेछ । अचानक खर्च बढ्नेछ । कालो रंग शुभ रंगको रुपमा देखिन्छ । ७ को अंक शुभ अंक हुनेछ ।
मिथुन ः
परिवर्तित मौसमलाई ध्यान दिनुपर्नेछ नत्र रुघाखोकीले सताउनेछ, नयाँ मित्र, नयाँ सम्बन्धले मन प्रसन्न बनाउने देखिन्छ । अध्ययनको क्षेत्रमा मन जाने देखिन्छ । आथिक उतारचढावले मन खिन्न बनाउला, एकान्को खोजी हुन सक्छ । विपरितलिङ्गीको राम्रो सहयोग मिल्नेछ । ५ अंक राम्रो । निलो रंग अच्छा रंग ।
कर्कट ः
पेटको समस्या नआउला भनन सकिँदैन खानपिनमा होस् पु¥याउनुहोला । कार्य क्षेत्रमा सफलता मिल्ने देखिन्छ । कामलाई बढी समय दिँदै गर्दा परिवारमा हल्का मनमुटावको समय आउला, पितासँगको सम्बन्धमा चिसोपना आउन सक्छ । निलो रंगको प्रयोग स्वास्थ्यको लागि राम्रो । ९ अंक शुभ रहनेछ ।
सिंह ः
राम्रो नोकरीको अफर आउन सक्छ तयार भएर बस्नु होला, आलस्यताले सताउन सक्छ, योग र व्यायाममा ध्यान दिनुहोला, शत्रुले बन्न लागेको काममा बाधा पु¥याउन सक्नेछन् । स्त्री पक्षबाट राम्रो सहयोग मिल्ने देखिन्छ । धर्मकर्ममा मन जानेछ । खैरो रंग तपाइँको लागि फाइदाजनक । ३ अंक शुभ रहला ।
कन्या ः
कुनै पुरानो साथी भेट हुन सक्नेछ, स्वास्थ्यमा समस्या देखिन सक्छ, उद्देश्य नयाँ बनाएर अघि बढ्ने बेला आएको छ । आँखाको कुनै समस्या देखिन सक्छ । प्राविधिक विद्यार्थीका लागि अनुकूल समय चल्नेछ । ८ अंक अनुकूल रहने देखिन्छ । सेतो रंगले मन शान्त बनाउनेछ ।
तुला ः
स्वास्थ्यको लागि समय अनुकूल छैन, झुठ्ठा आरोप लाग्न सक्नेछ । घाउचोटको सम्भावना देखिन्छ । आफ्नो कार्य क्षेत्रमा धेरै मेहेनत गर्नुपर्ने देखिन्छ । धर्म कर्ममा मन जानेछ । सप्ताहको अन्त्यबाट समय अनुकूल रहनेछ । आर्थिक कारोवारमा सुधारको समय, रातो रंग शुभ रंग ४ अंक शुभ अंक भन्न सकिन्छ ।
वृश्चिकः
मानसिक शान्ति मिल्नेछ । पारिवारिक माहोल सामान्य रहने देखिन्छ । आर्थिक कारोवारमा सोचविचार पु¥याउनुपर्नेछ । पे्रम सम्बन्धमा दूरी बढ्न सक्नेछ । कला, सौन्दर्य, मोजमस्तीमा धेरै समय खर्चनु पर्नेछ, नयाँ वाहन राम्रो समय । २ अंक शुभ रहने देखिन्छ । फिक्का रंग उपयुक्त रहने देखिन्छ ।
धनु ः
सोचेको जस्तै समय आएको छ । धेरै क्षेत्रमा सफलता हात लाग्नेछ । बोल्दा विचार पु¥याउनु होला । दाजुभाइमा मनमुटाव आउन सक्छ । समाजमा मान सम्मान प्राप्त हुनेछ । कुनै पनि प्रतियोगितामा सफलता मिल्ने देखिन्छ । पिताको सहयोग प्राप्त हुने देखिन्छ । २ र ४ को अंक शुभ रहनेछ । कालो रंग फाइदाजनक रहनेछ ।
मकरः
व्यापारमा मन जानेछ, राम्रो आम्दानीको समय रहेको छ । स्वास्थ्य सामान्य रहने देखिन्छ । परिवार वा जीवनसाथिसँग लामो यात्रामा निस्कन सकिनेछ । निर्णय लिँदा सोचविचार पु¥याउनुपर्नेछ । शत्रु बढ्नेछ । बोलिको प्रभाव खासै पर्ने देखिँदैन । अधिक र आकस्मिक खर्चले मनमा तनाव उत्पन्न हुन सक्नेछ । हल्का रातो रंग फाप्नेछ । १ र ६ को अंक शुभ रहनेछ ।
कुम्भ ः
बोलिको प्रभाव पर्नेछ, रुघाखोकीले सताउन सक्त, विपरित लिङ्गीबाट राम्रो सहयोग प्राप्त हुनेछ, पारिवारिक सम्बन्धमा सुधार आउने देखिन्छ, थोरै मेहेनतबाट धेरै लाभ प्राप्त गर्न सकिनेछ, पढाईमा खासै मन जाने छैन । अनावश्यक खर्च हुन सक्नेछ । १ अंक शुभ अंक लाभदायक अंक रहनेछ, हरियो रंगले मन खुशी बनाउनेछ ।
मीनः
आकस्मिक धनलाभको सम्भावना, शेयर बजारमा लगानी गर्नु उपयुक्त समय, विद्यार्थी र कर्मचारीको लागि मेहेनत गर्नुपर्ने समय, भौतिक सुख राम्रो मिल्ने देखिन्छ । स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । शत्रुबाट बच्नुपर्ने समय । ५ र ९ को अंक शुभ रहनेछ । हरियो हल्का निलो रंगको कपडा लगाउँदा लाभ मिल्नेछ ।

0 Comments
Thanks for your concerns