असार ७ गतेदेखि असार १३ गतेसम्मको राशीफल – ज्यो. धनानन्द



मेष ः

जिम्मेवारीपूर्ण कार्य सम्पन्न गरिएला । राजनीतिक क्षेत्रको हुनुहुन्छ भने उचाई बढाउन साथ दिनेछ । शक्तिशाली व्यक्तिलाई आफ्नो वशमा ल्याउन सकिनेछ । ठूला काम गर्न हिम्मत जाग्नेछ । स्वास्थ्यमा भने गडवडी हुनेछ । मित्रजनसँग वैरभाव बढ्न सक्नेछ । गणेशको पूजा लाभदायक रहला ।

वृष ः

खर्च बढ्ने र आम्दानीमा कमी आउने समय छ । आँखाको र टाउकोको समस्या देखिन सक्नेछ । वादविवाद र झै–झगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । काममा ढिलासुस्ती र सरकारी कामकाजमा झमेला आइपर्नेछन् । व्यवसायी मित्रहरुबाट सहयोग र लाभ मिल्ने देखिन्छ । समय मध्यम चलेको छ । दीर्धकालिन असर पर्ने निर्णय नगर्नु वेश हुनेछ । देवीको दर्शनले मानसिक शान्ति दिलाउनेछ ।

मिथुन ः

विभिन्न अवसर प्राप्त हुनेछ । प्रतिभाको सही प्रयोगले धेरैको मन जित्न सकिनेछ । परिवारको सहयोगले विशेष कामहरु बन्नेछन् । सयी सम्पत्तिमा केही विवाद आउला । अरुको काममा महत्वपूर्ण समय बिताउनुपर्ने देखिन्छ । शारीरिक अस्वस्थताका कारण मनमा खिन्नता छाउन सक्छ । नारायणको दर्शन शुभ फलदायक रहनेछ ।

कर्कट ः

नोकरीमा फाइदा उठाउने समय रहेको छ । घरमा मांगलिक कार्य हुनेछ । सामाजिक कार्यमा समय खर्चनु पर्नेछ । मनग्य धनलाभको समय चल्दैछ । आफ्ना कामहरु गोप्य राखेर अघि बढ्नुपर्नेछ । शिवको दर्शनले फाइदा पु¥याउला ।

सिंह ः

सुखद समाचारले भविष्यप्रति आश जाग्नेछ, पे्रम र मित्रताको बन्धन कसिलो बन्नेछ । बन्धुबान्धवसँग असमझदारी बढ्ने योग रहेको छ । कामको दायित्व बढेर जानेछ, स्वास्थ्यमा समस्या आउन सक्नेछ । हातमा आएका अवसर गुम्न सक्नेछन् । सूर्योदयको समयमा सूर्यलाई अर्धजल चढाउँदा राम्रो हुने देखिन्छ ।

कन्या ः

आर्थिक अभावले सताउन सक्नेछ । मौका आएपनि काममा पछि परिने समय आएको छ । लगानी जोखिममा पर्ने सम्भावना छ । मानसिक डरले सताइरहनेछ । बितेको समयमा गरेका गल्तीबाट पछुतो लाग्नेछ । राजनीतिक क्षेत्रमा हुनुहुन्छ भने प्रभाव कमजोर बन्ला । हाडजोर्नीको समस्या देखापर्न सक्छ । पहेँलो लुगाको प्रयोग यो हप्ता उचित रहनेछ ।

तुला ः

निर्णय गर्ने क्षमतामा कमी आउने छ । सरकारी काममा ढिलासुस्ती हुनेछ । घर खर्च बढ्नुको साथै व्यापारमा मन्दी आउनेछ । जीवनसाथिलाई केही पिडा हुने योग रहेको छ । सप्ताहको अन्त्यमा रोकिएका काम बन्न थाल्नेछ । मान सम्मान बढ्ने र अरुलाई आकर्षित गर्न सकिने छ । देवीको दर्शनले काम बन्नेछ ।

वृश्चिकः

कामको प्रतिस्पर्धाले शत्रु कमाइनेछ । सचेत हुँदै काममा अघि बढ्नु पर्ने देखिन्छ । नयाँ कामको सुरुवात गर्ने समय रहेको छ । टाढिएका आफन्तजनसँग पुनर्मिलन हुनेछ । काममा सबैको साथ मिल्ने देखिन्छ । मुद्दामामिलाबाट मुक्ति मिल्नेछ । पतिपत्नी बीच असमझदारी बढ्नेछ । गणेशको पूजा फलदायी हुनेछ ।

धनु ः

कममा ढिलासुस्ती हुने समय छ । शारीरिक शिथिलता र आलस्य बढ्नाले उत्साहमा कमी आउने देखिन्छ । सन्तान सुख भने राम्रो मिल्ने देखिन्छ । दाजुभाईको सहयोगले साताको अन्त्यमा मनमा उत्साह पलाउने छ । पेटको समस्याले दुःख दिन सक्नेछ । नोकरीमा बढी समय खर्चनु पर्ने देखिन्छ । देवीको आराधनाले मन शान्त पार्न सहयोग गर्ला ।

मकरः

व्यवसायमा सामान्य लाभको समय रहेको छ । चोटपटक लाग्न सक्छ, ज्वरोले दुःख दिनसक्छ खानपिनमा सचेत रहनुहोला । प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने मौका छ । साथिभाईको सहयोग मिल्नेछ । गरेका काम अधुरै रहनेछन् । नयाँ कामको थालनि नगर्नु उचित हुनेछ । भैरवको दर्शन पूजा गर्नाले राम्रो हुने देखिन्छ ।

कुम्भ ः

लाभदायक समय चलेको देखिन्छ । नोकरीमा राम्रो समय आएको देखिन्छ । खराव आचरणका मानिससँग लागिन सकिन्छ । यसले मान सम्मानमा कमी आउन सक्छ । जमिन घर सम्बन्धी विवाद निस्कन सक्नेछ । पैत्रिक सम्पत्तिको विवादले मानसिक पिडा दिन सक्नेछ । रोगबाट छुटकारा मिल्नेछ । कालो रंगको कपडा सप्ताहको लागि राम्रो देखिन्छ ।

मीनः

विलासितामा बढी ध्यान जानेछ । आँखाको समस्याले सताउने देखिन्छ । पराक्रम बढ्नेछ । सामाजिक प्रतिष्ठा मिल्नेछ । शत्रुलाई वशमा ल्याउन सकिनेछ । पे्रम र मित्रताको बन्धन कसिलो बन्ने देखिन्छ । व्यवसायमा बाधा पर्ने योग रहेको छ । देवीको दर्शन र पहेँलो लुगा यो हप्ताको लागि उपयुक्त रहनेछ ।

Post a Comment

0 Comments