असार १४ गतेदेखि असार २० गतेसम्मको राशीफल – ज्यो. धनानन्द



मेष ः

विविध क्षेत्रमा नयाँ प्रवेशको समय आएको देखिन्छ । स्त्री पक्षबाट लाभ मिल्ने देखिन्छ । दाजुभाई सँगको सम्बन्धमा सुधार आउने देखिन्छ । शिक्षा क्षेत्रमा बाधा व्यवधान आउने देखिन्छ । सत्रु बढ्ने छन् । असल मित्रको साथ मिल्ने देखिन्छ ।

वृष ः

तपाइँको बखान गाउनेहरु बढ्ने छन् । आँटेका काम पूरा हुनेछ । मांगलिक काममा सहभागिता बढ्नेछ । आकस्मिक धनागमले मन प्रफुल्लित बनाउने देखिन्छ । संयमित भएर कामहरु गर्नु राम्रो हुनेछ । श्रीमान् श्रीमतीबीच मन मुटाव हुने देखिन्छ ।

मिथुन ः

पे्रम सम्बन्धमा मटमुटाव हुने देखिन्छ । शुभ कार्यबाट धनागम हुनेछ भने नयाँ भौतिक सामग्रीको चाहना बढ्ने देखिन्छ । तपाइँको पछि कुरा काट्ने बढ्ने छन् । अनावश्यक धन खर्चले मन खिन्न बनाउने देखिन्छ । स्वास्थ्य समस्याबाट छुटकारा मिल्नेछ ।

कर्कट ः

पैतृक सम्पत्ति प्राप्त हुने योग रहेको छ । लामो यात्रा हुने योग छ । कार्य क्षेत्रमा राम्रो सफलता मिल्ने देखिन्छ । दाजुभाई बीचको सम्बन्धमा खटपट पर्न सक्नेछ । शिक्षा क्षेत्रमा धेरै मेहेनत पछि सफलता हात लाग्ने छ । अध्यात्मतिर मन जानेछ ।

सिंह ः

धन चोरि हुने वा हराउन सक्नेछ । सानातिना घाउचोट लाग्न सक्नेछ । स्वास्थ्यमा गडवडी देखिन्छ । सापट दिएको धन फिर्ता हुँदा मन आनन्दित हुनेछ । भाग्यले साथ दिनेछ । आकस्मिक सफलता मिल्ने देखिन्छ ।

कन्या ः

प्राविधिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ । मातृपक्षको सहयोग राम्रो मिल्नेछ । लक्ष्मीले साथ दिनेछिन् । बोल्दा विचार पु¥याउनुहोला । चाँडो रिस उठ्न सक्नेछ, धैर्य गर्ने बानी गर्नुहोला । पे्रम सम्बन्धमा खटपट पर्न सक्नेछ ।

तुला ः

वाहन सुख राम्रो मिल्ने देखिन्छ । इष्टमित्रको सहयोग मिल्नेछ । स्वास्थ्यमा गडबडी आउन सक्छ । त्यसैले खानपानमा विचार पु¥याउनु पर्नेछ । धर्मकर्ममा समय खर्चनु पर्नेछ । अनावश्यक खर्च हुन सक्नेछ । फाइदाजनक यात्राको योग रहेको देखिन्छ ।

वृश्चिकः

परिवारको चिन्ताले सताउनेछ । कार्यक्षेत्रमा धेरै समय खर्चनु पर्ने देखिन्छ । बोलीको प्रभाव कम भएको छ । शिक्षा क्षेत्रमा गडवडी विपरित लिङ्गीबाट राम्रो सहयोग प्राप्त हुने देखिन्छ । धार्मिक यात्राको योग रहेको छ ।

धनु ः

बच्चाहरुसँग समय बिताउँदा मन आनन्दित हुनेछ । आफूभन्दा ठूलासँग व्यवहार राम्रो गर्नुहोला । सत्रु बढ्नेछन् । जीवनलाई उच्च तरिकाले विताउन दिमाग चलाइनेछ । अनावश्यक धन खर्च हुनेछ । साहित्यतिर मन जानेछ ।

मकरः

कार्य क्षेत्रमा सफलता प्राप्त हुनेछ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । शारीरिक कार्य धेरै गर्नुपर्नेछ । स्थानीय यात्रामा समय खर्चनुपर्नेछ । शिक्षा क्षेत्रमा राम्रो सफलता हात लाग्नेछ । विपरित लिङ्गीबाट सुरक्षित रहनु पर्ने खालको समय रहेको छ ।

कुम्भ ः

जीवनसाथिको राम्रो सहयोग मिल्नेछ । कार्यक्षेत्रमा अनुकूल माहोल बन्दैछ । भौतिक सुख प्राप्त हुनेछ । सन्तानको स्वास्थ्यमा आउने गडबडीले दुःख दिनसक्नेछ । साथिहरुसँगको यात्राले खर्च बढाउन सक्ला मन अस्थिर रहने देखिन्छ ।

मीनः

धन लगानीमा सोच बन्नेछ । व्यापारी वर्गको लागि अनुकूल समय रहनेछ । दाजुको सहयोग मिल्ने देखिन्छ । मनोरञ्जनतिर ध्यान बढी जाला । शिक्षा क्षेत्रमा लगानी र सफलता हात पर्ला, सन्तान सुख मिल्ने देखिन्छ ।

Post a Comment

0 Comments