रोटरी क्लब अफ साँखुद्वारा सिभिडिएसका प्रमुख युवराज थापा सम्मानित
१४ मंसिर २०७९, बुधवार
लावण्य/साँखु । यही मंसिर १३ गते मंगलवार रोटरी क्लब अफ साँखुले द्वन्द्वपिडित तथा अपाङ्ग समाज नेपालका अध्यक्ष युवराज थापा “बैरागी”लाई साँखुमा सम्मान गरेको छ ।
उहाँको प्रयासमा भैरहेको द्वन्द्व पीडित तथा अपाङ्गहरुको हेरचाह गर्दै सामाजिक क्षेत्रमा गर्नुभएको योगदानको लागि रोटरी क्लब अफ साँखुले सम्मान गरेको हो ।
सो सम्मान रोटरी क्लबका डिष्ट्रिक्ट ३२९२ का डिजि जितेन्द्र बहादुर राजभण्डारीले प्रदान गर्नुभएको हो । कार्यक्रममा शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठ र रोटरी क्लबका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
0 Comments
Thanks for your concerns