नेकपा एमाले शंखरापुर कमिटीले मेयर उप मेयरमा गरे सिफारिश


















लावण्य/साँखु । नेकपा एमाले शंखरापुर नगर कमिटीले आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको चुनावको लागि उम्मेदवारहरुको सिफारिश गर्न थालेको छ ।

यसैक्रममा मेयर पदका लागि बहालवाला मेयर सुवर्ण श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ र कृष्ण बजगाइँको नाम सिफारिश गरिएको छ भने उप मेयरका लागि ईन्दिरा कर्माचार्य, मुना अधिकारी, चन्द्रकुमारी तामाङ र लक्ष्मी केसीको नाम सिफारिश गरिएको छ ।

त्यसैगरी वडा नं. ६ मा मानकाजी मानन्धरको नेतृत्वमा पूरै टिमको घोषणा गरेको छ । वडा नं. ७ को वडा अध्यक्षको लागि सुगन्धराम श्रेष्ठ, सुजन श्रेष्ठ, दीपेन्द्र लाल सिं, दिकेश लाल सिं, जयराम श्रेष्ठको नाम सिफारिश गरिएको छ ।

त्यसैगरी नेकपा एमालेबाट वडा नं. १ मा श्याममणी ढुंगाना, प्रकाश दंगाल, सञ्जय श्रेष्ठ सिफारिश भएका छन् । वडा नंं २ मा विनोद दंगाल र जीवन लामाको सिफारिश भएको छ भने वडा नं. ८ मा हितमान तामाङ, वडा नं. ४ मा सरस्वती घ्लान, वडा नं. ५ मा शेरगम्भीर थापा, वडा नं. ९ मा भाईकाजी श्रेष्ठ सिफारिश भएका छन् ।

नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारी घोषणा गर्न लागेको छ भने आईतवार जसपाले पनि शंखरापुर नगर परिषदको घोषणा गर्दै उम्मेदवारी चयन प्रक्रिया सुरु गरेको छ ।

Post a Comment

0 Comments