तृप्ती प्रदान गर्नु नै सफल सम्भोग



यौनका कुरा – प्रस्तुती ः नविना राई

तृप्ती प्रदान गर्नु नै सफल सम्भोग

श्रीमान्–श्रीमतीको सम्बन्धमा प्रगाढता ल्याउन यौन जीवनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यदि नीरसता आए सम्बन्धमा पनि चिसोपन बढ्छ । अतः यौन जीवनको आयु बढाउनु  श्रीमान–श्रीमती दुवैले आ–आफ्नो तर्फबाट प्रयत्न गरिहनु आवश्यक हुन्छ । यौन विशेषज्ञहरुसित सल्लाह लिन जानेहरु धेरैजसो प्रश्न सोध्छन् भने सातामा कति पटक यौन सम्पर्क गर्नु हुन्छ ? यसको सबैभन्दा ठूलो कारण के हो भने धेरैजसो व्यक्ति सबैलाई कामका रुपमा हेर्छन् । उनीहरुलाई के लाग्छ भने धेरै यौन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ जव कि नियमित यौन सम्बन्धबारे आपसी सम्बन्धमा प्रगाढता आउँछ र यसले राम्रो स्वास्थ्य एवं शरीर फिट राख्न पनि सहयोग पु¥याउँछ । अतः यौनका सम्बन्धमा नाप तौलको फर्मूलाबाट बाहिर निस्कनु आवश्यक छ । आफ्नो चाहना, सुविधा र क्षमता अनुसार यसमा संलग्न हुनु बुद्धिमानी हुन्छ ।

धेरैजसो व्यक्ति यौन क्रियाकलापमा बढी गम्भीर हुन्छन् र शारीरिक क्रियामा मात्र ध्यान दिन्छन् । यस प्रकारले यौन जीवन बोरिङ हुन पुग्छ । यौनलाई रोमाञ्चक बनाउन यौन क्रियाका बखतमा मात्र नभएर फोनमा होस् वा घरको कामकाजमा थोरै मस्ती पनि आवश्यक छ । अतः फुर्सदमा साथीसित कामुक कुराकानी गर्नु पर्छ । यस्तो मस्तीले यौन जीवनमा जादू छर्छ र यौन जीवन रोमाञ्चपूर्ण रहन्छ ।

धेरै जसो महिला आफ्ना छोराछोरी ठूला भइसकेपछि यौनप्रति त्यति अग्रसर हुन रुचाउँदैनन्, उनीहरुलाई लाग्छ अब आफ्नो यौन जीवन विश्रामको स्थितिमा पुगिसकेको छ । यो सोचाईले दाम्पत्य जीवनमा कटुता उत्पन्न हुने सम्भावना रहन्छ । यदि त्यस्तो सोच छ भने त्यसलाई परिवर्तन गर्नु आवश्यक छ । उमेर बढ्दैमा वा आफ्ना सन्तान ठूला भएमा यौन जीवन समाप्त भयो भन्ने अर्थ लगाउनुको लगत हो । यौन जीवनलाई उमेरको सीमाभित्र राख्नु हुँदैन ।

यौन जीवनलाई रोमाञ्चक बनाउन नयाँ नयाँ प्रयोग गरिरहनु पर्छ । आसन र स्थान परिवर्तन गरेर आफ्नो यौन जीवनमा नवीनता सञ्चार गर्न सकिन्छ । आफ्नो यौन साथीको रुचि एवं चाहनालाई विशेष ध्यान दिनु आवश्यक छ । साथै आफ्नो इच्छा चाहना आदि पनि साथीलाई बताउनु पर्छ ।

आम जीवन जस्तै यौनमा पनि फिट रहनुपर्छ । विभिन्न शोध अनुसार जो फिट रहन्छन्, उनीहरुको यौन जीवन पनि उत्तिकै स्वस्थ हुन्छ । अतः यौन जीवनको पर्याप्त आन्द लिन आफूलाई फिट राख्नु पर्छ । यसको अर्को पनि फाइदा छ, यौन क्रियाका बखत व्यक्ति आफ्नो शरीरका सम्बन्धमा हीन भावनाले व्रसित हुँदैन र आफ्नो यौनसाथीको कामुक शारीरिक बनावटबाट जो कोही रोमाञ्चित हुन्छन् ।

कतिपय महिलाको के गुनासो हुन्छ भने श्रीमान् शारीरिक सम्पर्क पश्चात् वा आफ्नो मिल्ने साथीलाई कुरा भन्नु भन्दा आफ्ना श्रीमानलाई नै यो कुरा बताउनु उपयुक्त हुन्छ । तिनलाई कुरा बताउनु पर्छ कि यौन सम्पर्क पश्चात् पनि उनको सामीप्यता आवश्यक छ । यौन क्रियाका बखत आफ्नो यौनसाथीका सम्बन्धमा मनपर्ने वा मन नपर्ने कुरा बताउनु राम्रो हुन्छ । यसो गर्नाले यौनसाथीलाई आफ्नो इच्छा अनिच्छाका सम्बन्धमा जानकारी प्राप्त हुन्छ र उनले आफ्नो भावनाको ख्याल गर्न थाल्छन् । प्रेम अभिव्यक्ति गर्न कैयन श्रीमती आफ्ना श्रीमानलाई हेभी खाना ख्वाउँछन्, जसका कारण यौन क्रियाका बखत श्रीमान सक्रिय रहन सक्दैनन् र त्यसले स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्छ । अतः प्रेम व्यक्त गर्न खाना ख्वाउन नै चाहने हो भने स्वास्थकर खाना जस्तै फल, हरियो सागपात, अंकुरित अन्न आदि ख्वाउनु उपयुक्त हुन्छ । यसबाट यौनजीवन सक्रिय र स्वस्थ रहन्छ । जीवनको आनन्द सकिन्छ ।

कैयन व्यक्ति धेरै तामझाम गरेर यौन जीवनलाई बोझपूर्ण बताउँछन् । कैयन महिला श्रीमान घर अबेर आउँदा शंका गर्छन् । यसैगरी श्रीमान पनि कैयन अवस्थामा निष्क्रिय हुन पुग्छन् । यसले सम्बन्धमा प्रेमको सट्टा दूरी बढाउँछ । अतः श्रीमानको नजिक रहनुपर्छ तर यति नजिक पनि होइन कि उनलाई आफ्नो स्वतन्त्रता नै कब्जामा परेको महसूस होस् ।

आफ्नो यौन जीवनमा नीरस अनुभव भए पुनः हनिमुनको प्लान गर्नु उपयुक्त हुन्छ । परिवार तथा छोराछोरीबाट टाढा एकान्त एक आपसमा समय बिताउने वातावरण सिर्जना गर्नु राम्रो हुन्छ । आफ्नो विवाहको प्रारम्भिक दिनलाई स्मरण गर्नु एक अर्काको सामीप्यमा समय गुजार्नु आदिले दाम्पत्य जीवन रोमाञ्चक एवं ताजा हुन्छ ।

यौनको आनन्द त्यति बेला  नै अनुभव हुन्छ । जव सुरक्षा र हाइजेनिकको विशेष ख्याल राखिन्छ । गर्भ रहने डर यौन सम्पत्तिमा आनन्द प्राप्त गर्न नसक्ने ठूलो कारण हो, यसबाट बच्न उचित गर्भनिरोधक उपाय अवलम्बन गर्नु पर्छ साथै आफ्नो यौनाङ्गको सरसपाmइमा पनि ध्यान पु¥याउनु पर्छ, विशेष गरी यौन सम्पर्क पश्चात् आफ्नो यौनाङ्गको सफाई गर्न बिर्सनु हुँदैन । त्यसो गरिएन भने इन्फेक्सनको सम्भावना बढी हुन्छ ।

(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments