बिहेले स्वास्थ्य सुदृढ हुने



यौनका कुरा – प्रस्तुती ः नविना राई

बिहेले स्वास्थ्य सुदृढ हुने

अभिभावकहरुले विहे गर्न कर गरिरहेका छन् तर तपाई बा¥ह हात पर भागिरहनु भएको छ भने एक पटक यो निर्णयबारे घोत्लिनुस् ।  वैवाहिक बन्धनले पुरुषलाई तन्दुरुस्त राख्छ, महिलाको मानसिक स्वास्थ्य राम्रो बनाउँछ र बेलायतस्थित कार्डिफ विश्वविद्यालयका अध्ययनकर्ताहरु के भन्छन् भने विवाहपछि पति पत्नीले एक अर्कालाई बढी ध्यान दिन थाल्छन् । उनीहरु एकल जीवनयापन गर्नेहरुभन्दा बढी बाँच्छन् । पत्नीबाट आफ्नो स्वस्थ जीवन शैलीको सुनिश्चितता हुने भएकाले पुरुष बढी बाँच्छन् । पुरुषले महिलालाई भावनात्मक सहारा दिन्छन् र पत्नीको मानसिक अवस्था तन्दुरुस्त रहन्छ तर पार्टनरसँग राम्रो सम्बन्ध छैन भने यो पतिको मुटुका लागि राम्रो हुँदैन र त्यस्तो अवस्थामा एक्लै रहनु सबैभन्दा राम्रो हुन्छ ।

अनिद्राले प्रभावित हुन्छ दाम्पत्य जीवन

कम सुताई तपाईको दिनचर्या हुँदै गएको छ भने यो दाम्पत्य जीवनका लागि खतराको घन्टी हो । तपाईको यस्तो बानीले पारिवारिक जीवनलाई भीरमा पु¥याउन सक्छ । नयां सर्वेक्षण अनुसार दिनहुँ आठ घन्टासम्म कम सुत्ने व्यक्तिको अरुसँग मनमुटावको समस्या चारगुणा बढी हुन्छ र यसको असर निजी जीवनमा मात्र पर्दैन, करिअर समेत खतरामा पर्छ र कम सुत्दा शरीरको ऊर्जा घट्छ ।

व्रिटेनको मेन्टल हेल्थ पाउन्डेसनले यसबारे गरेको अनलाइन सर्वेक्षणमा धेरैजसो सहभागीले कम सुत्ने बानीले जीवनसाथीसँग मनमुटाव, विडचिडाहट, डिप्रेसन, एकाग्रस्तामा कमी हुने गरेको गुनासो गरे । ती सभागिताहरुले दिनहुँ आठ घन्टाको निद्रा लिन सकिरहेका थिएनन् । अनुसन्धानकर्ता ड्याम रोमोथ्यामका अनुसार कम सुत्दाको असर तपाईको रोगप्रतिरोधक क्षमतामा समेत पर्छ । मुटु रोग, क्यान्सर, मधुमेहजस्ता रोगको सम्भावना तीन गुणा बढी हुन्छ ।

कसरी यौनइच्छामा कमी आउँछ ?

अनुसन्धाताहरूका अनुसार जागिरेहरूले यौनलाई यथोचित समय दिन भ्याइरहेका छैनन् । कार्यालयमा बस्दाबस्दै उनीहरूबाट आयुसँगै यौनेच्छासमेत फुत्केर गइरहेको छ । एउटा सर्वेक्षणमा के पाइएको छ भने कामकाजी व्यक्तिहरूमध्ये ८० प्रतिशतको जीवनको लामो समय कार्यालयमा बस्दाबस्दै सकिन्छ र उनीहरू यौनबाट वञ्चित रहन्छन् र कार्यालयमा निरन्तर काम गर्नेहरूको यौनजीवन प्रभावित हुने विभिन्न अनुसन्धानले प्रस्ट पारेका छन् । त्यस अनुसार, धेरै समयसम्म एउटै ठाउँमा बसिराख्नाले ढाडको समस्या उत्पन्न हुन्छ । यसबाट थकान उत्पन्न हुन थाल्छ । यौनसम्पर्कमा सलग्न हुने इच्छा मर्दैमर्दै जान्छ । ढाडको हाडमा पर्ने दबाबले कसैको पनि यौनजीवनलाई प्रत्यक्ष प्रभावित गर्छ र अध्ययनमा के पनि पाइएको छ भने, विवाहित व्यक्तिहरू करिअरमा धेरै माथिल्लो स्थान प्राप्त गर्नका लागि लामो समयसम्म कुर्सीमा बसेर काम गर्छन । यसले पनि अचेल धेरैजसो व्यक्तिहरूमा यौनच्छा कम हुँदै गइरहेको छ । कुर्सीमा धेरै समय बस्नैपर्नेहरूले बेलाबेला उठेर जीउ तन्काउने गरे, कार्यालयमै सामान्य व्यायाम गर्ने गरे शरीरमा त्यति असर पर्न पाउँदैन ।

महिनावारी अघि बढी सेक्स

एउटा अनुसन्धानले महिला महिनावारीको ठीक अघिको समय सुखद् चरम आनन्दको अनुभव गर्ने औंल्याएको छ । अनुसन्धानका अनुसार महिनावारीको समय वा यसको ठीक पहिले महिला सुखद् औरगेज्म (चरम आनन्द) को अनुभव गर्छन् ।

अनुसन्धानले भने यसको कारण उक्त समयमा महिलाको योनी क्षेत्र (पेल्भिक एरिया) मा रक्त सञ्चार बढ्नुलाई जिम्मेवार ठानेको छ । यही रक्त सञ्चारको वृद्धिले गर्दा चरम आनन्द र यौन सुख प्राप्त गर्न सहज हुन्छ । यस अघिका एउटा अनुसन्धानमा भनिएको थियो कि ३० प्रतिशत महिला चरम आनन्दको अनुभव गर्न सक्दिनन् ।

आईएसको अत्याचार

बिहे हुनुभन्दा अघि यौन सम्बन्ध राखेको आरोपमा एक जोडी युवा युवतीलाई बीच सडकमा ढुंगाले हिर्काएर हत्या गरिएको छ । इराकको निन्वेह प्रान्तस्थित मोसुलमा आइएस आतंकवादी संगठनले एक युवक र उनकी प्रेमिकाको ढुंगा प्रहार गरी हत्या गरेको हो ।

आइएसले यो क्रुर हत्याको तस्वीर समेत सार्वजनिक गरेको छ, जुन निकै झस्काउने खालको छ ।

निकै हृदयविदारक लाग्ने उक्त तस्वीरमा पीडित युवा युवतीको चारैतर्फ ठूलो संख्यामा मानिसहरु जम्मा भएको देखिन्छ । रमितेहरुले आफ्ना बच्चाहरुलाई काँधमा चढाएका छन्, ता की ढुंगाले हानेको दृश्य बच्चाले पनि देख्न सकून् ।

मोसुलस्थित आइएसका प्रमुख अबु अन्सार अल अन्सारीले ती युवायुवतीलाई मार्नुअघि उनीहरुको विरुद्धको आरोपपत्र पढेर सुनाए र उनीहरुलाई ढुंगाले हानेर मार्ने आदेश दिए ।

त्यसपछि उपस्थित आइएस लडाकुहरुले मध्य सडकमा हात पछाडि बाँधेर राखिएका जोडीलाई ढुंगाले हानेर हत्या गरे । सजाय दिनुअघि आरोपीलाई हिर्काउनका लागि एक थुप्रो ढुंगा थुपारिएको थियो । त्यसक्रममा युवायुवतीको सरीरबाट सडकमा रगत बगेको थियो ।

– पुराना संग्रहबाट

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments