लावण्य÷साँखु । पोखराका
पुराना लेखक, स्तम्भकार, पत्रकार
एवं पोखरापत्र दैनिकका
संस्थापक प्रकाशक रवीन्द्र माकाजूलाई
पितृशोक परेको छ ।
माकाजूका बुबा डम्बरलाल
माकाजूको ९२ वर्षको
उमेरमा यही भाद्र
१२ गते शुक्रवार
निधन भएको हो
। पोखरेली फुटबलका
सफल कप्तान तथा
भजन गायक माकाजू
पूर्व शिक्षक समेत
हुन् ।
उनी भजन गायकका
रुपमा पनि परिचित
थिए । उनको
दिउँसो आफ्नै निवास पोखरा–३ नदीपुरमा
निधन भएको हो
।
माकाजुको पार्थिव शरीरलाई शुक्रवार
नै रामघाटस्थित सेतीनदीमा
दाहसंस्कार गरिएको थियो ।
उहाँका श्रीमती, तीन छोराहरु
क्रमशः रवीन्द्र, सुरेन्द्र र
ज्ञानेन्द्रका साथै २
छोरीहरु छन् ।
स्वर्गीय माकाजूप्रति हार्दिक श्रद्धाञ्जली
अर्पण गर्दै शोकमा
रहनुभएका परिवारजनप्रति हार्दिक समवेदना प्रकट
गर्दछौँ ।
0 Comments
Thanks for your concerns