राजदास श्रेष्ठ
एकजना केटीको चाहिँ काम मिल्यो, अब अर्को केटी पनि दौडधुप गर्दै थिइन्, काम खोज्न र अन्त्यमा उनले पनि काम पाईन् एक फास्टफुड रेष्टुराँमा, जहाँ दिनभरी बन्दा र गोलभेडा मात्र काटिरहनुपर्ने र एकदम छिटछिटो काम गर्नुपर्ने । पहिले प्याज काट्ने काम दिएको रे तर प्याज काट्दा आँसु आउने समस्याले गर्दा काम छोडेर आएकी थिईन् र पछि गोलभेडा र बन्दा मात्र काट्ने काम भन्दा फेरी गईन् ।दुबैजना केटीहरुले काम पाउँदा अब मैले सियाटल सहर छोडेर रोचेस्टर जाने निधो गरेँ । सियाटलदेखि रोचेस्टर धेरै टाढा भएकोले बसमा जान आँट गर्न सकिन र रेलबाट जाने विचार गरेँ छिटो पुगिन्छ भनेर । रेलको टीकट किन्न गएँ रेल्वे स्टेशनमा गएर । टिकट सस्तै रहेछ र पैसा दिन खोज्दा परिचयपत्र पनि मागियो, तर म सँग कुनै परिचय पत्र थिएन र पासपोर्ट देखाउँ भने भिसा नाघिसकेको ।
म अलि अलमलिएँ र भने मैले परिचय पत्र ल्याउन भुलेँ घरमै छुट्टिएछ, भोलि आउँछु भनेर ढाँटेर घर फर्केँ । अब के गर्ने भनेर सोच्दै गर्दा मेरो भाञ्जाको फोन आयो बोस्टनबाट । बोस्टन म्यासाच्युसेट राज्यको राजधानी हो र बोस्टनमा बिख्यात हार्वड विश्वविद्यालय अवस्थित छ । हार्वडमा धेरै नेपालीहरु अध्ययनरत थिए र अझै पनि छन् होला । हार्वर्डमा म पनि हेर्न गएको थिएँ र विशाल भूभागमा फैलिएको रहेछ ठूलो विश्वविद्यालय र थुपै्र ठूल–ठूला भवनहरु खडा देखिन्थे चारैतिर ।
भाञ्जासँग सन्चो बिसन्चोको कुरा गर्दा गर्दै मैले सियाटलबाट रोचेस्टर जाने कुरा गरेँ र रेलको टिकट लिन नसकेको कुरा सुनाएँ । मेरो कुरा सुनेर भान्जाले भने ठीक छ पीर मान्नु पर्दैन म हवाई जहाजको टीकट लिई दिउँला अनलाईनबाट अनि प्लेन चढेर जानु एकै छिनमा पुग्नेछ ।
कुरा त राम्रै लाग्यो र मैले हुन्छ भनिदिएँ र भोलिपल्ट बिहान फोन आयो र टीकट लिईसकेको कुरा भने भान्जाले र टीकट नम्बर दिइ पठाए मेरो मोवाईल नम्बरमा । अमेरिकामा त्यसबेला हवाई टीकट अनलाईनबाट नै किन्न मिल्ने रहेछ । टीकट त मिल्यो तर एयरपोर्टमा चेक ग¥यो भने फेरी अर्को फसाद जे होला होला भनेर रिस्क लिएर एयरपोर्ट गएँ त्यसै दिन एउटा ट्याक्सी लिएर । एयरपोर्टमा छिर्नु अगाडि ट्याक्सीलाई आधाघण्टा जति पर्खि बस्नु भनेँ, यदि मलाई प्लेन चढ्न दिइएन भने फेरी फर्केर जानुपर्छ भनेर । तर त्यस्तो केही भएन, केही चेक गरेन, मेरो लगेज पनि खास ठूलो थिएन, एउटा ठूलो सुटकेश हो जसमा मेरा लुगाफाटा र कम्प्युटर (ल्यापटप) एउटा मात्र थियो । टीकट नम्बर मात्र चेक गरेर मलाई एयरपोर्ट भित्र छिर्न दियो र पासपोर्ट पनि हेर्न मागेन । मन धेरै हलुको भयो प्लेन चढेर जान पाउने भएर, नत्र ठूलो दुःख पाइन्थ्यो बसमा जाँदा ।
हुनत अमेरिकामा बस यात्रा पनि सुव्यवस्थित नै हुन्छ र आरामदायी हुन्छ । अहिलेसम्म म बसबाट नै यात्रा गर्थेँ एक ठाउँबाट अर्को ठाउँमा जाँदा, एक सहरमबाट अर्को सहरमा जाँदा, एक राज्यबाट अर्को राज्यमा जाँदा । तर सियाटलदेखि न्यूयोर्कको दूरी धेरै भएकोले बसबाट जान मन लागेन । त्यसैले वैकल्पिक बाटो खोजेका थिएँ र भान्जाले गर्दा प्लेनको टीकट नै मिल्यो र एयरपोर्ट भित्र सजिलै पास भएँ ।
भान्जा मेरो म भन्दा दुई वर्ष पहिले अमेरिका गएको थियो ईञ्जिनियरिङ्ग विषयमा अध्ययन गर्न । ललितपुर इञ्जिनियरिङ्ग क्याम्पसबाट सिभिल इञ्जिनियरिङ्ग डिग्री पास गरी २–३ वर्ष बाटो बनाउने काममा अनुभव पनि बटुलीसकेको र कलेजमा पनि राम्रो नतिजा ल्याएकोले उनले अमेरिकामा अध्ययन गर्न केही छात्रवृत्ति पनि पाएको थियो र त्यहाँ दुई वर्षको अध्ययन पछि सिभिल इञ्जिनियरिङ्गमा मास्टर्स डिग्री हासिल गरेका थिए । तत्काल आफ्नो विषय सम्बन्धी काम पनि पायो र एक प्राईभेट निर्माण कम्पनीमा सन् २००० को सेप्टेम्बेरमा म अमेरिका जाँदा ऊ आफैले मलाई एयरपोर्टमा लिन आएको थियो । गाडी आफ्नै थियो र ड्राइभिङ पनि राम्ररी गथ्र्यो । एयरपोर्टबाट सीधा उस्को फ्लाटमा गयौँ र घर पुगेर सुटकेश खोलेर हेर्दा एउटा सुटकेश आफ्नो नभई अर्कैको परेछ कसैको । मसँग दुईटा सुटकेश थियो एउटा जम्बो सुटकेश ठूलो साईजको र अर्को एउटा सानो खालको । मेरो ठूलो सुटकेश म राम्ररी चिन्दथेँ । अरु कसैको थिएन तेत्रो ठूलो सुटकेश एयरपोर्टमा सामान लिने ठाउँमा । त्यो ठूलो सुटकेश सँगै आएको अर्को सानो सुटकेश पनि मेरै सानो सुटकेश जस्तै कालो रंगको र साईज पनि ठ्याक्कै मिल्ने खालको थियो । त्यसकारण मैले राम्ररी ट्याग नम्बर चेक नगरिकन दुवै सुटकेश बोकेर लगेँ र घरमा खोली हेर्दा थाहा पाइयो एउटा सुटकेश आफ्नो होईन भनेर ।
अब के गर्ने भोलिपल्ट हामी दुवै फेरी एयरपोर्ट गयौँ, न्यूयोर्क राज्यको नेवार्क एयरपोर्ट । बाटो लामो थियो र फराकिलो बाटोभरी गाडी थिए सबै दौडिरहेका आफ्नो आफ्नो स्पीडमा । हामी मामा भान्जा रमाएर खुशी हुँदै गाडीमा जाँदै थियौँ र एक ठाउँमा एउटा गाडी पछाडिबाट हाई स्पीडमा आएर हामीलाई ओभरटेक गर्दै जाँदा हाम्रो गाडीको पछाडिको भागमा ठोकेर गयो र हाम्रो गाडीले ब्यालेन्स गुमायो दायाँ बायाँ अनियन्त्रित हिसाबले गुड्न थाल्यो र भाग्यवस कुनै गाडीसँग ठोकिएन । एकैछिनमा गाडीले आफ्नो रुट लियो । पछि घरमा आएर हेर्दा पछाडिको साईड लाईट बिगे्रको पायौँ र सात आठ सय डलरको सामान फेर्नु प¥यो । मलाई धेरै दुःख लाग्यो मेरो कारणले गर्दा सुरुका दिनमै भान्जाले नोक्सान व्यहोर्नुप¥यो । तर ७–८ सय डलरको नोक्सान भएपनि कुनै ठूलो दुर्घटना भएन त्यसैले चित्त बुझायौँ ।
एयरपोर्टभित्र गएर हामी “हराएको सामान” सेक्सनमा गयौँ र आफुले भूलबस लगेको सुटकेश फर्काई दियौँ र मेरो सुटकेश त्यहाँ छ कि भनेर खोज्न जाँदा मेरो सुटकेश बिगारेर सबै सामान खोजतलास गरेर राखेको देखेँ र त्यहाँका स्टाफले हस्यौली पारामा आफ्नो सुटकेश पनि न चिनेको भनेर मलाई सुटकेश फर्काई दियो र मैले आफ्नो गल्तीप्रति दुःख व्यक्त गर्दै क्षमा मागेँ र आफ्नो सामान लिई फर्केँ ।
एक हप्ताजति म भान्जाकै फ्लाटमा बस्दै गरेँ र नेपालको बारेमा कुरा गर्दै दिन बिताएँ र यता उता डुल्न गएँ । भान्जाको फुर्सदको भेला अफिसबाट फर्केपछि ।
भान्जाको बस्ने घर दुई तल्लाको थियो । माथिल्लो तल्लामा भान्जा बस्थ्यो र तल्लो तल्लामा एकजना फ्रान्सबाट आएका कालो वर्णका प्राध्यापक । उनले एउटा स्थानीय विद्यालयमा फ्रेन्च भाषा सिकाउँथ्यो । एकदिन हाम्रो परिचय भो र सँगै बसेर चिया खायौँ, तर त्यसपछि कुनै बोलचालै भएन । भेट्यो भने “हाई हाउ आर यु” भन्ने बस त्यत्ति । मैले सम्झेको थिएँ बेलुकी कामबाट फर्कँदा सँगै बसेर ड्रीन्क गर्ने, खाना खाने र नेपाल र फ्रान्सको विषयमा कुराकानी गर्ने, अनि उ फ्रान्समै जन्मेको कि कुनै अफ्रिकन देशबाट आएको भनी सोध्ने भन्ने सोचेको थिएँ । तर त्यस्तो कुनै भएन र एउटै घरमा बस्दा पनि यसरी बातचीत गर्ने कुनै वातावरण बनेन । यसले गर्दा मलाई अलि नमज्जा लाग्यो र भान्जाको अनुहारमा पनि केही असन्तुष्टी भएको जस्तो देखेँ तीन चार दिन पछि । कुरो के रहेछ भने भान्जाको ठाउँमा म बस्न आएको त्यो व्यक्तिलाई मन परेको थिएन र सायद उसले भान्जालाई भन्यो होला । “कति दिन बस्ने हो तिम्रो मामा यहाँ” भनेर । त्यसकारण भान्जालाई अलि अप्ठेरो परेको जस्तो मैले बुझेँ र एक हप्तापछि थाहा पाईयो त्यो मान्छेले घरपतिलाई उजुरी गरेछ, मेरो भान्जाकहाँ अनुमतिविना म बसिरहेको भनेर । अनि मैले उसो भए भान्जाकहाँबाट निस्कने विचार गरेँ र कहाँ जाने भनेर सोच्न थालेँ । न्युयोर्कमा हाम्रै साँखुको एकजना भाई बसिरहेको कुरा थाहा पाएँ । साँखुमा मेरै टोलको “पुत्र” भन्ने दिनेश श्रेष्ठ । केही वर्ष देखि सपरिवार बसिराखेको । भान्जाले उनीसँग फोनमा कुरा ग¥यो र भाग्यवस दिनेशको फ्लाटमा एउटा कोठा भनौँ या बैठक खाली थियो र मलाई राख्न मन्जुर भयो । प्रति महिना चार सय डलरमा । पैसाको कुरा भन्दा पनि ठाउँको समस्या ठूलै थियो । मेरो लागि र त्यसकारण भोलिपल्ट नै म न्युयोर्क प्रस्थान गरेँ आफ्नै टोलको भाई दिनेश श्रेष्ठको ठाउँमा बस्न जान । दिनेशलाई पनि आफ्नै नजिकको मान्छे बस्न आएकोमा खुशी नै लाग्यो होला भन्थानेँ । दुई तिन महिना उनकैमा बसेँ र मज्जासँग समय बित्यो ।
दिनेश खान र पिउनमा एकदम सौखिन रहेछ । हरेक दिन रमझम गर्नुपर्ने रेडवाईन पिएर । अनि खाना पनि आफै पकाउने विशेष प्रकारले । माछा मासु कहिल्यै खाली नहुने । फेरि मसलाबाट खाना बनाउने घण्टौँ भान्छामा बसेर । नेपालमा हुँदा धेरै दुःख पाएको थियो भन्थ्यो । बिहे भएको थियो रे नेपालमा र छोरा छोरी पनि थिए दुईजना तर श्रीमतीसँग राम्रो सम्बन्ध नभएकोले छुट्टै बस्नुपरेको कुरा सुनाउँथ्यो ।
नेपालमा त्यत्तिबेला मेरो रंगरोगन र चुन उत्पादन गर्ने कारखाना थियो कोटेश्वरमा आफ्नै निवास स्थानमा र एकचोटी म कहाँ काम माग्न आएको थियो रे उनले भनेर सुनाउँथ्यो बराबर बेलुकी अलि अलि पिईसकेपछि र गुनासो गथ्र्यो मैले उसलाई काम दिएन भनेर । मेरो कारखानामा १०–१२ जना मजदुर र ५–६ जना प्रशासकहरु थिए र मजदुरी गर्नेमा २–३ जना साँखुका भाईहरु पनि थिए । तर दिनेश आएको मलाई याद भएन र सायद म कहाँ पूmल स्टाफ भएकोले काम नदिएको हुनसक्छ ।
त्यही कुरा म उसलाई भन्थे र तै पनि उसले चित्त दुखाउँदै भन्थे म कहाँ आउँदा उसको आर्थिक अवस्था धेरै नाजुक थियो र कामको धेरै जरुरत थियो भनेर । यस्तै यस्तै कुरा साँझ बेलुकी दिनका दिन हुन्थ्यो र साँखुका धेरै कुराहरु उसले मलाई सुनाउँथ्यो । मेरो जन्मघर साँखु भएपनि म धेरै वर्ष विदेश बसेको हुनाले मलाई साँखुको बारेमा धेरै कुरा थाहा थिएन र पछि संयुक्त राष्ट्रसंघ अन्तरगत अफ्रिकामा काम सकाएर नेपाल फर्कँदा पनि म साँखुमा नबसीकन कोटेश्वरमा बस्थेँ आफ्नो कारखाना चलाएर ।
त्यसकारण मलाई साँखुको बारेमा कुराहरु सुन्न धेरै रमाईलो लाग्थ्यो र मैले पनि उसलाई आफ्नो देश विदेशको अनुभवबारे सुनाउँथेँ । उनी न्यूयोर्कमा एक गुरुङ समुदायका केटीसँग बिहे गरेर बसेको रहेछ र एउटा निर्माण व्यवसायीको कम्पनीमा काम गर्दथ्यो । दुलही पनि ब्युटी पार्लर सम्बन्धी काम गर्दथिन् र दुवैजना खाना खाएपछि काममा जान्थे ।
म एक्लै दिनभरी घरमा हुन्थे र स्थानीय विज्ञापनका पत्रिकाहरु ल्याएर आफ्नो लागि काम खोज्दै गर्थेँ । तर एक महिना बित्दा पनि कुनै कतै काम मिलेन र एक दुई ठाउँमा काम मिलेपनि आफुसँग भिसा र वर्क परमिट नभएकोले राम्रो कम्पनीमा काम गर्न अप्ठेरो थियो ।
दिनेशकहाँ बेला बेलामा परिचित साथिहरु आईरहन्थे र उनीहरु आउँदा मेरो कामको विषयमा पनि कुरा हुन्थ्यो र दिनेशले सबैसँग अनुरोध गथ्र्यो मेरो लागि कुनै काम मिलाई दिन । तर सबैले काम खोज्नु भन्दा पहिले ग्रीन कार्ड लिन कोशिस गर्ने सल्लाह दिन्थे । दिनेशले पनि ग्रीन कार्डको लागि एप्लाई गर्न भन्थे दिनका दिन । ग्रीन कार्ड नभैकन काम पाउन गाह्रो र काम नपाईकन बाँच्न गाह्रो अमेरिकामा । कि ग्रीनकार्ड लिएर राम्रो ठाउँमा काम गर्नु प¥यो कि लुकिछिपी साह्रो गाह्रो काम गरी हिँड्नु प¥यो । यो भन्दा अर्को उपाय थिएन मेरो लागि अमेरिकामा ............ ।
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)
1 Comments
सादा जीवन उच्च बिचारका धनी राजदास !
ReplyDeleteThanks for your concerns