अनावश्यक शीर्षकमा राष्ट्रको पैसा खाएको छैन – मन्त्री पण्डित


मन्त्री पण्डितले कहीँ कतै जाँदा बाटो खर्च हुनु स्वभाविक भए पनि अनावश्यक शीर्षकमा पैसा नखाएको जिकिर गरे ।
२८ पुष काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भ्रमणभत्ताका नाममा आफूले राष्ट्रको पैसा नखाएको जिकिर गरेका छन् ।
Image result for lalbabuहिँड्दै नहिँडिकन कोठामा बसेर काम हुँदैन । जनताको बीचमा जाँदा एउटा टिम भइहाल्छ । अलिअलि खर्च त हुन्छ नि ।पण्डितले भने । संघीयता कार्यान्वयको चरणमा आफू सबैभन्दा बढि व्यस्त भएको जिकिर गर्दै मन्त्री पण्डितले आफ्नो व्यस्ततालाई प्रतिपक्षले कुप्रचार गरेको बताए ।
केही सुविधा लिएको छैन । बाटोमा हिँड्दा प्लेनले सित्तैमा लाँदैन । संघीयता कार्यान्वयनका लागि म धेरै ठाउँमा पुगिरहनुपरेको छ । त्यतिकै संघीयता लागु हुँदैन ।उनले भने ।
प्लेन टिकटबाहेक अरु पैसा सरकारबाट नलिएको पण्डितले बताए । विदेश भ्रमणका क्रममा पनि कार्यक्रम आयोजकै खर्चमा जाने गरेको उनको दावी छ ।


Post a Comment

1 Comments

Thanks for your concerns